Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकी प्रदेशमा पहिलोपटक अपाङ्गता सम्बन्धी ऐन पारित

गण्डकी न्यूज गण्डकी न्यूज
2025 August 20 मा प्रकाशित
गण्डकी प्रदेशमा पहिलोपटक अपाङ्गता सम्बन्धी ऐन पारित
ShareTweetSend

गण्डकी प्रदेश सभाले सातै प्रदेशमध्ये पहिलोपटक अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

मंगलबार बसेको प्रदेश सभाको बैठकले सामाजिक विकास तथा कृषि समितिमा व्यापक छलफलपछि आएको प्रतिवेदनसहित विधेयक पारित गरेको हो ।

विधेयक प्रस्तुत गर्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरूको समन्वय, सहजीकरण, अनुगमन र अधिकार संरक्षणका लागि प्रदेश सरकारले निर्देशन समिति गठन गरिसकेको बताए । उनले उक्त ऐनले अपाङ्गताको विविधता, १० प्रकारको परिभाषा, दिवा सेवा केन्द्र, आवासीय शिक्षा, सवारीचालक अनुमतिपत्र, सांकेतिक भाषा अनुसन्धानदेखि जोखिम अवस्थाका लागि प्राथमिकता दिने व्यवस्था सुनिश्चित गर्ने उल्लेख गरे ।

“अपाङ्गता भएका व्यक्तिहरूमाथि हुने विभेद र उत्पीडन अन्त्य गर्दै उनीहरूको सम्मान, अधिकार र सशक्तिकरण सुनिश्चित गर्ने यो ऐतिहासिक कदम हो,” मन्त्री थापाले भने ।

सांसदहरूले विधेयकलाई ऐतिहासिक, सकारात्मक र व्यवहारिक पहलका रूपमा स्वागत गरेका छन् । सांसद डिल्लीराम सुवेदीले शिक्षा, स्वास्थ्य, रोजगारी र पहुँचलाई ऐनको कार्यान्वयनमा मुख्य बनाउनुपर्ने बताए । सांसद भक्तबहादुर कुँवरले अपाङ्गता कुनै जन्मजात मात्र नभई जीवनमा कहिले पनि आउन सक्ने भएकाले विधेयक सबैका लागि उपयोगी भएको टिप्पणी गरे ।

प्रतिपक्ष सांसद सुसिला सिंखडाले शिक्षा, रोजगारी, स्वास्थ्य र राजनीतिक सहभागितामा अपाङ्गता भएका व्यक्तिलाई जोड दिनु सकारात्मक भएको भनिन् । सांसद पञ्चराम गुरुङले संविधान प्रदत्त मौलिक अधिकारसँग जोडिएको यसलाई बालबालिकाको निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्वाधारमा पहुँच सुनिश्चित गर्ने आधार बनेको बताए ।

अपाङ्गता समुदायकी सांसद सुनिता थापाले यो विधेयक अपाङ्गता भएका मात्र नभई सबैका लागि भएको उल्लेख गर्दै गण्डकीको कदम अन्तर्राष्ट्रिय जगतकै उदाहरण बन्न सक्ने धारणा राखिन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले ऐन पारित भएसँगै ऐतिहासिक दिन सुरु भएको भन्दै तत्काल नियमावली बनेर कार्यान्वयनमा जाने विश्वास व्यक्त गरे ।

“सातै प्रदेशमध्ये गण्डकी पहिलो प्रदेश बनेको छ। अब कार्यान्वयनमा पनि उत्कृष्ट बन्ने अपेक्षा गरेका छौं,” उनले भने ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फरार तीन चेक अनादर मुद्दाका दोषी पक्राउ, अदालतमा पेश
गण्डकी क्षेत्र

स्याङ्जा अदालतमा जरिवाना नतिरेका तीन फरार कसूरदार पक्राउ

by राम बहादुर रोकाहा
2025 August 20 मा प्रकाशित
गण्डकीमा घरेलु मदिरा व्यवस्थापन: अब ६० लिटरसम्म घरमै बनाउन पाइने
गण्डकी क्षेत्र

गण्डकीमा घरेलु मदिरा व्यवस्थापन: अब ६० लिटरसम्म घरमै बनाउन पाइने

by गण्डकी न्यूज
2025 August 20 मा प्रकाशित
२५ करोडको गण्डकी प्रदेशसभा भवन: मुख्यमन्त्री पाण्डेद्वारा शिलान्यास, दुई वर्षमै सक्ने लक्ष्य
गण्डकी क्षेत्र

२५ करोडको गण्डकी प्रदेशसभा भवन: मुख्यमन्त्री पाण्डेद्वारा शिलान्यास, दुई वर्षमै सक्ने लक्ष्य

by गण्डकी न्यूज
2025 August 20 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
कास्की

गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै

by गण्डकी न्यूज
2025 August 20 मा प्रकाशित
जबरजस्ती करणी मुद्दाका फरार समाजवादी नेता पक्राउ
अपराध/सुरक्षा

सिद्धार्थ राजमार्गमा लागूऔषध सेवन गरी सवारी चलाउने चारजना चालक पक्राउ

by राम बहादुर रोकाहा
2025 August 20 मा प्रकाशित
अर्जुनचौपारी गाउँपालिका लिसा मूल्याङ्कनमा प्रथम: एक गुमनाम अवस्थाबाट देशकै मोडेल पालिका
Main News 1

अर्जुनचौपारी गाउँपालिका लिसा मूल्याङ्कनमा प्रथम: एक गुमनाम अवस्थाबाट देशकै मोडेल पालिका

by राम बहादुर रोकाहा
2025 August 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गण्डकी प्रदेशमा पहिलोपटक अपाङ्गता सम्बन्धी ऐन पारित

गण्डकी प्रदेशमा पहिलोपटक अपाङ्गता सम्बन्धी ऐन पारित

2025 August 20 मा प्रकाशित
गण्डकीमा घरेलु मदिरा व्यवस्थापन: अब ६० लिटरसम्म घरमै बनाउन पाइने

गण्डकीमा घरेलु मदिरा व्यवस्थापन: अब ६० लिटरसम्म घरमै बनाउन पाइने

2025 August 20 मा प्रकाशित
२५ करोडको गण्डकी प्रदेशसभा भवन: मुख्यमन्त्री पाण्डेद्वारा शिलान्यास, दुई वर्षमै सक्ने लक्ष्य

२५ करोडको गण्डकी प्रदेशसभा भवन: मुख्यमन्त्री पाण्डेद्वारा शिलान्यास, दुई वर्षमै सक्ने लक्ष्य

2025 August 20 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै

गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै

2025 August 20 मा प्रकाशित
जबरजस्ती करणी मुद्दाका फरार समाजवादी नेता पक्राउ

सिद्धार्थ राजमार्गमा लागूऔषध सेवन गरी सवारी चलाउने चारजना चालक पक्राउ

2025 August 20 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews