स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
आज बिहान करिब ८ बजे फेदीखोला गाउँपालिका -१ कुभिण्डेस्थित सिद्धार्थ राजमार्गमा स्याङ्जाबाट पोखरा जाँदै गरेको ना ४ ख ९३३१ नम्बरको ट्रकको पछाडि भागमा सोही दिशातर्फ जाँदै गरेको AAB ०२४३ नम्बरको स्कुटर ठक्कर खाँदा दुर्घटना भएको स्याङ्जा प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी स्कुटर चालक पुतलीबजार नगरपालिका -१३ तोरीखोला बस्ने ३३ वर्षीया जीत माया थापा घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी थापाको प्रदेश अस्पताल पुतलीबजारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।
दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।