स्याङ्जाको पुतलीबजार नगरपालिकाले आयोजना गर्ने भनिएको वडा स्तरीय मेयर कप भलिबल प्रतियोगिता स्थगित गरिएको छ ।
यही चैत ५ देखि ८ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको पुरुष तथा महिला मेयर कप भलिबल प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको पुतलीबजार नगर खेलकुद विकास समितिका अध्यक्ष याम प्रसाद गुरुङले जानकारी दिए ।
समितिले जारी गरेको सूचनामा सहभागी वडाहरूको अनुरोध तथा विद्यालयका खेलाडीहरू परीक्षामा व्यस्त हुने समय परेकाले प्रतियोगिता तत्कालका लागि सारिएको उल्लेख गरिएको छ ।
प्रतियोगितामा नगरभित्रका विभिन्न वडाबाट पुरुष तथा महिला टोली सहभागी हुने तयारी गरिएको थियो । प्रतियोगिता पुनः सञ्चालन हुने मिति भने पछि सूचना जारी गरी जानकारी गराइने समितिले जनाएको छ ।














