Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

प्रहरीले पक्रेका खतिवडा अदालतबाट २ लाख धरौटीमा रिहा

रञ्जन अधिकारी रञ्जन अधिकारी
२०७८ अशोज २ मा प्रकाशित
प्रहरीले पक्रेका खतिवडा अदालतबाट २ लाख धरौटीमा रिहा
ShareTweetSend

प्रहरी भन्छः ‘फेवाताल पुर्दापुर्दै पुग्दा अभद्र व्यवहार गरे’

खतिवडाको जिकिरः ‘प्रहरीले फसायो, राति घरबाटै लगे, सिसिटिभी फुटेजसहित प्रेस मिट गर्छु’

पोखरा । प्रहरी हिरासतमा रहेका पोखराका व्यवसायी युवराज खतिवडा धरौटीमा छुटेका छन् । फेवातालको सीमसार क्षेत्र पुर्दै गर्दा पुगेका प्रहरीलाई अभद्र व्यवहार आरोपमा उनलाई पक्राउ गरिएको कास्की प्रहरीको भनाई छ । भदौ २४ गते पक्राउ परेका खतिवडा एक सातापछि विहीबार धरौटीमा रिहा भएका हुन् ।

खतिवडालाई हिरासतमा राखी ७ दिन म्याद थपेर कास्की प्रहरीले अनुसन्धान गरेको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बिहीबार खतिवडासँग २ लाख धरौटी माग्ने आदेश गरेको हो । धरौटी रकम जम्मा गरेपछि उनी रिहा भएका हुन् ।

आदेशमा उल्लेख छ – ‘हालैको अवस्थामा खतिवडा निर्दोष रहेछन् भन्न सकिने अवस्था विद्यमान नदेखिई निजको हकमा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई नगद धरौटी, बैंक ग्यारेन्टी वा सो बराबरको जेथा जमानत माग गरी दिए तारेखमा राख्नू, सो दिन नसके कानुन बमोजिमको सिधा खान पाउने गरी थुनुवा पुर्जी दिई कारागार कार्यालय कास्कीमा पठाइदिनू भनी बमोजिम यो आदेश गरिदिएको छ ।’ अदालतले फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम उक्त आदेश गरेको हो । खतिवडालाई असोज १४ गते हाजीर हुने तारेख छ ।

के भन्छ कास्की प्रहरी ?

पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीस्थित सार्वजनिक स्थानमा युवराज खतिवडाले भदौ २४ गते कामदारहरू परिचालन गरी फेवाताल संरक्षण क्षेत्रभित्र जेसीभी प्रयोग गरी अतिक्रमण गरेको अवस्थामा फेला पारेको कास्की प्रहरीको जिकिर छ ।

फेवातालमा ढुंगा सिमेन्टको पर्खाल बनाई जेसिभी प्रयोग गरी अतिक्रमण गरेको थाहा भएपछि सोधपुछ गर्दा आवेगमा आएका खतिवडाले प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको जनाएको छ ।

अदालतमा पेश भएको प्रतिवेदनमासमेत उल्लेख छ – ‘किन तपाईंले फेवातालमा माटोले पुर्ने काम गर्नु भएको’ भनी सोधपुछ गर्दा एक्कासि आवेगमा आई मलाई सोधपुछ गर्ने तिमीहरू को हौ ? मैले जे गरे पनि तिमीहरूलाई के मतलब भन्दै कराएपश्चात् परिचय दिँदा पनि उनले वादविवाद गर्नुका साथै विभिन्न अपशब्दहरूमा गालीगलौज गरी अशान्ति मच्चाइ प्रहरीसँग अभद्र गरेको ।’

अदालतमा बुधबार थुनछेक बहस भएको थियो । सरकारवादी उक्त मुद्दामा सहायक जिल्ला न्यायाधिवक्ता मदन शर्माले बहसपैरवी गरेका थिए । सहायक न्यायाधिवक्ता शर्माको मागदाबी थियो – ‘गुण्डागर्दी शैलीमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई सार्वजनिक स्थानमा जे पायो त्यही अमर्यादित शब्द प्रयोग गरी, राष्ट्रसेवकको काममा बाधा व्यवधान गरी धाक, धम्की दिई, अभद्र व्यवहार गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पु¥याउने कार्य गरेकोले मुद्दा पुर्पक्षका लागि थुनामा राखी कारबाही होस् ।’

कास्की प्रहरी निमित्त प्रमुख डिएसपी सुवास हमालले मुद्धा अदालतमा रहेको र तत्काललाई २ लाख धरौटीमा रिहा भएको गण्डकन्यूजलाई बताए । अभद्र व्यवहार भनेर पक्रने, मुद्धा अदालतमा पु¥याई हैरानी दिने मनसाय प्रहरीको हो ? भन्ने प्रश्नमा हमालले पटके भएका कारण अभद्र व्यवहारको मुद्धा कानुनानुसार नै अदालत पुगेको बताए । खतिवडा विरुद्ध केही सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय, कास्कीबाट २०७१ असार ३२ र जुवा, कौडा मुद्दामा पुनरावेदन अदालत पोखराबाट २०७३ भदौ १४ गते फैसला भइ कानुनासार सजाय दिइएको छ ।

खतिवडा पक्षको दलिलः मान्छे घटनास्थलमै छैनन्, कसरी अभद्र व्यवहार हुन्छ ?

प्रतिवादी खतिवडाका तर्फबाट अधिवक्ताहरु राधा शर्मा, गेज शर्मा पोख्रेल र लुमचन्द्र रेग्मीले बहस गरेका थिए । उनीहरुले घटनास्थलमा खतिवडा नै नभएको र त्यस्तो कुनै अभद्र व्यवहार उनीबाट कसरी हुन सक्छ ? भन्ने दलिल पेस गरे ।

खतिवडाले बयानमा आफू निर्माण व्यवसायी भएकाले आफ्ना निर्माण साधन भाडामा दिने गरेको र त्यसदिन पनि दीपेश श्रेष्ठ र मनोज श्रेष्ठको मागको आधारमा जेसीभी, लोडर पठाएको बताए । उनले निर्दोष व्यक्तिलाई फसाउने नियतका साथ प्रहरीले घरबाटै गिरफ्तार गरी मुद्दा चलाएको दाबी पनि गरेका थिए । खतिवडाले त्यो फेवाताल छेउमा पर्खाल लगाउनेहरु, भाडामा लिनेहरुलाई किन सोधपुछ समेत नगर्ने तर उनीहरुलाई जेसीभी, ट्रिपर दिने मलाई मात्र फसाउन लागेको? भनी प्रहरीलाई औंलो ठड्याएका छन् । यसमा आफ्नो कमजोरी भएको खण्डमा सजाय भोग्न तयार रहेको तर सम्बन्धितलाई केही नगर्ने, आफूलाई मात्र दुःख दिएकोमा उनले गुनासो गरे ।

खतिवडाले भनेका छन्ः ‘पेसाले निर्माण व्यवसायी हुँ, जेसिबी मेसिन, टिपरसमेत भाडामा दिने गर्दछु । त्यस दिन साथीहरू दीपेश श्रेष्ठ र मनोज श्रेष्ठले प्रहरी प्रतिवेदनमा उल्लेखित फेवाताल छेउको विवादित जग्गामा माटोले पुरी सम्याउन डोजर मागेको हुँदा मैले मेरो कन्सट्रक्सनको जेसिबी (ब्याकलोडर) चालक भीष्म आचार्यसहित पठाएको थिएँ ।’

‘म निर्माण ब्यबसायी भएका कारण मैले विभिन्न निर्माण सम्बन्धी सामाग्रीहरु आफ्नै प्रयोजनका लागि संचालन गर्ने र भाडामा दिने गरेको छु । साथै मेरो कन्स्ट्रक्सन कम्पनिले विभिन्न स्थानमा निर्माण कार्यका क्रममा निकासी भएको माटो तथा ग्रावेल खरीद गरी विक्री बितरण गर्दै आएको छ। यसै सन्दर्भमा यही भाद्र २४ गते मलाई पोखराको खापौदीमा जमिन सम्याउनको लागि भनी डोजर (ब्याक लोडर) भाडामा दिनु भनी फोन आयो । मैले डोजर (ब्याक लोडर ) पठाउन भन्दा आगाडि उक्त जमिनको अनुगमन गरे । त्यो जमिन फेवातालको छेउ भएका कारण यो जग्गामा कतै विवाद त छैन ? भनेर उक्त जग्गा भाडामा लिने (दोश्रो पक्ष) दिपेश श्रेष्ठ र मनोज श्रेष्ठलाइ प्रश्न गरे । उनीहरुले वाल लगाइसकेका छौ, सबै वैधानिक नै छ । तपाईंले डोजर (ब्याक लोडर) पठाउनुस्, हामी भाडा दिन्छौँ भनेपछि मैले डोजर पठाए । सोहि ०७८ भदौ २४ गते गतेका दिन साँझ करिब साढे ६ बजेको समयमा सुरक्षाकर्मीहरु आएर भिडियो बनाई मेरो डोजर नियन्त्रणमा लिनुभयो, काम रोकियो, त्यतिबेला उनीहरुले सोधपुछ गरेको चालकहरुसँग हो । म त्यहाँ नै थिइनँ ।’ – खतिवडाले भनेका छन् – ‘साँझ कामबाट फर्केपछि म घरमा थिएँ । मेरो बुवा बिरामी हुनुहुन्थ्यो । उहाँलाई औषधी दिएपछि खाना खाएर बसिरहेको अवस्थामा मेरो घरमा नेपाल प्रहरीका सादा पोशाकका दुई जना मोटरसाइकलमा आए । उनीहरुले ‘सरले सरसल्लाहको लागि बोलाउनुभएको छ । एकचोटी जिल्ला जानुप¥यो सर’ भनेपछि म तत्कालै उनीहरुको साथमा जिल्ला प्रहरी कार्यालय कास्की पुगेँ । मलाई बल्ल थाहा भयो, कि मलाई झुठो मुद्दा बनाएर प्रहरीले नियन्त्रणमा लिएको रहेछ । मलाई राजनीतिक र व्यक्तिगत रिसिईवीका आधारमा प्रहरीसँगको मिलेमतोमा केही व्यक्तिहरुले फँसाएका हुन् । यो केसमा म एकदमै निर्दोष छु ।’

छुटेपछि पनि खतिवडाले आफू घटनास्थलमा रहेको कुरा र प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप ठाडै अस्विकार गरेका छन् । आफूलाई अहिले जुन मुद्धामा पक्रिएको हो, त्यो मुद्धा सेदीको सुपरमार्केटको नभएको पनि उनले प्रष्ट पारेका छन् । डिएसपी हमालले पनि अहिले सेदीको उनको विजनेश म्याटर नभएको, फेवातालमा पुर्ने मात्र विषय भएको गण्डकन्यूजलाई प्रष्ट पारेका छन् ।

खतिवडाले प्रहरीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको भनेर अर्को महाझुठो मुद्दा बनाई नियोजित रुपमा फँसाउने प्रपञ्च रचिएको पनि बताएका छन् । खतिवडा भन्छन्ः मलाई सादा पोशाकधारी प्रहरीले घरबाट सरसल्लाहको लागि सौहार्दपूर्ण वातावरणमा कार्यालयतर्फ लगेको मेरो घरको सिसिटीभी फुटेजमा सुरक्षित छ । मेरा निर्माण सामाग्रीको भाडा लिने बाहेक त्यो साइटमा मेरो अर्को कुनै स्वार्थ छैन । कम्पनीको संचालक म भएका कारण यो केसमा म समातिए । यद्यपि त्यो दिन श्रेष्ठद्वयले जेसिबी र टिपर पनि मेरो कम्पनीको कर्मचारीहरुसँग डिल गरेर त्यहाँ लगेका हुन् । प्रहरीले मलाई कुनै पनि हालतमा फँसाउने गरि आफ्नो कदम चालिरहेको छ ।

कास्की प्रहरी निमित्त प्रमुख डिएसपी हमालले भने घटनास्थलमै रहेका पर्वत घर भएका जेसीबी चालक भीष्म आचार्यकै जानकारीका आधारमा यो काम गर्ने गराउने खतिवडा भएकाले उनलाई जिप्रका ल्याइएको बताए । यसबारे मुद्धा कन्टिन्यू भएकाले आफूले थप नबोल्ने प्रतिक्रिया दिए ।

खतिवडाले भने ५ वर्षभन्दा अगाडिको मुद्दालाई ब्यूँताएर ‘पटके’ बनाई प्रहरीले नियतवश दुःख दिन खोजेको बताउँछन् । उनको आरोप छ – प्रहरीले मुद्दाको मिसिलमा मलाई पक्राउ गरेको मिति नै फरक पारेका छन् । मलाई प्रहरीले भदौ २४ गते साँझ मेरो घरबाट पक्राउ गरेको हो । यद्यपि प्रहरीले मलाई पक्राउ गरेको मिति नै एक महिना अगाडि सारेको छ । साउन २४ गते पक्राउ गरेको झुठो दस्तावेज प्रहरीले अदालतमा पेश गरेको छ । यसैबाट थाहा हुन्छ कि, प्रहरी जुनसुकै हालतमा मलाई फसाउन उद्दत छ ।

डिएसपी हमाल चाहिँ यसलाई ठाडै नकार्छन् । उनले यसबारे छोटो प्रतिक्रिया दिए – भन्न त जे भनिदिन पनि भयो ।

छुटेपछि शुक्रबार उनले लामो फेसबुक स्टाटस लेखेका छन् ।

विवादित छवि

यसअघि पनि खतिवडा विभिन्न विवादमा मुछिदैँ आएका छन् । दुई दशकअघि धादिङबाट रित्तो हात पोखरा आएको बताउने खतिवडाले आफू पोखराको चोक र सडकहरुमा घडीको माला लगाई बेचिहिँड्ने अहिले पनि बताउँछन् । आफू कुनै पनि काम सानो नसोच्ने भएकाले अझै पनि काम गर्न लाज नलाग्ने खतिवडाको भनाई छ । पोखराको पृथ्वीचोक सस्तोबजार, सिर्जनाचोक सुपरमार्केट, सिद्धार्थचोक मार्केट लगायत आधा दर्जन बजारका सञ्चालक उनी पछिल्लो समय निर्माण व्यवसायी बनिसकेका छन् ।

खतिवडामाथि मापदण्ड विपरित घर संरचना बनाएको आरोप छ । उनले आफू बस्दै आएको पर्स्याङमा नियम विपरीत निर्माण गरेको घर संरचना भने वडाले भत्काएको थियो । सस्तो बजारकै विषयमा उनी विप्लव माओवादीबाट मरणासन्न हुने गरी कुटिए । भाँचिएको खुट्टामा अझै रड बोकी हिँडिरहेका छन् ।

विगत बिर्साउन सामाजिक सेवातर्फ

सानो सानो मुद्धालाई ठूलो बनाएर आफ्नो सामाजिक/राजनीतिक जीवन धराशायी बनाउन खोजेको उनको गुनासो छ । ‘२० वर्ष अघि केही थिएन यसको, अहिले कसरी यस्तो सम्पन्न भयो ? भन्ने सोचेरै म विरुद्ध सबै खनिएका हुन् ।’ – खतिवडा दुःख पोख्छन् ।

धादिङ पोखरा सम्पर्क समाजको अध्यक्षको जिम्मेवारी सम्हालेपछि उनी विवादमा पर्नै नचाहेको बताउँछन् । लकडाउनका बेला सयौं परिवारलाई आफ्नो मालेपाटनस्थित कोठाहरुमा राख्नेदेखि, मार्केटहरुमा सयौं व्यापारीहरुलाई भाडा छुट गरी एक करोड बढी योगदान गरेको उनको दाबी छ ।

पोखरामा दुःखमा परेका, रोग लागेका धादिङबासीहरुको सहयोगका लागि तत्काल पुगिहाल्छन । मन फुकाएर आर्थिक सहयोग गर्छन् । धादिङको आफ्नो क्षेत्रमा पनि आवश्यक सामाग्री लगेर बाँड्छन् । खतिवडाको एउटै दुःख छ, ‘अब पहिले झैं विवादित हुन्न भनेर सचेत हुँदा हुँदै पनि झनै विवादमा किन ल्याइरहन्छन् ? मेरो मुद्धाको रेकर्ड हेर्नुस्, मैले सामाजिक क्षेत्रमा गरेको सहयोगको चाहिँ खबर आउँदैन ? प्रहरीले किन यसरी दुःख दिएको ?’

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति
Breaking 2

मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति

by गण्डकी न्यूज
२०८० अशोज ११ मा प्रकाशित
मणिपालमा डाक्टर कुटपिट प्रकरणः इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशीको सरुवा
Breaking 1

मणिपालमा डाक्टर कुटपिट प्रकरणः इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशीको सरुवा

by रञ्जन अधिकारी
२०८० अशोज १० मा प्रकाशित
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च
Main News 1

फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च

by गण्डकी न्यूज
२०८० अशोज ९ मा प्रकाशित
ड्रिंक एण्ड ड्राइभः फेवातालमा खस्यो कार
Breaking 1

ड्रिंक एण्ड ड्राइभः फेवातालमा खस्यो कार

by गण्डकी न्यूज
२०८० अशोज ७ मा प्रकाशित
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ? 
Main News 1

गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ? 

by गण्डकी न्यूज
२०८० अशोज ५ मा प्रकाशित
संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]
Breaking 2

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

by गण्डकी न्यूज
२०८० अशोज ३ मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति

मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति

२०८० अशोज ११ मा प्रकाशित
इन्द्रजात्रा अवलोकन गर्न हिँडेरै पुगे भीभीआईपीहरू [तस्वीरहरू]

इन्द्रजात्रा अवलोकन गर्न हिँडेरै पुगे भीभीआईपीहरू [तस्वीरहरू]

२०८० अशोज ११ मा प्रकाशित
मणिपालमा डाक्टर कुटपिट प्रकरणः इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशीको सरुवा

मणिपालमा डाक्टर कुटपिट प्रकरणः इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशीको सरुवा

२०८० अशोज १० मा प्रकाशित
कुशल र दीपेन्द्रको विश्व कीर्तिमान: सर्वाधिक छिटो शतक र अर्धशतक

कुशल र दीपेन्द्रको विश्व कीर्तिमान: सर्वाधिक छिटो शतक र अर्धशतक

२०८० अशोज १० मा प्रकाशित
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च

फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च

२०८० अशोज ९ मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com                        gandakinewsofficial@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.