Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

महिला प्रहरीलाई इन्स्पेक्टरको म्यासेज– ‘आइ एम फ्यान अफ याेर बडी फिगर’

डीएसपीको नेतृत्वमा छानबिन समिति गठन

गण्डकी न्यूज गण्डकी न्यूज
२०८० असार १९ मा प्रकाशित
महिला प्रहरीलाई इन्स्पेक्टरको म्यासेज– ‘आइ एम फ्यान अफ याेर बडी फिगर’
ShareTweetSend

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै छानबिन अघि बढेको छ। तिमिल्सिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘आइ एम फ्यान अफ याेर बडी फिगर’ भन्दै म्यासेज लेखेको विवरण सार्वजनिक भएको हाे।

पीडित महिला प्रहरीले इन्स्पेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट नयाँ ट्विटर बनाएर हेडक्वार्टरसम्म मेन्सन गरी पोष्ट गर्दै आफू असुरक्षित भएकाे उल्लेख गरेकी थिइन्।

‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमा स्क्रिनसट पोष्ट गर्दै उनले लेखेकी छिन्– ‘नेपाल प्रहरीको शक्तिमार्फत सुरक्षा सेवकले नै महिलामा असुरक्षा सिर्जना गरिरहेका छन्।’ उनले पोष्ट गरेको स्क्रिनसटमा तिमिल्सिनाले आफू ती महिला प्रहरीको शरीरको फ्यान भएको, फोटो पठाउन अनुरोध गरेका लगायत म्यासेज छन्।

Being a security servant he is creating insecurities for women through his power of Nepal Police. Kaski Police inspector @NepalPoliceHQ @Online_khabar @ekantipur_com @PahiloPost @setopati pic.twitter.com/TOdSgjGjAS

— Aba bolne (@bolne_aba) June 27, 2023

स्क्रिनसटमा उल्लेख भएअनुसार राति ११ बजे तिमिल्सिनाले फोटो पठाउन भनेका छन् । ‘ट्रस्ट मी, इट्स विट्विन अस (विश्वास गर, यो दुईजनाबीच मात्र रहनेछ)’ उनले भनेका छन् । महिलाले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेकी छन् ।

‘आई ह्याभ ड्यू रेस्पेक्ट टुवार्डस् यू’ भन्दै उनले फेरि फोटो पठाउन भनेका छन् । जवाफमा महिलाले ‘म कसरी विश्वास गर्नसक्छु, अहिलेसम्म भेट पनि भएको छैन’ भनेकी छन् । तिमिल्सिनाले आफ्नो ‘क्लासले पनि नराम्रो गर्न नदिने’ भन्दै उनलाई फोटो पठाउन दबाब दिएको देखिन्छ । तिमिल्सिनाले फेरि तिमी भिडियो कलमा सहज महसुस गर्छौं भन्दै प्रश्न गरेका छन् ।

छानबिन समिति गठन

घटनाबारे सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत डिएसपी प्रकाश दाहालको संयोजकत्वमा इन्स्पेक्टरदेखि प्रहरी जवानसम्म सदस्य रहेको ५ सदस्यीय छानबिन समिति गठन गरेको  बताए।

‘समिति गठन गरेर छानबिन थालेका छौं, के भएको हो, समितिले दिने निष्कर्षका आधारमा अघि बढ्छौं । इन्स्पेक्टरले म्यासेज पठाएको हो कि होइन, हामी साइबर ल्याबबाटै छानबिन गर्छौं,’ एसपी केसीले भने, ‘छानबिनबाट दोषी देखिए कारबाही अघि बढ्छ।’

इन्स्पेक्टर तिमिल्सिनाले म्यासेज पठाएको भनिएको इन्स्टाग्राम अकाउन्ट उनको हो कि होइन भन्ने यकिन गर्न छानबिन समितिलाई निर्देशन दिएको उनले बताए। यसका लागि प्रहरीको साइबर ब्युरोलाई अनुरोध गरिएको छ।

यस्तै, आराेपित तिमिल्सिनाले पनि एसपी केसीलाई निवेदन दिएर उक्त इन्स्टाग्राम अकाउन्ट ह्याक भएको र आफूले नचलाएको निवेदन दिएकाे खुलेकाे छ । उनले निवेदनमा ‘मैले चलाउँदै आएको इन्स्टाग्राम आइडी अन्य कसैले ह्याक गरी चलाइरहेको र उक्त आइडीबाट मेरो आफन्त, मित्रहरूलाई अश्लिल खालका म्यासेज गरी रहेको हुँदा उक्त व्यक्तिलाई खोजतलास गरी कानुनी कारबाही गरी पाउँ,’ भनेका छन् ।

कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार बिकले तिमिल्सिनासँग बुझ्नेकाम भइरहेकाे भन्दै छानविनपछि यथार्थता थाहा हुने बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]
Main News 1

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

by गण्डकी न्यूज
२०८० अशोज ३ मा प्रकाशित
‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना
Breaking 2

‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना

by गण्डकी न्यूज
२०८० भदौ २९ मा प्रकाशित
तीन यात्रु लिएर पोखरा आएको ड्रुक विमान ४२ जना लिएर भुटान फर्कियो [फोटो फिचर]
कास्की

तीन यात्रु लिएर पोखरा आएको ड्रुक विमान ४२ जना लिएर भुटान फर्कियो [फोटो फिचर]

by गण्डकी न्यूज
२०८० भदौ २३ मा प्रकाशित
गण्डकी एकेडेमीमा शिक्षकले कुट्दा बालकको हात भाँचियो, उल्टै शिक्षिकाले चोरको आरोप लगाइन्
अपराध/सुरक्षा

गण्डकी एकेडेमीमा शिक्षकले कुट्दा बालकको हात भाँचियो, उल्टै शिक्षिकाले चोरको आरोप लगाइन्

by रञ्जन अधिकारी
२०८० भदौ २२ मा प्रकाशित
बाघ मारेर सेलाएसँगै सकियो पोखराको बाघ जात्रा [फोटो फिचर]
कास्की

बाघ मारेर सेलाएसँगै सकियो पोखराको बाघ जात्रा [फोटो फिचर]

by गण्डकी न्यूज
२०८० भदौ २१ मा प्रकाशित
श्रीकृष्ण जन्माष्टमी पोखरामा यसरी मनाइयो [फोटो फिचर]
कास्की

श्रीकृष्ण जन्माष्टमी पोखरामा यसरी मनाइयो [फोटो फिचर]

by गण्डकीन्यूज
२०८० भदौ २० मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

२०८० अशोज ३ मा प्रकाशित
प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]

२०८० भदौ ३० मा प्रकाशित
पोखराको बिरौटा स्थित नहरमा महिला मृत फेला

पोखराको बिरौटा स्थित नहरमा महिला मृत फेला

२०८० भदौ ३० मा प्रकाशित
‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना

‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना

२०८० भदौ २९ मा प्रकाशित
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

२०८० भदौ २८ मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com                        gandakinewsofficial@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.