Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

मुस्ताङमा हिउँ नपर्दा सुख्खाको मार

सिँचाइको समस्या र चुनौती

गण्डकी न्यूज गण्डकी न्यूज
2025 July 24 मा प्रकाशित
मुस्ताङमा हिउँ नपर्दा सुख्खाको मार
ShareTweetSend

जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र वडा नम्बर ५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको प्रसिद्ध हबका रूपमा लिने गरिन्छ । यहाँका पालिकामा १९ गाउँमध्ये सबैभन्दा धेरै स्याउ र पर्याप्त मात्रामा अन्नबाली उत्पादन हुने ठाउँ हो । यहाँका उर्वरभूमिमा किसानले स्याउ, उवा, फापर, आलु, बोडी, मकै, जौँलगायत हरियो ताजा सागसब्जी उत्पादन गरेर गतिलो आम्दानी गर्दथे ।

तर, यति बेला यी दुई गाउँका किसानलाई सिँचाइको समस्या भएको छ । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि र अनुकूल समयमा हिउँ नपर्दा सिँचाइको मुहान विस्तारै सुक्दै जान थालेपछि वारागुङ मुक्तिक्षत्र ५ अन्तर्गत धार्काजुङ र फल्याकका किसान चिन्तित देखिएका छन् ।

जमिनको तापमान वृद्धि र अनुकूल समयमा हिउँ नपर्दा पानी मुहान विस्तारै सुक्दै गएका छन्

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले पछिल्लो दुई वर्ष मुस्ताङमा हिउँ नपर्दा सिँचाइ मुहान सुक्दै गएकाले यहाँ समस्या भएको बताए । बर्सेनि अनुकूल समयमा हिउँ नपरेसम्म यहाँको सिँचाइ समस्या झन्‌झन् बढ्दै जाने भएकाले किसानका लागि यो चिन्ताको विषय बनेको छ ।

‘आकासे वर्षाले सिँचाइको समस्या टर्दैन, पर्याप्त सिँचाइका लागि अनुकूल समय पर्याप्त हिउँ पर्नुपर्ने हुन्छ।, अध्यक्ष गुरुङले भने, ‘विस्तारै मुहान सुक्दै गएकाले खेतीयोग्य जमिनमा सिँचाइ अभाव देखियो ।’ उनले जलवायु परिवर्तनको असरले यहाँको कृषि प्रणालीमा देखिएका चुनौती समाधान गर्न नयाँ सिँचाइका मुहान पहिचान गर्नुपर्ने अवस्था आएको बताए ।

जलवायु परिवर्तनका कारण यहाँको पानीको स्रोत घट्दै गइरहेकाले विगतमा शतप्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ हुने गरेकामा अहिले १० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ गर्न धौधौ भइसकेको उनको भनाइ छ । वारागुङ मुक्तिक्षेत्र ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बर्सेनि असार, साउन र भदौमा उच्च हुने यहाँको लुम्बुक खोलाको पानी सुक्दै जान थालेको उल्लेख गरे । फल्याक र धार्काजुङ गाउँमा एक सय घरपरिवारले कृषि पेसा अगालेका छन् । ‘जीविकोपार्जनको माध्यम भनेकै कृषि हो, कृषिका लागि सिँचाइ नभई हुँदैन, किसानले खेतीपाती गरेको व्यर्थ हुने भयो’, वडाध्यक्ष गुरुङले भने ।

फल्याक र धार्काजुङका किसान, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरूको टोलीले शनिबार त्यहाँका लुम्बुक खोलाको मुहानको अवलोकन गरेको छ । लुम्बुक झरना नजिक तीनवटा मुहानको पानीको स्रोत घट्दै गइरहेको वारागुङ मुक्तिक्षेत्रका उपाध्यक्ष डिकी गुरुङले जानकारी दिइन् । उनले मुस्ताङमा लगातार ३ वर्षसम्म हिउँ पर्न नसकेकाले यहाँको लुम्बुक खोलाको पानीको स्रोत विगतको भन्दा दुईतिहाइले सुक्दै गइरहेको उल्लेख गरिन् ।

लुम्बुक खोलामा आंशिक पानीको स्रोत देखिए पनि त्यहाँको पानी जमिनमुनिबाट बग्न थालेपछि फल्याक र धार्काजुङमा सिँचाइ समस्या देखिएको छ । सिँचाइको स्रोत सुक्दै गए केही वर्षभित्र यहाँको बस्ती विस्थापित हुने जोखिम छ । फल्याक र धार्काजुङ गाउँमा एक किसानले २५–३० वटा खेतमा सिँचाइ गर्ने गरेकामा पछिल्लो समय चार–पाँच वटा खेतमा पनि सिँचाइ उपलब्ध गराउन धौधौ भइरहेको छ । हिउँदयाममा पर्याप्त हिउँ परेमा त्यही हिउँ पग्लिएर लम्बुक खोलाको पानीको सतह पनि ठूलो हुने स्थानीय बताउँछन् । मुहान स्रोतको अग्ला विशाल पहाड हिउँविहीन भएपछि यहाँ सिँचाइको समस्या र चुनौती थपिएको हो ।

  • सुन्दरकुमार थकाली

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे
गण्डकी क्षेत्र

अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप
Breaking 1

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
Breaking 2

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
Main News 1

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो
गण्डकी क्षेत्र

स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
Breaking 1

तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

2026 July 21 मा प्रकाशित
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

2026 July 21 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

2026 July 21 मा प्रकाशित
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

2026 July 21 मा प्रकाशित
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

2026 July 19 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews