Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 March 15 मा प्रकाशित
आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश
ShareTweetSend

सूचना प्रविधि (आईटी) र व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका स्याङ्जाका युवा झबिलाल डुम्रे प्रतिनिधिसभामा निर्वाचित भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका डुम्रे फराकिलो मतान्तरसहित विजयी भएका हुन् ।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत ऋषि पौडेलका अनुसार डुम्रेले २५ हजार ३५४ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्ललाई ४ हजार ५२४ मतले पराजित गरेका हुन् । मल्लले २० हजार ८३० मत प्राप्त गर्दै उपविजेता बने । यस्तै, नेकपा (एमाले)का उम्मेदवार खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याउँदै तेस्रो स्थान हासिल गरे ।

अन्य उम्मेदवारमध्ये नेपाल कम्युनिष्ट पार्टीका पदमबहादुर विकले ८४८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन पाठकले ५६६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा दुई स्वतन्त्रसहित १० राजनीतिक दलका गरी १२ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

निर्वाचन कार्यालय स्याङ्जाका अनुसार स्याङ्जा–२ मा कुल १ लाख १७ हजार ९३० मतदाता रहेका थिए । तीमध्ये ६४ हजार ९२८ मत खसेको थियो । खसेको मतमध्ये ६२ हजार २६६ मत सदर हुँदा २ हजार ६६२ मत बदर भएको जनाइएको छ ।

यो निर्वाचन क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिकाका वडा नम्बर ५ देखि ९ सम्म तथा वालिङ नगरपालिकाका वडा नम्बर ३ र ४ बाहेकका अन्य १२ वडाका मतदाताले मतदान गरेका थिए ।

राजनीतिक रूपमा अपेक्षाकृत नयाँ अनुहार मानिने डुम्रे सामाजिक र संगठनात्मक गतिविधिमा भने लामो समयदेखि सक्रिय छन् । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएपछि संगठन विस्तारमा सक्रिय भूमिका खेलेका उनी पार्टीका संस्थापक सदस्यसमेत हुन् ।

वालिङ नगरपालिका–१४ छोरेखर्कमा २०४९ साल साउन ५ गते जन्मिएका डुम्रेले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । व्यवसायिक क्षेत्रमा सक्रिय उनी आफ्ना उद्योग तथा फ्याक्ट्रीमार्फत करिब दुई सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएका छन् । पछिल्ला वर्षहरूमा पोखरालाई कर्मथलो बनाएर व्यवसाय र सामाजिक कार्यमा सक्रिय रहँदै आएका उनी अहिले संसद् यात्रा तय गर्न सफल भएका हुन् ।

रास्वपा गण्डकी प्रदेशका पूर्व इन्चार्जसमेत रहेका डुम्रे हाल पार्टीको संगठन विभागमा जिम्मेवारी सम्हालिरहेका छन् । चुनावी अभियानका क्रममा उनले रोजगारी सिर्जना, उद्यमशीलताको विकास, भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना तथा स्याङ्जामा कृषि, पर्यटन र उद्योगको सम्भावना उपयोग गर्ने एजेन्डा अघि सारेका थिए ।

‘स्याङ्जा–२ को विकासलाई केन्द्रमा राखेर अघि बढ्नेछु,’ डुम्रेले भने, ‘रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, कृषि आधुनिकीकरण, पर्यटन विकास र सुशासन स्थापनामा मेरो ध्यान केन्द्रित हुनेछ ।’ स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, उद्योग तथा लगानी भित्र्याउने र विकासका योजनामा पारदर्शिता कायम गर्ने उनको प्रतिबद्धता छ ।

डुम्रेको जितसँगै कांग्रेसको प्रभाव क्षेत्र मानिने स्याङ्जा–२ मा नयाँ राजनीतिक समीकरण देखिएको विश्लेषण गरिएको छ । यसअघि सो क्षेत्रबाट कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङ निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा भने एमालेकी सचिव पद्मा अर्याल विजयी भएकी थिइन् ।

यसपटक भने उद्यमी पृष्ठभूमिबाट राजनीतिमा आएका डुम्रे पहिलो प्रयासमै संसद् प्रवेश गर्न सफल भएका छन् । उनको जितलाई स्याङ्जामा नयाँ पुस्ताको नेतृत्व उदाएको संकेतका रूपमा पनि हेरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

बाघको आक्रमणमा दुई बाख्रा मरे

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित
Breaking 1

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
Breaking 2

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
गण्डकी क्षेत्र

वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

by राम बहादुर रोकाहा
2026 August 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

2026 August 8 मा प्रकाशित

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

2026 August 8 मा प्रकाशित

बाघको आक्रमणमा दुई बाख्रा मरे

2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

2026 August 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews