Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

गण्डकी न्यूज गण्डकी न्यूज
2023 September 22 मा प्रकाशित
संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

तस्वीर सौजन्यः राधिका कँडेल

ShareTweetSend

पोखरा । आज असोज ३, संविधान दिवस । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

गण्डकी प्रदेशमा विशेष कार्यक्रम

गण्डकी प्रदेश सरकारले पनि विशेष कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । प्रदेश मूल समारोह समितिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमै बुधबार विषेश समारोह गरेको छ ।

कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सामन्ती, निरंकुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताए । उनले भने, ‘यस संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् ।’

यति बेला मुलुक, नयाँ संविधानले मार्गनिर्देश गरेका अभिभाराहरूलाई आत्मसात गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा अगाडि बढेको उनले बताए ।संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहका व्यवस्थापिका तथा सरकारहरू आ–आफ्नो संवैधानिक कार्यभारहरू पूरा गर्न क्रियाशील रहेको उनको भनाइ थियो । उनले भने, ‘जुन कुराको अपेक्षा आम प्रदेश बासीले प्रदेश सरकारबाट गरिरहेका छन्, ती जनताका अपेक्षा पूरा गर्न सत्ता पक्ष र प्रतिपक्षको इमान्दार प्रयास र सहकार्य अहिलेको आवश्यकता हो ।’

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमाथि प्रहार गर्नेविरुद्ध मिलेर लड्नुपर्ने बताए । उनले जनतामा रहेका केहि निराशा र असन्तुष्टिलाई प्रयोग गरी जनताको अधिकार खोस्ने प्रयास भइरहेको बताउँद अघि थपे– ‘जनताको बलिदानीबाट प्राप्त संविधानलाई उल्टाएर जनताको अधिकारलाई खोस्ने यो वा त्यो कुनाबाट प्रयास भइरहेको छ । त्यसैले संविधानको कार्यान्वयनमा राजनीतिक दल, नागरिक समाजसहित समुदायबाट सरकारलाई सहयोग प्राप्त हुने कुरामा विश्वास राखेको छु ।’

मुख्यमन्त्री पाण्डेले संविधानले निर्दिष्ट गरेका लक्ष्यहरु पूरा गर्नुपर्ने दिशामा अघि बढ्नुपर्ने आजको मूल दायित्व भएको बताए । त्यसप्रति गण्डकी सरकार प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘हामीले संविधानको मूल्य र मान्यतामा आधारित समाजवादको दिशामा प्रतिबद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र र शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ती, सुशासन, समृद्धि र विकासको आकांक्षालाई पूरा गर्ने संकल्प गरेका छौं ।’

उनले यस अवधिमा गण्डकी सरकारले प्रदेशको सुशासन, विकास र समृद्धिको खाका तयार भएको दाबीसमेत गरे । उनले भने, ‘प्रदेश सरकारले नागरिकको समृद्धि र उन्नयनको खाका कोर्दै प्रदेशबासीको प्रतिव्यक्ति आय बढाउने, दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने, बहुआयामिक गरिबी न्यूनिकरण गर्ने, प्रदेशभित्र सडक सञ्जालको पहुँच स्थापित गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ र गुणस्तरीय बनाउनेतर्फ योजनाबद्ध विकासमा नयाँ पाईला चालेको छ ।’

मुख्यमन्त्री पाण्डेले गण्डकी सरकारले आम नागरिकसामु देख्न, छुन र अनुभव गर्न सक्ने अवस्थामा आफूलाई उभ्याएको दाबी गरे । संघीय शासन प्रणाली नया अभ्यास भएपनि यस अवधिमा भएका विधि निर्माणका लागि गरिएका वैधानिक व्यवस्था, संस्थागत एवम् संरचनागत व्यवस्था, मानव संसाधनको आपूर्ती एवम् क्षमता विकास, विकास निर्माणका उपलब्धीहरु त्था सेवा प्रवाह सहज बनाउन सरकारबाट गरिएका प्रयासहरुले यस्तो अवस्था निर्माण भएको उनको भनाई थियो ।

मुख्यमन्त्री पाण्डेले गण्डकी सरकारलाई अब्बल बनाउने क्रममा ६३ वटा ऐन र २२ वटा नियमावली तर्जुमा गरिएको उल्लेख गरे । त्यस्तै, थप ४२ वटा क्षेत्रगत कानूनहरु निर्माण गर्नुपर्ने पहिचान भई सूची तयार भएको र त्यसमध्ये ३ वटा निर्माणको क्रममा रहेको उनले बताए ।

सैनिक मञ्च टुँडिखेलमा मनाइयो संविधान दिवस

केन्द्रीय स्तरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बुधबार बिहान टुँडिखेलमा भव्य समारोहबीच सरकारले संविधान दिवस मनाएको हो ।

समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतीक परेवा उडाएको थियो । त्यस्तै, हेलिकोप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी थिए ।

संविधान सभाबाट नयाँ संविधान जारी भएको आज आठ वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । नयाँ संविधान लागु भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।

 

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

हल गोरु पाल्ने ११५ कृषकलाई गल्याङ नगरपालिकाको पाँच हजार रुपैयाँ प्रोत्साहन
Breaking 1

हल गोरु पाल्ने ११५ कृषकलाई गल्याङ नगरपालिकाको पाँच हजार रुपैयाँ प्रोत्साहन

by राम बहादुर रोकाहा
2026 June 30 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

मोटरसाइकल चोरी आरोपमा एक युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 June 30 मा प्रकाशित
स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी
Breaking 2

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

by राम बहादुर रोकाहा
2026 June 30 मा प्रकाशित
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण
Main News 1

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

by राम बहादुर रोकाहा
2026 June 30 मा प्रकाशित
स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट
Breaking 1

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
Breaking 2

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

हल गोरु पाल्ने ११५ कृषकलाई गल्याङ नगरपालिकाको पाँच हजार रुपैयाँ प्रोत्साहन

हल गोरु पाल्ने ११५ कृषकलाई गल्याङ नगरपालिकाको पाँच हजार रुपैयाँ प्रोत्साहन

2026 June 30 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

मोटरसाइकल चोरी आरोपमा एक युवक पक्राउ

2026 June 30 मा प्रकाशित
स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

2026 June 30 मा प्रकाशित
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

2026 June 30 मा प्रकाशित
स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

2026 June 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews