Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दशैँ: के खाने, के नखाने ?

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 15 मा प्रकाशित
दशैँ: के खाने, के नखाने ?
ShareTweetSend

दसैंलाई ‘मासु खाने’ पर्वका रूपमा लिइन्छ। दसैं र मासु परिपूरकजस्तै भइसकेका छन् । घाँटी हेरी हाड निल्नुपर्छ भनेझैं दसैंका नाममा अत्यधिक खर्च गर्नु राम्रो हुँदैन । आफूसँग जे छ, त्यसैमा सन्तुष्ट भएर दसैं मनाउनुपर्छ । अहिले त देश–विदेशबाट आफन्तसमेत घर फर्किएका छन् ।

चिकित्सकले जिब्रोलाई नियन्त्रण गर्ने गरी खानेकुरा खान सुझाव दिएका छन् । आआफ्नो परम्पराअनुसार भुटन, मासु, झोललगायतका परिकार बनाएर खाने चलन छ । दसैंमा पाहुनालाई मासु नै पकाएर स्वागत सत्कार गर्ने चलन नै बनिसकेको छ । दसैंमा एक व्यक्तिले दैनिक आवश्यक क्यालोरीभन्दा बढी खाइरहेको हुन्छ ।

चाडपर्वको नाममा मासु धेरै खाने चलन स्वास्थ्यका लागि हानिकारक हुन्छ । मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड तथा मधुमेह भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ । शरीरलाई पच्ने गरी खाना खानुपर्ने पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् । पोषणविद् डा. उप्रेती भन्छिन्,
‘खाना खानुअघि स्न्याक्स खाने चलन छ । यसले शरीरलाई असर गर्छ । बरु अलिक बढी खाएको जस्तो लाग्यो भने एक छाक नखाँदा पनि हुन्छ । बालबालिकालाई पनि खुवाउँदा विशेष ख्याल गर्नुपर्छ ।’

घरमै बनाएका परिकार खाँदा शरीरलाई फाइदा पुग्ने भएकाले जतिसक्दो कम मसलायुक्त खाना खानुपर्ने उनले बताइन् । डा. उप्रेतीका अनुसार चिल्लो हालेको खाने कुरा कमभन्दा कम खानुपर्छ । धेरै मसला हालेको खानेकुरा खाँदा विशेषतः मुटुरोगी, युरिक एसिड भएका बिरामीलाई दीर्घकालीन असर पर्ने चिकित्सकहरू बताउँछन् ।

धेरै मसला हालेको खानेकुराहरू खानुहुँदैन । घरमै बनाएको खानेकुरा खाँदा शरीरलाई फाइदा पुग्छ । हामीले प्रयोग गर्ने मासु पुरै स्वच्छ हुनुपर्छ । बजारबाट किनेको मासु हो भने ताजा छ या छैन भनेर किन्ने बेलामै ध्यान पु¥याउनुपर्छ । ताजा मासु रातो देखिन्छ । बासी मासु रङ उडेको र छाम्दा गिलो हुन्छ । धेरै दिन मासु सञ्चित गरेर खानु राम्रो मानिँदैन ।

मसला ठिक्क राखेर पकाएको मासु स्वस्थ मान्छेले दैनिक ६० ग्राम मात्र खानु उपयुक्त मानिन्छ । चिकित्सकका अनुसार चाडपर्वको बेला मात्र खानेले भने २ सय ग्रामसम्म खाँदा असर गर्दैन । शारीरिक श्रम गर्नेले भने ९० ग्रामसम्म खान सक्छन् । दाल, गेडागुडी, पनिर, दूध, कुरिलो, भटमासजस्ता खानेकुराबाट पनि मासुमा पाइने प्रोटिन प्राप्त गर्न सकिन्छ । क्वाँटीको झोल, पनिर, मिक्स भेज सुप, दही, केरा, चिउरा, सलाद र अन्य फलफूल खानासँगै खान सकिन्छ ।

मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानुहुँदैन । यस्तै, ड्राइफुड, फलफूल, जंकफुड पनि नखाँदा राम्रो हुन्छ । चाडपर्वमा अस्वस्थकर खसी, बोका, राँगा र भैंसीको मासुले टेनिया सोडियम, बंगुरको मासुबाट टेनिया स्याकिटेटा नामक जुका र अस्वस्थ माछा खाँदा एच नाना र अस्वस्थ कुखुराको मासुबाट बर्डफ्लु तथा नपाकेको मासु खानाले दिमागमा ससाना टेपवर्म जाने र त्यसले मानिसको मृत्युसमेत गराउन सक्ने चिकित्सकको भनाइ छ ।

दसैंमा मादक पदार्थ से वन सकेसम्म नगर्न डा. उप्रेतीको सुझाव छ । ‘दसैं स्वभावैले खानपानसँग जोडिएको पर्व हो,’ उनी भन्छिन् , ‘तर, दीर्घरोगीले यो पर्वमा अलि बढी ध्यान दिन जरुरी छ र स्वस्थ मानिसले पनि स्वास्थ्यको ख्याल गर्दै मसलेदार, चिल्लो तथा पिरो खानेकुरा खाँदा ध्यान पु¥याउनुपर्छ ।’

दीर्घरोगले खानपिनमा ध्यान नदिँदा चाडपर्वको बेलामा अस्पतालमा भर्ना भएर बस्नुपरेका उदाहरण थुप्रै छन् । त्यसकारण, चिकित्सकहरूले दसैंमा सबैलाई खानपिनमा विशेष ध्यान दिन आग्रह गरिरहेका हुन्छन् ।चिकित्सकका अनुसार खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्या भएका बिरामीको संख्या ह्वात्तै बढ्छ । रातो मासु, छाला वा त्यसमा हुने बोसोले नसर्ने खालका रोग त बढाइरहेकै हुन्छ भने प्रत्यक्ष सम्बन्धित जनावरमा रहेको रोगसमेत सर्ने सम्भावना उत्तिकै रहेको चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार दसैंको समयमा बजारमा पाइने अस्वस्थकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखाला, क्षयरोग, आउँ, पेट फुल्ने, मिर्गौलामा समस्या देखिने, क्ओसटियल इन्फेक्सन, फुड पोइजनिङलगायतका समस्या देखिन्छ । मासुले स्वास्थ्यलाई फाइदा पु¥याउँछ । तर, मासु खाने बेलामा ध्यान दिइएन भने त्यसले थप समस्या निम्त्याउँछ । मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ ।

मुटुरोगका चिकित्सकका अनुसार नेपालीको भान्छामा पाक्ने खाने कुरा सामान्य चाडबाडमा मात्र नभई अन्य समयमा पनि मुटुका लागि उपयुक्त हुँदैन । अझ दसैंको समयमा मुटुरोगी तथा उच्च रक्तचापका बिरामीलाई सोझै असर गर्ने रातो मासुका परिकार हुन्छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कम चिल्लो मिसिएको खाना खाँदा शरीरलाई फाइदा गर्छ । डा. पुनले भने, ‘दसैंमा चिल्लो बढी खाने चलन छ । अलिक कम चिल्लो हालेको ताजा खानेकुरा खाँदा शरीर
स्वस्थ हुन्छ ।’

मसला कम प्रयोग गर्ने

दसैंमा बनाइने परिकारमा मसलाको प्रयोग अत्याधिक हुन्छ । घरमै तयार गरिएको मसला प्रयोग गर्नु राम्रो मानिन्छ । अझ दसैंका बेला दीर्घरोगीले विशेष ध्यान दिन जरुरी छ । दसैंमा मनलाग्दी खानपिन गर्दा मधुमेह, उक्त रक्तचाप, मुटु र एसिडका बिमारीमा बढी समस्या देखिन्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप र धनियाँ धेरै राख्नु पनि उचित होइन । बजारमा पाइने रेडिमेड मसलाको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा यसले शरीरमा मन्द विषको काम गर्न सक्छन् ।

गुलियो र चिल्लो पदार्थको कम प्रयोग

दसैंको बेलामा अत्यधिक चिल्लो पदार्थ खाने र बढी मिठाई खाने चलन नै छ । मधुमेहका बिरामीले गुलियो र चिल्लो पदार्थ खानुहुँदैन । मुटुरोगीका लागि बढी चिल्लो पदार्थ खान निषेध नै छ । दसैं र तिहारमा सेवन गरिने परिकारमा गुलियो र चिल्लोको मात्रा धेरै हुने भएकाले विशेष सावधानी अपनाउनुपर्छ । सेलरोटी, मिठाई, चकलेटलगायतको प्रयोग सकेसम्म सबैले कम गर्दा फाइदा हुन्छ ।

धूमपान र मद्यपान सेवन नगर्ने

दसैंको बहानामा धेरै धूमपान र मद्यपान नगर्दा नै बेस हुन्छ । धूमपानले मुटु र फोक्सोलाई हानि गर्छ । मद्यपानले मुटुरोगको खतरा बढाउँछ । झन् रोगी त धूमपानबाट टाढै बस्दा राम्रो हुन्छ । दसैं हो भनेर जथाभावी मद्यपान गर्दा सुगर र प्रेसरको समस्या बढ्न सक्छ । मुटुरोगीलाई पनि यसले फाइदा गर्दैन । चिकित्सकका अनुसार रक्सी सेवनले रगतमा ट्राइग्लिसेराइडको मात्रा बढाउँछ । जसले मुटुरोग, हृदयाघात र पक्षाघात गराउनमा विशेषभूमिका खेल्छ ।

रक्सी भनेको कार्बोहाइट्रेड हो त्यसैले शरीरको वजन बढाउन तथा रगतमा सुगरको मात्रा उच्च राख्न पनि यसको विशेष भूमिका हुन्छ । वाइन, बियर, जिन, लोकल, छ्याङ आदि रक्सीका प्रकारअन्तर्गत पर्छन् । अल्कोहोलको मात्रा मात्रै फरक–फरक हुन्छन् । दसैंमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन । धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ ।

चिकित्सकका टिप्स

  • धेरै मसलादार, चिल्लो र चिनीको मात्रा धेरै भएको खानेकुरा खानुहँुदैन ।
  • शरीरले पचाउने गरी खानुपर्छ । धेरै खाएको अनुभूति भएमा एक छाक छोड्दा शरीरलाई फाइदा हुन्छ ।
  • बजारिया खाने र मिठाईमा विभिन्न तेल हालेर बनाइने भएकाले होममेड खानालाई प्राथमिकता दिनुपर्छ ।
  • धमासुजन्य खाना कम गर्नुपर्छ र दुग्धजन्य परिकारको सेवनमा जोड दिनुपर्छ ।
  • खाना खाएको केही समयपछि तातोपानी सेवन गर्नुपर्छ ।
  • रातो मासु धेरैको रोजाइमा पर्छ । तर, सेतो मासुमा बढी जोड दिनुपर्छ । रातो मासुले मधुमेह, पेट तथा आन्द्रामा क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ ।
  • बिहान व्यायाम गर्नुपर्छ ।
  • घरमै बसिरहनुहुँदैन ।
  • मासुका पारखीले सकेसम्म कुखुरा र माछा खाँदा उपयुक्त हुन्छ । हरियो सागपात र फलफूललगायतका खानेकुरामा बढी ध्यान दिनुपर्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले
Main News 1

भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
Main News 1

स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 March 25 मा प्रकाशित
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
Breaking 2

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

by राम बहादुर रोकाहा
2026 March 24 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
Main News 1

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित
Main News 1

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
गण्डकी क्षेत्र

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

by राम बहादुर रोकाहा
2026 January 8 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र

ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र

2026 March 29 मा प्रकाशित
ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग

ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग

2026 March 29 मा प्रकाशित
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

2026 March 29 मा प्रकाशित
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप

सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप

2026 March 29 मा प्रकाशित
वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

2026 March 28 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews