Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा– १४ मा स्थानीय महोत्सव सम्पन्न

गण्डकी न्यूज गण्डकी न्यूज
2025 April 30 मा प्रकाशित
पोखरा– १४ मा स्थानीय महोत्सव सम्पन्न
ShareTweetSend

पोखरा महानगरपालिका–१४ छिनेडाँडामा आयोजित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका–१४ वडा कार्यालयको आयोजनामा ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको हो ।

महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै केसी ग्रुपका सञ्चालक एवम् व्यवसायी किरण केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्धत पुग्ने बताए ।

‘मेला महोत्सवलाई हामीले मनोरञ्जनको लागि मात्र बुझ्ने गरेका छौं, स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि महोत्सवले महत्वपूर्ण मद्धत गर्छ ।’ व्यवसायी केसीले भने ।

उनले पोखरा महानगरपालिकाको ३३ वटा वडा मध्ये पोखरा–१४ ले स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि काम गरेको बताए । मेला महोत्सव उत्पादित वस्तुहरुको व्यवसायीकरण गर बजारीकरणको गर्ने थलो भएको सम्मेत उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान कृषि, उर्जा तथा जलस्रोतमन्त्री एवम् सांसद बेदबहादुर गुरुङ ‘श्याम’ले मेला महोत्सवमा उत्पादित कृषि तथा वस्तुहरुको प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए ।

14 pp

‘मेला महोत्सवमा किसानका उत्पादन गरेका खाद्यान्नदेखि उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन गर्ने थलो हो’, सांसद गुरुङले भने, ‘मेला महोत्सवले कला संस्कृतिसँगको संरक्षण र जर्गेना गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ ।’

पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेकोे बताए ।

‘महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं’ वडाध्यक्ष कार्कीले भने ।

दुईदिनसम्म सञ्चालन भएको महोत्सवमा पोखरा–१४ भित्रका विभिन्न व्यवसाय प्रवद्र्धनका व्यवसायीहरुलाई १ सय वटा स्टल निशुल्क रुपमा प्रदान गरिएको थियो ।

महोत्सवमा वडामा उत्पादन भएका कृषि जन्य खाद्यान्न, वडाभित्र उत्पादन भएका उत्पादित वस्तुहरु, अटो इन्जिनिरिङका सामान, विद्यालयका शैक्षिक सामग्रीसँगै निशुल्क स्वास्थ्य जाँचहरुसमेत गरिएको थियो ।

उत्कृष्ट टोल सुधार समिति सम्मानित

महोत्सवको अवसरमा वडाले विभिन्न टोल सुधार समितिलाई समेत सम्मान गरेको छ । वडाले महोत्सवको अवसरमा मसिना टोल सुधार समितिका अध्यक्ष देवेन्द्र मगर,चेतनामार्ग टोल सुधार समितिका अध्यक्ष डम्बर बहादुर मगर, दाहसंस्कार टोल सुधार समितिका अध्यक्ष ललित बहादुर बानियाँ, स्वागत नगर टोल सुधार समितिका अध्यक्ष सु.देव बहादुर केसी, मोहन मार्ग टोल सुधार समिति, युनिटी टोल सुधार समितिका अध्यक्ष लक्ष्मी लामिछाने अधिकारी, भूपु सैनिक टोलसुधार समितिका अध्यक्ष बलबहादुर गुरुङलाई सम्मान गरेको हो ।

यस्तै समाज सुधार तथा उत्पादनतर्फ लक्ष्मी कार्की र जेष्ठ नागरिकतर्फ नविन दास पौडेललाई सम्मान गरेको छ । यस्तै कृषितर्फ अमृता सापकोटा र पशुपालनतर्फ मोहनबहादुर कार्कीलाई सम्मान गरेको छ ।

महोत्सवको अवसरमा निकालिएको झाँकी तथा र्‍यालीतर्फ मिरमिरे टोल विकास समिति, मसिना टोल सुधार समिति, नेपाल मगर कमदमार्ग चाउथे इकाई समिति, पद्याकुमारी इश्वरी विश्वविद्यालय, युकेश्वर टोल सुधार समिति, पोंचोकों तमु समाज घर, सस्कृति आमा समूहलाई समेत सम्मान गरेको छ । महोत्सवमा सहभागी टोल तथा संस्थाहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

रस्साकसी प्रतियोगितामा मिर्मिरे र खाल्टे विजयी

पोखरा महानगरपालिका–१४ वडा कार्यालयले आयोजना गरेको प्रथम स्थानीय महोत्सवमा आयोजित टोल स्तरीय रस्साकसी प्रतियोगितामा महिलातर्फ मिर्मिरे आमा समूह र पुरुषतर्फ खाल्टे टोल सुधार समिति विजयी भएको छ ।

महिलातर्फ भएको रस्साकसी प्रतियोगितामा मिर्मिरे आमा समूह विजेता र युनिटी आमा समूह उपविजेता भए । यस्तै पुरुषतर्फ खाल्टे टोल सुधार समिति र प्रगति टोल सुधार समिति उपविजेता भए ।

यस्तै छेलो फाल्ने प्रतियोगितामा दुजिक थापा मगर विजेता र रबिन गुरुङ उपविजेता भएको प्रचारप्रसार समितिका संयोजक रामजी जिसीले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक कार्यक्रमहरुसमेत रहेका थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा संघको ९६ प्रदेशको ८० प्रतिशत खर्च
अर्थ/व्यापार

स्याङ्जामा संघको ९६ प्रदेशको ८० प्रतिशत खर्च

by राम बहादुर रोकाहा
2025 July 11 मा प्रकाशित
गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा
गण्डकी क्षेत्र

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

by गण्डकी न्यूज
2025 July 10 मा प्रकाशित
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
अपराध/सुरक्षा

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

by राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने
कला/साहित्य

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

by गण्डकी न्यूज
2025 July 9 मा प्रकाशित
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत
कृषि

स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

by राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी
गण्डकी क्षेत्र

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

by रासस
2025 July 8 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा संघको ९६ प्रदेशको ८० प्रतिशत खर्च

स्याङ्जामा संघको ९६ प्रदेशको ८० प्रतिशत खर्च

2025 July 11 मा प्रकाशित
गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

2025 July 10 मा प्रकाशित
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

2025 July 9 मा प्रकाशित
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

2025 July 9 मा प्रकाशित
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

2025 July 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews