Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

करणी मनसायले ट्याक्सीमा राखेर लेकसाइडको होटल लगिएकी १४ वर्षीया बालिका उम्किइन्

फेसबुकमा 'च्याट', स्न्यापच्याट लोकेशन ट्रयापले 'भेट'

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 November 11 मा प्रकाशित
करणी मनसायले ट्याक्सीमा राखेर लेकसाइडको होटल लगिएकी १४ वर्षीया बालिका उम्किइन्
ShareTweetSend

आज (शनिबार) दिउँसो ३ बजेतिर पोखरा-१५ मा एक बालिका साथीहरुसँग खेल्दै थिइन् । १४ वर्षीया उनी शनिबार बास्केटबल खेल्न पुगेकी थिइन् । केहि छिनपछि एक युवक आइपुगे । हरियोखर्कमा ति बालिकासँग एकछिन कुरा गरे । ट्याक्सी रोके, दुवै जना लेकसाइड पुगे ।

युवकले ड्यामसाइड स्थित होटलको रुममा बस्ने प्रस्ताव राखे । बालिकाले ‘होटल बुक गर्दै गर्नू म घरमा फाेन गर्छु’ भनिन् । युवक होटलको खोजीमा लागे । बालिकाले नजिकको मेडिकल पसलमा पुगी घटनाबारे बताइन् । त्यहीँबाट दाइलाई फोन गरिन् । दाइ लिन लेकसाइड पुगे र पोखरा १५ स्थित घर फर्किए ।

बालिका त जोगिइन् । घटना यतिमा मात्र रोकिँदैन । बालिका र दाइ घरमा फर्की परिवारसामू सबै कुरा सुनाए । त्यसपछि बुवा र ठूलीआमासहित युवकलाई समात्ने योजना बनाएर घरबाट निस्के ।

बालिकाले म्यासेन्जरमा पुनः च्याट गरेर घर आइपुगेको भन्दै बोलाइन् । उनले आफू बाहिर निस्केको र लिन आउन भनिन् । युवक होटल बुक गरेर तयारीका साथ बालिकालाई लिन स्कुटरमा रामबजार आए । बालिकासँग परिवार देखेपछि स्कुटर हुँइकाइहाले, पक्रनै सकेनन् ।

त्यसपछि मात्र घटनाबारे प्रहरीलाई जानकारी गराइयो । यतिबेला साँझको साढे ६ बजिसकेको थियो । प्रहरीले भने घटनाबारे खुलेर बताइसकेको छैन । किनकि, युवकको खोजीमा प्रहरी लागिरहेको छ । यतिबेला लेकसाइडदेखि रामबजारसम्मका सीसीटीभी फुटेज हेरिरहेको छ ।

परिवार पनि खुलेर आइसकेको छैन । बालिकाले सुरुमा आफूले ती युवकलाई नचिन्ने बताएकी थिइन् । दिउँसो २ बजेदेखि मात्र फेसबुकमा जोडिएको र कुरा भएको बताएकी थिइन् ।

श्रोतले भन्यो – ‘नानीले चिन्दिनँ भनेकी थिइन् । २ बजेमात्र म्यासेन्जरमा कुरा भएको र यसका लागि साथी हुन पनि नपर्ने भनेकी थिइन् । स्न्यापच्याटमा लोकेशन अन गरेपछि लाइभ लोकेशन देखाउने भएकाले आफूसम्म आएको र ट्याक्सीमा रोकेर बलजफ्ती चढाएको, मुख थुनेर लगेको भनेकी थिइन् ।’

बालिकाले परिवारका डरले केही कुराहरु लुकाएको हुनसक्ने प्रहरी श्रोतले बतायो । प्रहरी श्रोत भन्छः ‘हामीले अनुसन्धान सुरु गरिसक्यौँ । एक त सूचना नै ढिलो आयो । अर्को त बालिकाको बयान नै फरक फरक छ । सायद परिवारको डरले हुनसक्छ । तर, बालिका १३/१४ वर्षकी मात्र भएकाले नाबालिग हुन् । यति साना उमेरका बालबालिकाले जानेर गल्ती गर्न नसक्ने भएकाले संयमताका साथ परिवार प्रस्तुत हुनुपर्छ । अरु बालबालिका र अभिभावकले पनि घटनाबाट पाठ सिक्नुपर्छ ।’

के हो वास्तविकता ?

२५ वर्ष उमेर जति देखिने मंगोलियन अनुहारका युवक र गुरुङ थरकी ति बालिकाबीच केही समयअघिदेखि फेसबुकमा च्याट हुने गरेको थियो । ती बालिकाको परिवार पोखरा १५ मा भाडामा बस्दै आएको छ । बालिका प्रविधिमा पोख्त छिन् । यसअघि पनि यस्तै घटनामा परेर जोगिएको पनि खुलेको छ ।

युवकको फेसबुकमा नाम आश्विन गुरुङ (Ashwin Grg) छ । जुन फेसबुकमा कुनै पनि तस्वीर छैनन् । र, साथीबाहेकले हेर्न नमिल्ने गरी प्रोफाइल लक्ड छ । बालिकासँगका सबै च्याट अनसेण्ड गरी अनफ्रेण्ड गरेका छन् ।

उनीहरुको भेट भने पहिलोपटक हो । पुनः लिनलाई रामबजार आउँदा परिवार देखेर भागेपछि युवकले च्याट गरेर भनेका छन्, ‘तिमीले यो के गरेको ? …’ त्यसअघिका च्याट हिस्ट्री डिलिट भएका कारण पहिल्यैदेखि कुरा हुने गरेको अनुमान गरिएको हो ।

भिडियो कलका क्रममा बालिकाले युवकको तस्वीर लिएकी छन् र प्रहरीसम्म त्यो पुगेको छ । स्कुटरको नम्बर पनि सीसीक्यामेरामार्फत् थाहा हुने भएकाले तिहारको बिदा सकिनासाथ यातायात व्यवस्था कार्यालयबाट भेरिफाई गरी युवकसम्म पुगिनेमा प्रहरी विश्वस्त छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीसँग घटनाबारे पुष्टि गर्न खोज्दा डीएसपी श्रवणकुमार बिकले यसबारे जानकारी आइनसकेकाले वडा प्रहरी कार्यालय रामबजारसँग नै बुझ्न आग्रह गरे । वडाका प्रहरी प्रमुख इन्स्पेक्टर विनोद श्रेष्ठले अनुसन्धान जारी रहेको र बालिकामाथिको जघन्य अपराध बालिकाकै चतुर्‍याईँले टरेको बताए । अहिले रुटका सबै सीसीक्यामेरामा त्यो समयका गतिविधि हेरिरहेको उनले जनाए ।

पोखरा वडा नं. १५ का अध्यक्ष तोरण बानियाँ, सदस्य आशिष भण्डारी लगायतले यस घटनालाई चासोका साथ लिएका छन् । आफ्नै वडाबाट ट्याक्सीमा बालिका उठाएर लगेपछि संलग्नलाई पक्रनका लागि उनीहरु पनि रुटका सीसीटीभी क्यामरा पत्ता लगाउने, हेर्ने कार्यमा सक्रियताका साथ लागेका छन् ।

अहिलेका बालबालिका प्रविधिमा पोख्त छन् । सामाजिक सञ्जाल बढी प्रयोग गर्छन् । यसको सदुपयोग नहुँदा यस्ता प्रकारका घटना भइरहेकाले नचिनेकासँग नबोल्न, निकट नहुन प्रहरीले अनुरोध पनि गरेको छ । विशेष गरी उमेर नपुगेका बालिकाहरुमाथि अभिभावकको प्रत्यक्ष निगरानी गर्नुपर्नेमा जोड दिइएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
Breaking 1

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

by राम बहादुर रोकाहा
2026 June 26 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान
Breaking 2

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

by राम बहादुर रोकाहा
2026 June 26 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
गण्डकी क्षेत्र

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 June 24 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
Main News 1

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

by राम बहादुर रोकाहा
2026 June 26 मा प्रकाशित
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
Breaking 2

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

by राम बहादुर रोकाहा
2026 June 23 मा प्रकाशित
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
गण्डकी क्षेत्र

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

by राम बहादुर रोकाहा
2026 June 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

2026 June 26 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

2026 June 26 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

2026 June 24 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

2026 June 26 मा प्रकाशित
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

2026 June 23 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews