Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

नगर प्रहरीबाट फेवाताल किनाराका सडक व्यवसायीमाथि बल प्रयोग, बालिकामाथि समेत कुटपिटको बिरोध

'कुट्ने हैन, हटाउने हो । उल्टै जाइलागेपछि आत्मरक्षा गरेको भन्छन्'- प्रवक्ता तिमिल्सिना

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 November 11 मा प्रकाशित
नगर प्रहरीबाट फेवाताल किनाराका सडक व्यवसायीमाथि बल प्रयोग, बालिकामाथि समेत कुटपिटको बिरोध
ShareTweetSend

‘अदालतको आदेशानुसार फेवातालको ६५ मिटर हटाउ, हामी यसै हट्छौँ’

पोखरा । फेवाताल किनारमा व्यवस्थित ‘फूट ट्रेक’ छ । तालको सुन्दरता र मानिस जमघटको मज्जा लिन तथा पैदल यात्राले शारीरिक अभ्यास पनि हुने भएकाले साँझपख भीड बढ्छ । व्यापार व्यवसायको थलो पनि बनेको छ । ‘फूट ट्रेक’ सम्मै विक्री सामान, टेबुल/कुर्सी राखेर व्यापार गरेको देखिन्छ भने सडक व्यवसायी पनि उत्तिकै भेटिन्छन् ।

यहाँ चटपट/पानीपुरी बेच्ने, झिर/सेकुवा पोल्ने, मकै पोल्ने, थर्मसमा चिया/कफी बेच्ने, मेहन्दी लगाइदिने, फोटो खिचिदिने देखि बच्चाका सामान बेच्ने, दिउँसोपख माछा मार्ने सम्मका भेटिन्छन् । यहीबाट उनीहरुको हातमुख जोडिन्छ ।

पोखरा महानगरपालिकाले पर्यटकका लागि बनाइएको ‘फूट ट्रेक’ अतिक्रमण भएको र फुटपाथ व्यापारीले कब्जा जमाएको भन्दै हटाउन थालेको छ । तर, हटाउने शैलीको विरोध हुन थालेको छ । नगर प्रहरी र वडा प्रहरी कार्यालय बैदामसहितको टोलीले महिलामाथि बलप्रयोग गरेकोमा बिरोध भएको हो । बालिकासमेत कुटपिट गरेपछि फेवाताल किनारमा सामान बेच्नेहरु आक्रोशित बनेका छन् । महानगर भने ‘फूट ट्रेक’ नै ढाक्ने गरी आवागमनमा समस्या हुँदा हटाउनै पर्ने अवस्थामा पुगेको बताउँछ ।

बुधबार नगर प्रहरीले बल प्रयोग गरी सामान कब्जामा लिएको थियो । केही घाइते समेत भएका छन् । यसको विरोध र सामान फिर्ताका लागि त्यहाँ चिया, चटपट बेच्ने महिलाहरु विहीबार महानगरमै आएर बिरोध गरे । तर, बेलुका फेरि बल प्रयोग गरेरै दमन र लछारपछार कार्य दोहोरिएको छ ।

महानगरले जे गर्नुपर्ने गरेको छैन, सस्तो लोकप्रियता खोजेको छः व्यवसायी

व्यवसाय गरेर जीविका चलाइरहेका सहाराविहीन महिलाहरुले महानगरले सस्तो लोकप्रियताका लागि आफूहरुलाई लखेट्न खोजेको आरोप लगाएका छन् ।

उनीहरुको सामूहिक स्वर छः ‘फेवातालमा जे गर्नुपर्ने हो त्यो गरेको छैन । अदालतले ६५ मिटर भित्रका सबै संरचना हटाउनू भनेको छ । त्यो गरेको छैन । हामीलाई मात्र हटाउन थालेको छ । ६५ मिटरभित्रका संरचना हटाएमा यो ठाउँ नै रहँदैन, हामी यसै पनि रहन्नौँ ।’ महागनरपालिका र प्रहरीले ठूला व्यवसायीलाई छुनै नसक्ने तर आफूहरु कमजोर भएर लछारपछार पारेको उनीहरुको दुःखेसो छ ।

उनीहरु सबैभन्दा आक्रोशित १५ वर्षीया बालिकामाथि कुटपिट भएकोमा देखिए । दसैं–तिहारले स्कुल बिदा भएकाले १५ वर्षीया लोकमाया सुनार आमालाई चटपट–पानीपुरी व्यापारमा सघाउँछिन् ।

बुधबार आमा अम्बिकासँगै भएका बेला नगरप्रहरी आए । समान लैजान खोज्दा अम्बिकासँग खोसाखोस भयो । अम्बिकामाथि नगरप्रहरी महिला बढी नै उत्तेजित भएर हातपातमै उत्रे । त्यसपछि लोकमायाले आमालाई छाडिदिन भन्दै प्रतिकार गरिन् । महिला नगरप्रहरीले कुटे, पुरुष प्रहरीले हातका कुहिनाले घोचे, जुन सार्वजनिक भिडियोमा स्पष्ट देखिन्छ । ढाँडमा असैह्य पीडा र घुँडामा चोट लागेको उनी बताउँछिन् । १० कक्षामा अध्ययनरत उनलाई साथीले समेत साथ दिएका थिए ।

बुधबार नगर प्रहरी र नेपाल प्रहरीले नाबालिग लोकमायालाई लछारपछार गरेर कुटपिट गरेको भिडिओ एक युवकले खिचेका हुन् । प्रहरीले ताल किनारमा फोटोग्राफी गरिरहेका ती युवालाई पनि बाँकी राखेनन्।

‘भिडिओ डिलेट गर् नत्र तँलाई पनि गाडीमा लगेर थुनिदिन्छु भनेर मलाई प्रहरीले थर्कायो,’ ती युवाले भने, ‘भिडिओ डिलेट गरेपछि मात्र मलाई छाडिदियो।’ अहिले उनैले रिस्टोर गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।

फेवाताल किनारमा खुद्रा सामान बेचेर जीविकोपार्जन गरिरहेकाहरूका आ–आफ्नै दुःख छन्। घर, परिवार र समाज छाडेर फूटपाथमा आइपुग्ने अधिकांश महिला र बालबालिका छन्।

श्रीमान बितेपछि रामेछापबाट काठमाण्डौ हुँदै पोखरा आएकी अम्बिकाका आमाछोरीमात्रै होइन, श्रीमान थलिएका र आफूपनि बाथ रोगबाट पीडित हेटौंडाकी हीरा नेगी, बेसहारा भगवती तामाङ, चट्याङले श्रीमान गुमेपछि साना ४ छोराछोरी पाल्न खटिएकी सेतुमाया विश्वकर्मा, छोरी बितेपछि ३ जना नातिनी पाल्ने बाध्यतामा परेकी सुकमाया सुनार लगायत सबै जसोको पीडा उस्तै छ ।

ताल किनारका व्यवसायीले आफूहरूले बाटो नछेकेको र सरसफाइमा ध्यान दिएको दाबी गर्छन् । आफूहरुले अन्यत्रै काम गरेर खाने वातावरण भए सडकमा यसरी चिसो खाएर नबस्ने उनीहरुको भनाई छ । नगर प्रहरीका साथै नेपाल प्रहरीले पनि कुटपिट र लछारपछार गर्न सघाइरहेको उनीहरु बताउँछन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी राजेन्द्रकुमार श्रेष्ठले भने नगर प्रहरीलाई साथ मात्र दिएको बताए। फुटपाथका विषय आफ्नो क्षेत्राधिकारको विषय नभएको र नगर प्रहरीलाई साथ मात्र दिएको र नकुटेको उनको भनाई छ ।

हाम्रा प्रहरीलाई सोध्यौँ, उल्टै जाइलागेपछि आत्मरक्षा गरेको भन्छन्ः प्रवक्ता तिमिल्सिना

असहाय महिला बालिकामाथि दमन, कुटपिट भएको विषयमा पोखरा महानगरपालिकाका प्रवक्ता मोति राज तिमिल्सिनासँग प्रतिक्रिया लिँदा उल्टै जाइलागेपछि आत्मरक्षा गर्ने अवस्था आएको बताउँछन् ।

कुटपिट र आक्रमण गर्न महानगरको निर्देशन नभएको र फुटपाथमा व्यापार गर्न मात्र रोक लगाएको महानगरको भनाई छ ।

गण्डकन्यूजसँग प्रवक्ता तिमिल्सिनाको प्रतिक्रियाः

“पैदलयात्रा गर्ने फूट ट्रेक पैदलयात्रीका लागि हो । त्यहाँ आवागमनमै अवरोध हुने गरी सबैले चटपट बेच्न थालेपछि रोक लगाउन खोजेका हौँ । र, यो हटाउने विषयमा हामीले पहिल्यै सूचित गरिसकेका थियौँ । तर, अटेर हुँदै आयो । पटक पटक भन्दा पनि नलागेपछि यो अवस्था आएको हो । बल प्रयोग गर्ने भन्ने हाम्रो निर्देशन होइन ।

हामीले नगरप्रहरीले बल प्रयोग गरेकोबारे जानकारी आएपछि नगरप्रहरीसँग पनि बुझ्यौँ । उहाँहरुले हामीमाथि जाइलागेपछि उहाँहरुमाथि कन्ट्रोल गरेको, नियन्त्रण गरेको भन्नुभयो । व्यापारीहरुलाई यसो नगर्नुस् भन्दा जाइलागेपछि प्रतिरोध मात्र गरेको हो, सेफ मात्र भएको हो भनेर प्रहरीले हामीलाई भने । हामीले रोकेको हो । थोरै बल प्रयोग गरेको हो भनेर प्रहरीहरुले हामीलाई भने ।”

यतिबेला महानगर प्रहरीको नेतृत्व नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले गरेका छन् । उनकै कमाण्डमा नगर प्रहरी टोली फुट ट्रेक क्लियर गर्न खाटिएको हो । फूट ट्रेकसम्मै सामान विक्री गर्ने, कुर्सी टेबल राख्नेहरुलाई प्रहरीले हटाएको थियो ।

यसैबीच, विहीबार एक युवक थुनामा पनि परे । गोरखा, आँपपिपलका रमेश थापा फेवाताल किनारामा बसेर गुजारा चलाउँछन्। उनको आम्दानीको स्रोत ताल किनारामा बसेर साना साना माला बेच्ने र फुट ट्र्याकमा हिँड्ने पर्यटकलाई मेहन्दी लगाइदिने हो। थापाको सरसामान प्रहरीले खोस्ने क्रममा उनले छेके । त्यसको परिणामस्वरुप उनी वडा प्रहरी कार्यालय बैदाम लगिए र थुनिए ।

‘नगर प्रहरीले मलाई कुटपिट गर्न थालेपछि मैले छेकेको थिएँ, त्यहीबेला प्रहरीले पक्राउ गरेर मलाई थुनिदियो,’ थापाले भने, ‘आज (शुक्रबार) दिउँसो मलाई छाडिदिए।’ फुट ट्र्याकबाट पक्राउ परेका थापाले आफूलाई रिहाइ गर्दा ‘अब आइन्दा यस्तो काम नगर्नू’ भन्ने शर्त राखेको बताए।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले आफूहरूले पक्राउ नगरेको प्रतिक्रिया दिए । नगर प्रहरीले ल्याएर बुझाएकाले राखिदिएको उनको भनाइ छ। ताल किनारमा माला बेचेका व्यक्तिलाई किन थुन्नुभएको हो? भन्ने प्रश्नमा डिएसपी श्रेष्ठले भने, ‘हामीले पक्राउ गरेको होइन, नगर प्रहरीले ल्याएर बुझाएकाले हामीले राखेका हौं, किन ल्याएर बुझाउनुभयो उतै सोध्नुस्।’

बिहीबार पनि फेवाताल किनारमा चटपट बेच्न बसेकी धादिङकी कमला भण्डारीमाथि हातपात भएको छ । सामान खोसाखोसका क्रममा उनलाई नगर प्रहरीले घिसारेका थिए भने उनका कपडा च्यातिदिएका थिए।

‘भर्खर कुर्ची राखेकी थिएँ, नगर प्रहरी आएर सबै लिएर गयो, मलाई पिटेर निलडाम बनाएको छ,’ उनले भनिन्, ‘मेरो घडी पनि हराएको छ, कपडा पनि च्यातिदिए।’ श्रीमानको कोरोनाबाट मृत्यु भएपछि २ जना साना साना छोरीहरू हुर्काउन र पढाउन चटपट बेच्न थालेको उनले बताइन्।

सर्वोच्च अदालतले फेवातालको वरिपरि वर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटरसम्मको क्षेत्रका संरचना ६ महिनाभित्र भत्काउन विपक्षीको नाममा गत असारमा आदेश जारी गरेको थियो । त्यसको पूर्णपाठ गत असोजमा सार्वजनिक भएको छ ।

पूर्णपाठ आएको ६ महिनाभित्र आदेश कार्यान्वयन गर्नुपर्ने बाध्यतामा महानगर छ । फेवाताल अतिक्रमण गरी दर्ता गरेका १६ सय रोपनी र हजार बढी संरचना भत्काउनुपर्नेछ । महानगरका प्रमुखले भिडियो सन्देश जारी गरेरै फैसलाको पूर्णपाठ आएपछि समयसीमाभित्र आदेश कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।

महानगरले ठाउँ व्यवस्थापन गर्दै फुटपाथ व्यवसायीलाई बल प्रयोग नगरी स्थानान्तरण गर्न सार्वजनिक सुझाव छ । व्यवसायीले पनि आफूहरूलाई निश्चित समय तोकेर भए पनि व्यवसाय गर्न दिनुपर्ने र सामान जफत गर्न नहुने माग गरेको छ । तर, फुटट्रेकमा हुने आवागमनमा अवरोध हुन नहुने गरी स्थान तोकिदिनु पनि जरुरी छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा
Main News 1

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

by राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित
फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन
Main News 1

फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

by राम बहादुर रोकाहा
2026 July 3 मा प्रकाशित
हल गोरु पाल्ने ११५ कृषकलाई गल्याङ नगरपालिकाको पाँच हजार रुपैयाँ प्रोत्साहन
Main News 1

हल गोरु पाल्ने ११५ कृषकलाई गल्याङ नगरपालिकाको पाँच हजार रुपैयाँ प्रोत्साहन

by राम बहादुर रोकाहा
2026 July 2 मा प्रकाशित
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण
Main News 1

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

by राम बहादुर रोकाहा
2026 June 30 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान
Main News 1

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
Main News 1

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

by राम बहादुर रोकाहा
2026 June 26 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

2026 July 6 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

2026 July 6 मा प्रकाशित
सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

2026 July 6 मा प्रकाशित
स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै

स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै

2026 July 3 मा प्रकाशित
फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

2026 July 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews