Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

जन्मभूमिको स्थानीय पाठ्यक्रममा सन्दीप लामिछानेको जीवनकथा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 August 11 मा प्रकाशित
जन्मभूमिको स्थानीय पाठ्यक्रममा सन्दीप लामिछानेको जीवनकथा
ShareTweetSend

नेपालको क्रिकेट इतिहासमा अद्वितीय छाप छोडेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी सन्दीप लामिछानेको जीवनकथालाई अर्जुनचौपारी गाउँपालिकाको स्थानीय पाठ्यक्रममा समावेश गरेको छ ।

यस पहलले स्थानीय विद्यार्थीलाई आफ्नै जन्मभूमिबाट विश्व स्तरमा सफल भएको प्रेरणादायी व्यक्तित्वको जीवन र संघर्षबारे प्रत्यक्ष अध्ययन गर्ने अवसर मिल्ने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीको भनाइ छ ।

वि.सं. २०५७ साउन १८ गते स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका –५ आरुचौरको तालपोखरीमा जन्मिएका सन्दीप ‘सन्दे कान्छा’ उपनामले परिवार र मित्रमाझ चिनिन्थे । पिताको भारतीय रेल्वे सेवाका कारण बाल्यकाल भारतमै विताएका उनले त्यहीँ क्रिकेटसँग पहिलो परिचय पाए । कक्षा चारसम्म भारतमा अध्ययन गरेपछि उनी नेपाल फर्किए र चितवनमा बसोबास गर्दै चितवन क्रिकेट एकेडेमीमा पूर्व कप्तान राजु खड्काको मार्गदर्शनमा क्रिकेट प्रशिक्षण लिए ।

सन् २०१६ मा नामिबिया विरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका सन्दीपले आफ्नो बलिङ कला र रणनीतिक क्षमताबाट छिट्टै विश्व क्रिकेटको ध्यान खिचे । विशेषगरी दायाँहाते लेग स्पिन बलिङमा निपुण उनले ४२ खेलमै एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान कायम गरे ।

नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा समेत सन्दीपको उपस्थिति उल्लेखनीय रह्यो । उनी आईपिएलमा खेल्ने पहिलो नेपाली खेलाडीका रूपमा दिल्ली क्यापिटल्सबाट मैदानमा उत्रिए । साथै, बङ्गलादेश, पाकिस्तान, आयरल्यान्ड, युएई लगायतका टिमसँगको खेलमा निर्णायक प्रदर्शन गर्दै उनले नेपाललाई विश्व क्रिकेट नक्सामा स्थापित गराए ।

अर्जुनचौपारी गाउँपालिकाले उनको यो अद्वितीय यात्रा र योगदानलाई स्थानीय पाठ्यक्रममा आधारित कक्षा ४ को हाम्रो अर्जुनचौपारी भन्ने पाठ्यपुस्तकमा समावेश गरिएको अध्यक्ष तिवारीको भनाइ छ । स्थानीय पाठ्यपुस्तकमा समावेश गरिएको क्रिकेटर लामिछानेको जीवनकथा गाउँपालिका अध्यक्ष तिवारीले नै लेखेका हुन् ।

यसले विद्यार्थीलाई खेल र अनुशासनको महत्त्व मात्र होइन, आफ्नो सपना पूरा गर्न धैर्य र परिश्रम कस्तो हुनुपर्छ भन्ने प्रेरणा पनि दिने विश्वास लिइएको छ ।

साथै, तिवारीले सन्दीप लामिछानेको सम्मानमा उनी जन्मिएकै वडाको थाप्लेमा गाउँपालिकाले रङ्गशाला बनाउन सुरू गरेको जानकारी दिए । डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी आर्थिक वर्ष २०८१/८२ देखि गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण गर्न थालिएको हो ।

समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा रहेको यो निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिएर क्रिकेट रङ्गशाला निर्माण सुरू गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला
गण्डकी क्षेत्र

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
गण्डकी क्षेत्र

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
गण्डकी क्षेत्र

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

by राम बहादुर रोकाहा
2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
गण्डकी क्षेत्र

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम
Breaking 1

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
Breaking 2

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

2026 September 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews