Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

झन्डै १५ करोड लागतमा पोखराका सडकमा २ हजार बढी बत्ती

उज्यालो पोखरा घोषणा

गण्डकी न्यूज गण्डकी न्यूज
2023 September 5 मा प्रकाशित
झन्डै १५ करोड लागतमा पोखराका सडकमा २ हजार बढी बत्ती
ShareTweetSend

पोखराका मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न सुरु गरेको छ । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबारदेखि २००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्ती बल्न सुरु भएको हो ।

उक्त बत्तीको आइतबार नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

पोखरा महानगरका पूर्व मेयर मानबहादुर जिसीले उक्त बत्ती जडान गर्न नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेका थिए। प्राधिकरण र पोखरा महानगरको आधा आधा लगानीमा बत्ती जडान गरिएको हो। १४ करोड ६५ लाख रुपैयाँमा ती बत्ती जडान गरिएका हुन् । १६ मिटर अग्लो एक हाइ मास्ट लाइटमा २–२ सय वाट पावरका ८ वटा बत्ती छन् । स्मार्ट सडक बत्ती १ सय २० र ९० वाटका छन् । मास्ट लाइटको सुरक्षामा ३५ लाख रुपैयाँ खर्च भएको छ । ४ सय ३९ नयाँ पोल थपिएका छन् ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले स्मार्ट बत्ती यति धेरै संख्यामा पहिलोपल्ट पोखरामा जडान भएको दाबी गरे । उनले अहिले मुख्य सहरी क्षेत्रमा सडक बत्ती जडान गरिए पनि दोस्रो चरणमा समग्र पोखराको सडक उज्यालो हुने गरी बत्ती जडान गर्ने सुनाए ।

अब पोखराका चोक तथा मूख्य सडकहरू रातका समयमा पनि उज्याला भएका छन्। लाइटमा आवश्यकताअनुसार कम र बढी उज्यालो दिन सक्ने प्रविधि पनि जडान गरिएको हाइमास्ट लाइट जडान आयोजनाका प्रमुख प्रमोद रिजालले जानकारी दिए। रिजालका अनुसार बत्ती बिग्रिएको वा नबलेको जानकारी मोबाइलमा आउनेछ। त्यसैले तत्काल मर्मतसम्भार गर्न मद्दत हुनेछ। ६ मिटर अग्लो पोलमा बल्ने यी बत्तीले अहिले सडकमा भएको सामान्य बत्तीले भन्दा धेरै उज्यालो दिन्छ।

’बल्ब ५० हजार घन्टा निरन्तर बल्न सक्ने, पाँच वर्षको ग्यारेन्टी कम्पनीले दिएको छ,’ रिजालले भने, ’हामीले फिलिप्स कम्पनीको हाइमास्ट लाइट भारतबाट ल्याएर जडान गरेका हौं। बत्ती बिग्रिँदा वा मर्मतका लागि ठेकेदार कम्पनीले ५ वर्षसम्म हेर्ने गरी सम्झौता गरिएको छ।’ लाइट आफैं बल्ने र निभ्ने बनाउन स्वचालित प्रणाली जडान गरिएको छ। सूर्योदय र सूर्यास्तको समय मिलाएर उक्त प्रणाली राखेको उनले बताए। सूर्यास्त भएपछि आफैं बल्छ र सूर्योदय भएपछि निभ्छ।

बत्ती जडानको ठेक्का लिएको टपसन इनर्जी प्रालिका निर्देशक किरण गौतमले सम्झौताअनुसार आगामी पाँच वर्ष मर्मतसम्भारको काम गर्ने प्रतिबद्धता जनाए। पोखरामा धेरै पानी र चट्याङ पर्ने भएकाले बिग्रिने सम्भावना अत्यधिक रहेको भन्दै उनले तत्काल मर्मतसम्भार गर्न आफ्नो कम्पनी अग्रसर भएको बताए।

मुख्य चोकहरूमा धेरै उज्यालो दिने बत्ती जडान भएपछि शान्ति–सुरक्षा कायम राख्न सजिलो पर्ने कास्कीका सिडिओ वासुदेव घिमिरेले बताए। बाँकी चोकहरूमा पनि यस्तै बत्ती जडान गरिनुपर्ने उनले बताए।

पोखराका मेयर आचार्यले अरू ठाउँमा पनि यस्तै बत्ती राख्न बजेट छुट्याएको बताए। पृथ्वी राजमार्गको पोखरा खण्ड, सहरका अन्य चोक र ग्रामीण भेगमा समेत हाइमास्ट बत्ती पु¥याउने लक्ष्य रहेको उनको भनाइ छ।

’यत्तिले मात्र उज्यालो पोखरा बनाउने अभियान पूरा हुँदैन,’ उनले भने, ’अरू ठाउँमा पनि यस्तै बत्ती राख्न प्राधिकरणसँग सम्झौता चरणमा छौं।’
पोखरा महानगर ललितपुरभन्दा १४ गुणा र काठमाडौंभन्दा १० गुणा ठूलो रहेको भन्दै उनले ठूलो भूगोललाई उज्यालो राख्नु चुनौतीपूर्ण रहेको बताए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ललितपुर उपमहानगरबाट देशका सबै सहरमा उज्यालो अभियान चलाएको बताए। ललितपुरका मेयर चिरिबाबु महर्जनले बजेट विनियोजन गरेर स्मार्ट सडक बत्ती राख्न अनुरोध गरेको र त्यसपछि प्राधिकरणले उज्यालो सहरको कार्यक्रम ल्याएको उनले जानकारी दिए।

’ललितपुरले आफ्नै खर्चमा यस्तो लाइट राखेको थियो। त्यसपछि प्राधिकरणको बोर्डले स्थानीय तहसँग मिलेर उज्यालो सहर कार्यक्रम ल्यायो,’ उनले भने, ’अहिले हामी गाउँपालिकासँग पनि साझेदारीमा यो कार्यक्रम गरेका छौं, देशभर सफल भइराखेको छ।’

प्राधिकरणले लोडसेडिङ अन्त्य घोषणा गर्दा ग्रामीण भेगमा बिजुली नै नपुगेको भन्दै उनले अहिले देशको ९८ प्रतिशत घर विद्युतीकरण भइसकेको बताए। अब छिट्टै शतप्रतिशत नेपालीका घरमा बिजुली पु¥याउने योजना रहेको उनले बताए।

उनले पोखरामा गुड्ने ट्याक्सी र माइक्रोबसलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न महानगर प्रमुख आचार्यलाई सुझाव दिए । विद्युतीय चार्जिङ स्टेसनको संख्या बढाउन प्राधिकरणले काम गरिरहेको बताउँदै उनले विद्युतीय सवारी १५–२० प्रतिशत सस्तो पर्ने बताए । पोखरा महानगरपालिकाले फोहोरबाट बिजुली उत्पादन गरे प्राधिकरणले किन्ने प्रतिबद्धता पनि उनले गरे ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखरामा प्रथम लायन्स कप भलिबल सुरू
Breaking 2

पोखरामा प्रथम लायन्स कप भलिबल सुरू

by गण्डकी न्यूज
2025 May 1 मा प्रकाशित
पोखराबाट ९ महिनाकाे अवधिमा ३८ हजार बढीले लिए श्रम स्वीकृति
Breaking 1

पोखराबाट ९ महिनाकाे अवधिमा ३८ हजार बढीले लिए श्रम स्वीकृति

by गण्डकी न्यूज
2025 April 29 मा प्रकाशित
प्रथम लायन्स कप भलिबल: इरानी टोली पोखरा आइपुग्यो
Breaking 2

प्रथम लायन्स कप भलिबल: इरानी टोली पोखरा आइपुग्यो

by गण्डकी न्यूज
2025 April 29 मा प्रकाशित
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
धर्म/संस्कृति

पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने

by गण्डकी न्यूज
2025 April 24 मा प्रकाशित
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
धर्म/संस्कृति

श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो

by गण्डकी न्यूज
2025 April 24 मा प्रकाशित
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न
धर्म/संस्कृति

पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न

by गण्डकी न्यूज
2025 April 30 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

2025 May 9 मा प्रकाशित
स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

2025 May 9 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

2025 May 9 मा प्रकाशित
स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

2025 May 9 मा प्रकाशित
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

2025 May 8 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews