Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

श्रीमानको हत्या गर्न प्रेमीलाई सुपारी, प्रेमीसहित ४ जना पक्राउ

बहुविवाहमा पहिल्यै थुनाएकी थिइन्, श्रीमानकै सहचालकसँग प्रेम गरेर मारिन्

रञ्जन अधिकारी रञ्जन अधिकारी
2024 March 22 मा प्रकाशित
श्रीमानको हत्या गर्न प्रेमीलाई सुपारी, प्रेमीसहित ४ जना पक्राउ
ShareTweetSend

पोखरा । कास्कीको सिक्लेसमा मृत भेटिएका सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बाका ३६ वर्षीय रामबहादुर तामाङको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तामाङको शव चैत ३ गते कास्कीको मादी गाउँपालिका वडा नम्बर १ को सिक्लेसमा भेटिएको थियो ।

हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर चारै जना अभियुक्तलाई सार्वजनिक गरेको हो।

जेठी श्रीमती च्याङ्मा भनिने कान्छी लामा तामाङले आफ्नै प्रेमीलाई सुपारी दिएर रामको हत्याको योजना बनाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए। हत्या आरोपमा श्रीमती र हाइड्रोमा मृतकसँगै काम गर्न सिक्लेस आएका ३ जनालाई सिन्धुपाल्चोक, काठमाडौँ र भक्तपुरबाट पक्राउ गरी पोखरा ल्याएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा श्रीमती च्याङ्मा, ३० वर्षका धनबहादुर लामा र १८ वर्षका नविन तामाङ भन्ने फुर्वा लामा र अजित तामाङ भन्ने छे दोर्जे लामा छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा बोल्देका तामाङको हत्या उनकै कान्छी श्रीमतीको योजनामा भएको खुलेको छ। घरबाट सिन्धुपाल्चोकको मेलम्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनेर हिँडेका रामबहादुर फागुन ३० गते काठमाडौं आएका थिए। काठमाडौंबाट उनी साथीहरूसँगै कास्कीको सिक्लेसस्थित हाइड्रोपावर कम्पनीमा काम गर्न बाटो लागेका थिए। तर उनको शव चैत ३ गते सिक्लेस जंगलमा फेला परेको थियो। उनको टाउकोमा गम्भीर चोट देखिएको थियो।

यसरी भयो हत्या

२०८० चैत ३ गते दिउँसो ११ बजे कास्कीको मादी गाउँपालिका १ तउरेती नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्ड नजिकै एक पुरुषको शव फेला पर्‍यो। अन्दाजी ३५/४० वर्षका पुरुषको शव बाटोभन्दा अन्दाजी ३० मिटर तल भिरमा थियो। टाउकोमा चोट लागेको अवस्थामा शव देख्ने व्यक्तिले प्रहरीलाई खबर गरे। त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र प्रदेश प्रहरी कार्यालय पोखराबाट अनुसन्धानमा टोली खटाइएको थियो।

मृतकको तत्काल पहिचान खुल्न नसकेपछि प्रहरी सुरुमा मृतकको परिचय खुलाउनतर्फ लाग्यो। बुझ्दै जाँदा ती सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा बोल्देका ३६ वर्षीय रामबहादुर तामाङ भएको खुल्यो। हत्या गरेर फालेको निस्कर्षसहित प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा हत्यारा पत्तान लगाउने प्रयास गर्यो। अनुसन्धान टोली नै गठन गरेर प्रमाण संकलनसँगै सीसीटीभी फुटेज लगायतबाट पनि प्रहरीले अनुसन्धान गरेको थियो। अनुसन्धान गर्ने क्रममा सीसीटिभी फुटेजको आधारमा प्रहरी हत्या आरोपीसम्म पुग्न सफल भयो।

रामबहादुर फागुन अन्तिम साता घर गएर बुबाआमासँग भेट गरी फर्किएका थिए। सुरुमा उनले सिन्धुपाल्चोककै मेलम्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनि निस्किएका थिए। तर पछि उनी काठमाडौं आए र यसबारे बाबुलाई पनि जानकारी गराएका थिए। फागुन ३० गते राति काठमाडौंबाट उनी साथीहरूसँगै सिक्लेसस्थित हाइड्रो पावरमा काम गर्नका लागि त्यसतर्फ लागेका थिए।

चैत १ गते चिप्ली भन्ने स्थानमा रहेको लाइक ट्राउट फार्म एण्ड रेस्टुरेन्टको सीसीटीभी फुटेजमा रामबहादुरसहित ४ जना पुरुषहरू जाँदै गरेको देखिएको थियो। तर घटनापछि उनीहरू फेला परेका थिएनन्। उनीहरू फरार भएपछि उनीहरूले नै हत्या गरेको आशंकामा खोजि गरिरहेको प्रहरीले उनीहरू तीनै जनालाई काठमाडौंमा फेला पारेको हो।

श्रीमतीकै योजनामा हत्या

रामबहादुरको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलेको छ। यसअघि जेठी श्रीमती कान्छीले उनलाई जेल पुर्‍याएकी थिइन्। रामबहादुर र कान्छी लामाबीच ५/६ वर्ष पहिलेबाट नै मनमुटाव रहेको खुलेको छ। उनीहरू पछिल्लो समय सम्बन्धमा खटपट भएपछि छुट्टा छुट्टै बस्ने गरेको पाइएको छ। उनले पहिले नै अर्कीसँग बिबाह गरे पनि श्रीमतीले भने २ वर्ष पहिले मात्रै थाहा पाएकी थिइन्। आफू हुँदाहुँदै कान्छी ल्याएको थाहा पाएपछि उनले उजुरी गरिन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा उजुरी परेपछि उनी बहुबिबाहको कसुरमा जेल परेका थिए। ६ महिनाअघि जेलबाट निस्किएपछि पनि सम्बन्ध झन् बिग्रियो।

जेलबाट निस्किएपछि पनि पटक पटक कान्छीसँग उनको झगडा परेको खुलेको छ। रामबहादुरसँग सम्बन्ध राम्रो हुन नसकेपछि कान्छी लामाले अलग हुने योजना बनाएको प्रहरी समक्ष बताएकी छन्। यसका लागि केही रकम खर्च गर्न पनि उनी तयार थिइन्। पछिल्लो समय उनी आरोपी मध्येकै धन लामासँग प्रेममा थिइन्। धन लामा ५ वर्ष अगाडि सिन्धुपाल्चोकको हाइड्रोपावरमा रामबहादुरसँगै स्काभेटरको सहचालक थिए। काम गर्ने क्रममा धन लामालाई रामबहादुरले ढुंगाले टाउकोमा हानेको र त्यतिबेलादेखि नै आफूलाई रामबहादुरसँग रिस रहेको बताएका छन्।

आफूलाई पनि रिस रहेको र कान्छीले पनि यसलाई पन्छाउन परो कति खर्च गर्नुपर्छ म गर्छु भनेकाले हत्या गरेको बताएका छन्। चैत १ गते बाटोमा उनीहरू चारै जनाले रक्सी खाएका थिए। बाटोमा रामबहादुरले आफूलाई तथानाम गाली गरेको र त्यसपछि पछाडिबाट ढुंगाले टाउकोमा हानेको धन लामाले प्रहरीलाई बताएका छन्। त्यसपछि मुक्का प्रहार गरेको र चल्न चटपटाउन छाडेपछि घिसार्दै बाटोभन्दा तल लगेर खोल्सामा फालेको उनले बताएका छन्। रामबहादुरको साथमा भएको २ हजार रकम लिई अन्य सामान झाडीमा फालेका थिए।

त्यसपछि धन लामाले फोन गरेर कान्छी लामा तामाङलाई जानकारी गराएका थिए। उनले फोनमा घटनाबारे अन्य दुई जनाले पनि देखेको र उनीहरूको मुख टाल्नका लागि पैसा माग गरेका थिए। उनले पठाएको इसेवामा कान्छी लामाले ९० हजार रुपैयाँ जम्मा गरिदिएकी थिइन्। धन लामाले काठमाडौं आएपछि उक्त रकम निकालेर छे दोर्जे लामा र फुर्वा लामालाई २०/२० हजार रुपैयाँ दिएका थिए। बाँकी ५० हजार रुपैयाँ आफैंसँग राखेका थिए। पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यानसम्बन्धि कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद लिएर अनुसन्धान सुरु गरेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन
Breaking 1

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

by गण्डकी न्यूज
2026 April 12 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य
Breaking 1

स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून
Breaking 2

स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
Main News 1

बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम
Main News 1

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

by राम बहादुर रोकाहा
2026 April 11 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
Breaking 2

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

2026 April 12 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य

स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने

2026 April 12 मा प्रकाशित
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

2026 April 12 मा प्रकाशित
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

2026 April 12 मा प्रकाशित
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

2026 April 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews