Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

टिकटक नेपालमा प्रतिबन्ध लगाउने सरकारको निर्णय

विरोध सुरू, कसले के भने ?

गण्डकी न्यूज गण्डकी न्यूज
2023 November 13 मा प्रकाशित
टिकटक नेपालमा प्रतिबन्ध लगाउने सरकारको निर्णय
ShareTweetSend

काठमाडौं । सरकारले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । टिकटकबाट सामाजिक सद्‌भाव बिथोलिएको निष्कर्ष निकालेको सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट प्रतिबन्धको निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट भर्खरै पत्र पाएको र प्रक्रिया अघि बढेको बताएका छन् ।

किन प्रतिबन्ध गरियो ?

सञ्चारमन्त्री रेखा शर्माका अनुसार सामाजिक सद्‌भाव बिथाेल्ने गतिविधि भइरहेकाले टिकटक प्रयाेगमा राेक लगाउने निर्णय गरिएको हो ।

अर्का एकजना मन्त्रीले पनि समाजिक सद्‌भाव बिथोल्ने, सामाजिक मर्यादाविपरीतका अभिव्यक्ति दिने र भल्गर सामग्री राख्ने प्लेटफर्मका रूपमा विकास भएकाले टिकटक तत्काललाई बन्द गर्ने निर्णय गरिएको हो ।

“मन्त्रिपरिषद्ले तत्काललाई टिकटक बन्द गर्ने निर्णय गरेको छ। बन्द गर्ने निर्णय भइसक्यो, यसलाई बन्द गर्न प्राविधिक लागि सक्नु भएको छ। प्राविधिक रूपमा सम्भव भएसम्म आजैबाट बन्द हुन्छ,” उनले भनिन्।

ती मन्त्रीका अनुसार अबको केही घण्टामा टिकटक चल्ने छैन । सरकारले आज अकस्मात सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि त्यसको प्रक्रिया आइरहेको छ ।

विरोध सुरू

सामाजिक सञ्जाल नियमन आवश्यक छ, सरकार नियन्त्रणतिर लाग्योः एमाले

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सामाजिक सञ्जाल नियमन गर्नुको सट्टा नियन्त्रण गर्न लागेको बताएका छन्।

सोमबारको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। यसबारे टिप्पणी गर्दै उपमहासचिव ज्ञवालीले ‘जुम्रा पर्‍यो भनेर रोकथाम, नियन्त्रणको उपाय अवलम्बन गर्नुभन्दा टाउकै काटेर फ्याँक्न उद्दत भएजस्तो’ भएको बताए।

‘गर्नुपर्ने प्रभावकारी नियमन थियो। नियमनकारी निकाय, नेपाल प्रहरीको साइबर ब्युरोलाई प्रभावकारी बनाउनुपर्ने थियो,’ उनले भने, ‘तर सरकार नियन्त्रण गर्न अघि बढ्यो। टिकटकमा खराब सामग्री उत्पादन भयो। त्यसलाई बन्द गर्ने, भोलि फेसबुक, एक्स त्यस्तै होला। युट्युबाट फेक न्युज, हानिकारक सामग्री उत्पादन भइरहेको छ। कतिलाई बन्द गर्ने, बन्दै समाधान हो त? यसरी त समाधान हुँदैन।’

उनले टिकटकलगायत सामाजिक सञ्जाललाई प्रभावकारी नियमनको खाँचो औंल्याए। उपमहासचिव ज्ञवालीले टिकटकलगायत सञ्जाल बन्द गरेर हानिकारक सामग्री उत्पादन र प्रसारण नरोकिने बताउँदै, भिपिएनलगायतका माध्यमबाट यस्ता एप खोल्ने क्रम बढ्नेतर्फ सचेत गराए।

ज्ञवालीले सरकारमा रहेकाहरूको द्वेध नीति रहेको पनि बताए। हिजो तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल नियमनका लागि विधेयक अघि बढाउँदा अधिनायकवाद आयो भन्नेहरू नै अहिले सामाजिक सञ्जाल बन्द गराउन उद्दत रहेको उनले बताए।

‘हिजो नेकपा नेतृत्वको सरकारले कानुन बनाउन पाएको भए सामाजिक सञ्जाल वैधानिक हिसाबले नेपालमा दर्ता हुने र नियमनका लागिसमेत बाटो खुल्थ्यो। हानिकारक सामग्री, फेक न्युजहरू उत्पादन रोक्न सकिन्थ्यो, तर, त्यतिबेला अधिनायकवाद आउन लाग्यो भनेर आरोप लगाउँदै विधेयक अघि बढ्नै दिइएन,’ उनले भने।

तसर्थ अहिले पनि बन्द गर्ने भन्दा पनि नियमनलाई प्रभावकारी बनाउने, हानिकारक सामग्री, फेक न्युज उत्पादनको स्रोतसम्म पुग्ने र तिनलाई कानुनी दायरामा ल्याउनेमै सरकारको भूमिका हुनुपर्ने एमालेको मान्यता रहेको उनले बताए।

प्लेटफर्म बन्द होइन, कन्टेन्ट नियन्त्रण: एमाले उपमहासचिव रिमाल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकारको यो निर्णयप्रति विरोध जनाएका छन् ।

उपमहासचिव रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकार, छनोट आधारित प्लेटफर्म बन्द गर्ने हैन, कन्टेन्ट नियमन गर, अभिव्यक्तिमा अराजकता नियन्त्रण गर ।’

सरकार उल्टो कदममा हिँड्यो : महामन्त्री थापा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार उल्टो बाटो हिँडेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको बताए । सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएको तर, सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको उनले बताए ।

उनले लेखेका छन्, “यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने, नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो,” “यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा वैयक्तित स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन ।”

टिकटक बन्द गर्ने सरकारको निर्णय अविलम्ब फिर्ता होस्: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन्।

महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक रहेको बताउँदै सरकारलाई सो निर्णय अविलम्ब फिर्ता लिन निर्णय गरेका हुन्। आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटकले सामाजिक सद्भाव बिगार्न थालेको निष्कर्ष निकाल्दै बन्द गर्ने निर्णय गरेको थियो।

द्वेष फैलाउनेलाई पहिचान गरी नियम बनाई कारबाही गर्नुपर्नेमा सरकारले टिकटक नै बन्द गर्न लागेको भन्दै महामन्त्री शर्माले सरकारको सो निर्णयप्रति विरोध जनाएका हुन्।

टिकटक बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक र दुर्भाग्यपूर्ण: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले टिकटक बन्द गर्ने निर्णय अस्वीकार्य, आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको जनाएको छ। सरकारले टिकटकलाई प्रतिबन्ध गरेर अधिनायकवादको नयाँ अध्याय प्रारम्भ गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।

‘लोकतन्त्रमा विधि, पद्धति बसाल्ने, विकृति, विसंगति रोक्ने, नियमन गर्ने कुरा प्रधान हुन्छ तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुरा स्वीकार्य हुँदैन/छैन। हिजो कसैले गरेको थियो भने त्यो गलत, आज कसैले गर्दैछ भने त्यो गलत र भोलि कसैले गर्नेछ भने त्यो पनि गलत। जनतालाई सेवाप्रवाह नगर्ने, सुशासन नदिने, तिनका समस्या सम्बोधन नगर्ने तर सामाजिक सञ्जालमा हुने आलोचनासँग त्रसित हुनेहरूले टिकटकमा प्रतिबन्ध लगाउनु हाँस्यास्पद र विडम्बनापूर्ण छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले अगाडि लेखेका छन्, ‘सरकारको, दलका नेताको आलोचना त जताततै सुनिन्छ, के आलोचना गर्ने टिभी, रेडियो, पत्रपत्रिका, फेसबुक, युट्युब, ट्विटरलगायत पनि बन्द गर्ने सरकारको नीति हो? निर्णय फिर्ता लिऊ र जवाफ देऊ।’

यसका साथै उनले कांग्रेसलाई व्यंग्य पनि गरेका छन्।

‘आफूलाई लोकतन्त्र, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रताको पहरेदार ठान्ने संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि वर्तमान सरकारमै छ नि होइन र भन्या !? यो दिपावलीको समयको झिलिमिली उज्यालोमा सबैभन्दा पहिले कांग्रेसको खोजी गरौं’, व्यंग्य गर्दै उनले भनेका छन्।

टिकटक बन्द गर्ने निर्णयपछि जसपा प्रचार विभाग प्रमुख बस्नेतको प्रतिक्रियाः ‘धमिरादेखि डराएर सरकारले घरमा आगो लगायो’

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले धमिरादेखि डराएर घरमा आगो लगाएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति उनले यस्तो टिप्पणी गरेका हुन् । टिकटक बन्द गरेर सरकार निरङ्कशता र बर्बरतातर्फ उन्मुख भएको बस्नेतको भनाई छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Main News 1

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा
Breaking 2

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

by राम बहादुर रोकाहा
2026 February 21 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Breaking 2

स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य

by राम बहादुर रोकाहा
2026 February 20 मा प्रकाशित
स्याङ्जा–२ मा खिमबहादुर थापाको प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषिसम्म प्राथमिकता
Main News 1

स्याङ्जा–२ मा खिमबहादुर थापाको प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषिसम्म प्राथमिकता

by राम बहादुर रोकाहा
2026 February 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग

2026 March 14 मा प्रकाशित
आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

2026 March 14 मा प्रकाशित
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष

गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष

2026 March 14 मा प्रकाशित
निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ

निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ

2026 March 13 मा प्रकाशित
बुबाको हत्या आरोपमा छोरालाई कारागार

बुबाको हत्या आरोपमा छोरालाई कारागार

2026 March 13 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews