Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा अविरल पानी परिरह्यो, अस्फाल्ट पिच भइरह्यो [भिडियो]

बिग्रेको रहेछ भने उप्काएर फेरि पिच गर्छौँः सडक विभाग

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 October 7 मा प्रकाशित
पोखरामा अविरल पानी परिरह्यो, अस्फाल्ट पिच भइरह्यो [भिडियो]
ShareTweetSend

महानगर अन्तर्गत होइन, सडक विभागले गरेको होः पोखरा महानगर

पोखरामा यतिबेला महेन्द्रपुलदेखि पृथ्वीचोक सम्मको क्षेत्रमा अमेरिकी प्रविधि अस्फाल्ट विधि अनुसार सडक पिच भइरहेको छ । डेढ किलोमिटर सडक पिच गर्नका लागि पाँच करोडमा ठेक्का सम्झौता भएको छ । ठेकेदार कम्पनी विवेक एण्ड कुवेर निर्माण सेवा हो । जसले १० दिनमा सक्छु भन्दै काम सुरु गरेको हो ।

गत सातादेखि सुरु भएको पिच वर्षाका कारण ३ दिन रोकियो । त्यसपछि पुनः कामले निरन्तरता पाएको छ । तर, शनिबार बेलुकी मुसलधारे वर्षाका बेला पनि सडक पिच भइरह्यो । पोखरा वडा नं. ९ स्थित नयाँबजारमा अस्फाल्ट पिच गरिएको हो । सडकमा खोला बगिरहँदा काम धमाधम भइरहेको दृश्य निकै असहज देखियो ।

पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाले उक्त काम सडक विभाग अन्तर्गत भइरहेको बताए । ‘यो सडक क्षेत्र सडक विभाग अन्तर्गतको हो । तर, महानगरकै क्षेत्र भएकाले हाम्रो चासो स्वभाविक हुनुपर्छ । वडा अध्यक्ष पनि विदेश जानुभएकाले मैले नै यो बारे थाहा भएपछि सडक विभागसँग कुरा गरेँ । काम बन्द भैसक्यो भने । पानीमा पिच गर्न मिल्दैन ।’ – तिमिल्सिनाले गण्डकन्यूजसँग भने ।

संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले यो काम अघि बढाएको हो । सडक विभागका उच्च अधिकारीसँग सम्पर्क नभएपनि प्राविधिक सम्पर्कमा आए । उनले नाम नखुलाउने शर्तमा भने – ‘भिडियो पनि देखेँ । गाली खाइरहेका छौँ । प्रवक्ताले नै प्रतिक्रिया दिनुपर्ने हो, मैले होइन । त्यसैले नाम नखुलाउनुहोला । तर,  कुरा के हो भने काम हुँदाहुँदै पानी परिहाल्यो । गाडीमा आएका सामान खेर गैहाल्छ । त्यसैले सडकमै छरेर पेलेका हुन् ।’

उनले नयाँबजार क्षेत्रमा नाली नभएको र पानी जति सडकबाटै बग्ने भएकाले पनि खोलै बगेको स्विकारे । ति प्राविधिकले एक गाडी सामान खेर जाँदा डेढलाख देखि २ लाखसम्म नोक्सान हुने बताए । ‘अनि, सामान खेर जान्छ भनेर पानीको खोलो बगेको ठाउँमा रोलरले थिचेर हुन्छ त ?’ भन्ने प्रश्नमा ति ओभरसियरले भने – ‘सानो सानो सिमसिम पानी हुँदा यो पीचलाई फरक पर्थेन । तर, आजको चाहिँ ठूलै हो । काम बिग्रेको भए फेरि उप्काएर पिच गरिहाल्छौँ ।’

मुसलधारे पानी परिरहँदा पनि काम भइरहेको देखेपछि मिडियाकर्मी अर्जुन बास्तोलाले भिडियो खिच्न थाले । एक जना मास्क लगाएको पुरुष आएर नखिच्न भने । मिडियाकै हूँ भनेपछि उनी त्यहाँबाट भागिहाले । तीन-चार जना आएर घेरेको र मिडियाको हूँ भनेपछि काम रोक्न थालेको बास्तोलाले बताए ।

पिचमा गुणस्तर नभएको भन्दै यसअघि नै सामाजिक सञ्जालमार्फत अख्तियार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । दुईतर्फी पिच जोडिएको ठाउँ राम्ररी लेभल नमिलेको भन्दै बिरोध भइरहँदा झनै पानीको खोलो बगेको बेला पिच गर्दा गालीकै वर्षा भइरहेको छ ।

पोखराको २५ किमी बढी क्षेत्रमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे भइसकेको छ । पोखरा महानगरपालिका, प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय र संघ सरकार मातहतको सडक विभाग कार्यालयले आफू अन्तर्गतका सडकहरुमा काम गरेका छन् ।

जिरो किलोमिटरदेखि विन्ध्यवासिनी सम्मको सडक सबैभन्दा पहिले अस्फाल्ट प्रविधिबाट पिच भएको हो । २०७७ असोजबाट पोखराको न्यूरोड क्षेत्रमा अस्फाल्ट प्रविधिबाट पिच गरिएको थियो ।

२०७७ असोजमा पोखरा महानगरले पहिलोपटक अस्फाल्ट प्रविधिबाट न्यूरोडमा कालोपत्रे गर्ने क्रममा तत्कालिन मेयर मानबहादुर जिसी

खानेपानी पाइपका लागि मनलाग्दी खनेर, महानगरले नै बिजुलीको पोल र डिभाइडरका कारण ८–१० वर्ष खप्ने भनेको सडक तहसनहस भइसकेको छ । त्यसअघि ‘सर्फेस ड्रेसिङ’ विधि भन्दै न्यूरोड क्षेत्रमा गिट्टीमात्र छरेपछि पोखरा महानगर काम रोकेर अस्फाल्ट विधिमा पुगेको हो ।

महानगरपालिकाले मुस्ताङ चोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, बुद्धचोक, रानीपौवा, बन क्याम्पस र महेन्द्रगुफासम्मका सडकमा अस्फाल्ट पिच गरिसकेको छ । पर्स्याङ—सिद्धार्थचोक, चिप्लेढुंगा—महेन्द्रपुलसम्म, बगर, दीप, रानीपौवा र अमरसिंह चोकसम्मको सडक पनि महानगर अन्तर्गतकै रहेकाले अस्फाल्ट प्रविधिको हो ।

एलाइट कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएर काम गरेको थियो । खानेपानी आयोजनाका कारण पनि कतिपय ठाउँमा पिच काम नलाग्ने भइसकेको छ।

के हो अस्फाल्ट प्रविधि ?

अस्फाल्ट प्रविधिमा गिटी अलकत्रा पकाउने र बिच्छयाउनेसम्मको काम उच्चप्रविधिबाट हुन्छ । कम्तिमा ४ सेन्टिमिटर मोटाइको कालोपत्रे हुनैपर्छ ।

महंगो प्रविधि भए पनि बढी पानी परिरहने पोखरामा सडक बढी टिकाउ राख्न यो प्रविधि अपनाएको हो । यो अमेरिकी प्रविधि हो । महंगो भएकाले भारतमा पनि बल्ल अहिले बढी अस्फाल्ट सडक बनाउन थालिएको हो । अस्फाल्ट गरिएको सडक बढी टिकाउ मानिन्छ । यो प्रविधिबाट सडक बनाउँदा सतह मिलाउनुपर्छ । अस्फाल्ट प्रविधिबाट बनेको सडक ८ देखि १० वर्षसम्म टिक्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन
Breaking 1

पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन

by राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित
अग्रज व्यवसायी पौडेल सम्बद्ध संस्थाबाट प्रधानमन्त्री राहत कोषमा ४१ लाख बढी सहयोग प्रदान
Breaking 1

अग्रज व्यवसायी पौडेल सम्बद्ध संस्थाबाट प्रधानमन्त्री राहत कोषमा ४१ लाख बढी सहयोग प्रदान

by गण्डकी न्यूज
2026 September 1 मा प्रकाशित
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र
Breaking 1

अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

by राम बहादुर रोकाहा
2026 August 25 मा प्रकाशित
कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन
Breaking 1

कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन

by राम बहादुर रोकाहा
2026 August 23 मा प्रकाशित
अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री
Breaking 1

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
Breaking 1

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

by राम बहादुर रोकाहा
2026 August 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

2026 September 4 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

2026 September 4 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी

पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने

2026 September 2 मा प्रकाशित
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान

बिरुवाले बाढीपीडितका लागि ३० लाखभन्दा बढी सहयोग गर्ने

2026 September 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews