Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सकियो आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव, १० हजारले गरे अवलोकन

गण्डकी न्यूज गण्डकी न्यूज
2023 December 13 मा प्रकाशित
सकियो आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव, १० हजारले गरे अवलोकन
ShareTweetSend

पोखरा । जलवायु परिवर्तनले बद्लिँदा हिमाल र हिमाली जनजीवनबारे चिन्तन गर्दै पोखरामा जारी आठौं पर्वतीय महोत्सव मंगलबार सकिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले बर्सेनि महोत्सव आयोजना गर्दै आएको हो ।

महोत्सवको समापन समारोहमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आलेमगरले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनले हिमाललाई चोट पुर्‍याइरहेको भन्दै चिन्ता व्यक्त गरे । जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि प्रतिकूलताको असर भोग्नु परिरहेको उनको भनाइ थियो ।

अर्थमन्त्री मगरले नेपालको परिचय नै हिमालसँग जोडिएकाले यसलाई बचाएर जानुपर्ने बताए । नेपाललाई विश्वमाझ यहाँका हिमाल र हिमाली जीवनशैलीले नै चिनाएकाले यसलाई सम्पत्तिका रुपमा जगेर्ना गनुपर्ने उनको भनाइ छ । ‘नेपालको मामिलामा यहाँका हिमाल नै हाम्रा सम्पत्ति हुन् यसलाई जोगाइराख्न जरुरी छ । नेपाल विश्वमा चिनिएको पनि यहाँकै पर्वतले हो,’ उनले भने ।

आयोजक नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले नेपालमा पर्वतीय पर्यटन बढाउन र त्यसको महत्व बुझाउन महोत्सव सुरु गरिएको बताए । ‘यहाँका पवित्र हिमाल र ट्रेकिङका लागि मुख्य प्रवेशद्वार बनाउन महोत्सव गरिएको हो,’ उनले भने, ‘प्रत्येक दिन एकदमै सूचनामूलक, सबैले बुझ्ने गरी कार्यक्रमहरु पनि अगाडि बढाएका छौं ।’

नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत तथा महोत्सवका संयोजक जिनेश सिन्दुराकारले पोखरास्थित पर्वतीय संग्रहालयमा बर्सेनि महोत्सवसँगै वार्षिक क्यालेन्डर नै बनाएर कार्यक्रम बनाएर लैजाने योजना रहेको सुनाए ।

महोत्सव सहसंयोजक शेषकान्त शर्माले पर्वतीय महोत्सवलाई पर्वतीय जीवनशैलीबारे बुझ्न ज्ञानको महोत्सवका रुपमा अगाडि बढाइएको सुनाए । उनले भने, ‘आगामी दिनमा यसलाई अझै परिस्कृत र ज्ञानमूलक बनाउने गरी योजना बनाएका छौं,’ उनले भने ।

महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस भएको थियो । बहसमा सहभागी वक्ताहरुले बद्लिँदो जलवायुलाई रोक्न नसकिने तर, अनुकूलताबारे बहस अबको मुख्य मुद्दा हुनुपर्ने सुझाव राखेका थिए ।

महोत्सवमा किम्फसँगको सहकार्यमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे वृत्तचित्रसहित कीर्तिमानी आरोहीको फोटो प्रदर्शनी पनि गरिएको थियो ।

महोत्सवकै अवसरमा फरकफरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरी डा इरिका र उनकी छोरी इर्मट्रड हुबाचेकले कैद गरेका तस्वीर पनि प्रर्दशनमा राखिएको थियो । शुक्रबारदेखि ५ दिनसम्म चलेको महोत्सव १० हजार जनाले अवलोकन गरेको संग्रहालयकी प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले जानकारी दिइन् ।

त्यसबाहेक महोत्सवमा छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको थियो । छेलो प्रतियोगितामा किरण सुनार पहिलो, युवराज गुरुङ दोस्रो र राजेश गुरुङ तेस्रो बने । उनीहरुले क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अरौंदी खोलाले बगाएका युवा मृत फेला
गण्डकी क्षेत्र

अरौंदी खोलाले बगाएका युवा मृत फेला

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
Breaking 1

सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता
गण्डकी क्षेत्र

अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 August 12 मा प्रकाशित
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 August 12 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
गण्डकी क्षेत्र

७६ वर्षीया महिलामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 August 11 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अरौंदी खोलाले बगाएका युवा मृत फेला

अरौंदी खोलाले बगाएका युवा मृत फेला

2026 August 14 मा प्रकाशित
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

2026 August 14 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना

अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना

2026 August 12 मा प्रकाशित
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

2026 August 12 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews