Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा कुटाकुटः रामकृष्णलाई मिलनले, मिलनलाई मनाङेले कुटे (भिडियोसहित)

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
पोखरामा कुटाकुटः रामकृष्णलाई मिलनले, मिलनलाई मनाङेले कुटे (भिडियोसहित)
ShareTweetSend

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङे फेरि चर्चामा आए । ‘वैचारिक पावर’ को विषय होइन, उसैगरी ‘बडी पावर’ प्रकरणमा । मंगलबारदेखि उनको छवि फेरि डनकै रुपमा चित्रित भयो । मनाङेले मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन अघि एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड नै हाने । तर, उनले भ्रष्टाचार विरुद्ध आफ्नो कदम भनेका छन् ।

उसो त मिलनले आइतबार मात्रै व्यवसायी रामकृष्ण पौडेललाई धकेलेर दुव्र्यवहार मात्र गरेनन्, ढुंगा नै ताकेका थिए । अरु व्यक्तिहरुले छुट्टाएपछि रामकृष्णले मिलनको कुटाई भेटेनन् । पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर मिलन विरुद्ध ठाडो उजुरी दिए । तर, मिलन प्रहरी फन्दामा परेनन् । उनी मुख्यमन्त्रीको नाममा सञ्चालित मुख्यमन्त्री कपको कोषाध्यक्ष हुन् । उनी विरुद्ध प्रहरी मौन रह्यो । दुई दिन नबित्दै मिलनले उल्टै मनाङेको झापड भेटे ।

मिलनलाई प्लस प्वाईन्ट यो भयो कि, उनले गरेको दुव्र्यवहारबारे समाचार ताण्डव न्यूजमा मात्र आयो । तर, मनाङेले मिलनलाई झापड हानेको समाचार हरेक मिडियाबाट भाइरल भयो । मनाङेले बुधबार दिउँसो ४ बजे पत्रकार सम्मेलन नै गर्नुप¥यो । रामकृष्ण मिलनबाट पाउनुपर्ने १० लाख रकम पाउनका लागि चुप छन् ।  उनी नबोल्दा पनि मिलनलाई राहत पुगेको छ । आश्चर्यको क्षण यस्तो आयो कि, आफू विरुद्ध उजुरी परेका मिलन आफै अहिले मनाङे विरुद्ध कास्की प्रहरीमा उजुरी दिन पुगेका छन् । कास्की प्रहरीले अब के गर्छ हेर्न बाँकी छ । मनाङेले मिलन कुटे, मिलनले रामकृष्ण । अब मनाङे र मिलनलाई कारबाही गर्ने आँट कास्की प्रहरी एसपी दानबहादुर कार्कीसँग छ ?

https://www.facebook.com/gandaknews/videos/477605619809431/

मनाङे र मिलनबीच भएको के ?

पोखराको भण्डारढिक खेलमैदानमा गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन हुँदै थियो । प्रतियोगितामा कोषाध्यक्षको जिम्मेवारी मिलन गुरुङलाई दिइएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही समयपछि उद्घाटन गर्दै थिए । विशेष अतिथिका रुपमा प्रदेशसभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) आइसकेका थिए । मुख्यमन्त्री पुगिसकेका थिएनन् ।

उद्घाटनको समय केही ढिला भएको थियो । आसनग्रहणका लागि मनाङेलाई बोलाइयो। मञ्चतर्फ जानेबेलामा मनाङे र एन्फा अध्यक्ष मिलन गुरुङबीच जम्काभेट भयो । सांसद मनाङे फायर थिए । मनाङबाट सहभागी डाँफे युवा क्लबको व्यवस्थापनका विषयमा मनाङेलाई आयोजकप्रति चित्त बुझिरहेको थिएन । एन्फाका केन्द्रिय अध्यक्ष नै कुट्छु भनेर मुर्मुरिरहेको बेलामा जिल्ला अध्यक्ष मिलनलाई देख्नासाथ उनले मनाङबाट आएको आफ्नो खेलाडीलाई किन अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको ? भनेर प्रश्न गरे । जवाफमा एन्फा अध्यक्ष मिलनले अभ्यासका लागि प्रदेश प्रहरीको खेल मैदान भनिसकेको भने । खै त खेलाडीले अभ्यास गर्न पाएको ? नटेर्ने ? ढाँट्ने ? भन्दै दुई जनाबीच केहिबेर भनाभन भयो । करिब ५ मिनेट वादविवादपछि मनाङेले मिलनको छातीमा हात पु¥याए र धकेले । मनाङेले हात हालेपछि मिलन आफ्नो ज्यान बंग्याए । मिलनले छल्दा छल्दै मनाङेले मिलनको गोडामा हाने । भनेजस्तो नलागेपछि मनाङेले गालामै हाने । उनको प्रहार घाँटीतिर लाग्यो । सांसद गुरुङलाई प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा गुनासो थियो ।

मिलन र रामकृष्णबीच भएको के ?

मुख्यमन्त्री कपको कामकै अर्को लफडामा पनि मिलन मुछिए । यसमा भने मिलन दोषी छन् । गत आइतबार मिलन गुरुङले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेललाई हातपात गरेका थिए । बक्यौता रकमको विषयलाई लिएर अध्यक्ष गुरुङले पौडेललाई हातपात गरे । तर, मिलनले भने आफूलाई बढी रकम लिएर ठगेकाले सम्झाएको बताउँछन् ।

घटनापछि पौडेलले जिल्ला प्रहरी कार्यालयमा यसबारे ठाडो उजुरी दिएपनि कुनै सुनुवाई भएन । झनै आफूले पाउनुपर्ने पैसा नपाउलास् है भनेर धम्की आएपछि उनी चुप रहेको श्रोत बताउँछ । मिडियासँग पनि बोल्न मान्दैनन् ।

गुरुङले मुख्यमन्त्री कपको ब्यानर बनाउन खोज्दा २० रुपैंयामा बन्ने कुरालाई ५० रुपैंया भनेकाले ठग विरुद्ध उत्रिएको बताउँछन् । यद्यपी, मुख्यमन्त्री कपको काम कञ्चन कम्प्युटरबाट भइरहेको छ । पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेल भने फ्रेम सहितको ब्यानरलाई कुनै हालतमा पनि २० रुपैंया स्क्वायर फिटमा कसैले पनि दिन नसक्ने बताउँछन् ।

वास्तवमा गुरुङ अध्यक्ष रहेको एन्फा कास्कीले आयोजना गर्ने मनकामना पोखरा कपका बेला काम गरेको पोखरा क्रियटीभले १० लाख रुपैंया अझै नपाएको उसको दाबी छ । पहिलेकै त्यत्रो पैसा बाँकी हुँदा अब मिलन गुरुङबाट थप काम नगर्ने सोच रामकृष्णको थियो । आइतबार त्यहाँ पुग्नु अघि मिलन परिचय एडभरटाइजिङ पुगेका थिए । परिचयका संचालक सोवित बस्यालले १ लाख रुपैंया लिन बाँकी रहेको र त्यो नदिई आफूले नगर्ने भनेपछि गुरुङ रामकृष्णकहाँ पुगेका थिए । त्यहाँ झनै १० लाख लिन बाँकी भएकाले रामकृष्णले पनि नगरेपछि मिलन रिसले मुर्मुरिएको श्रोतले जनाएको छ । सिसिटिभी फुटेजमा पनि मिलनको ठूलो गल्ती देखिन्छ । बाहिरदेखि धकेलेर भित्र समेत पु¥याएका मात्र छैनन्, उनलाई अरुले छुट्टाएपछि बाहिर निस्केर ढुंगा समेत खोजेर ताकेका छन् । रामकृष्णलाई हातपात गरेको २ दिनमै मनाङेबाट अर्कै विषयमा मिलनले झापड भेटेका हुन् ।

मिलन भन्छन्ः  सांसद भएकाले संयमता अपनाएँ, रिस मलाई पनि उठ्छ, हात मेरो पनि चल्छ

मंगलबार गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दिपक मनाङे) बाट झापड भेटेका कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले कानुनी उपचार खोजेका छन् । सुरुमा उजुरी नगर्ने भनेका मिलन युवाहरुको टोली लिएर मंगलबार अबेर साँझ कास्की प्रहरी कार्यालयमै पुगे । तर, ढिला भइसकेको भन्दै कास्की प्रहरीले उजुरी लिएन । मिलनले बुधबार उजुरी दिएका छन् ।

मिलनले मनाङ्गे विरुद्ध प्रहरी समक्ष जिउधनको सुरक्षाको माग  गर्दै दिएको उजुरीमा सार्वजनिक स्थलमा अभद्रपूर्ण व्यवहार गरेको कार्य मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरितको कसुर हुदाँ निजलाई चाडो पक्राउ गरी प्रचलित कानून अनुसार हदैसम्मको सजाय गरी पाउँ भन्ने उल्लेख छ ।

थप, उनकै शब्दमा:

दिउँसो १ बजे फुटबलको ओपनिङ थियो । कार्यक्रम केही ढिलो भएको थियो । उहाँ (राजीव) केही तनावमा हुनुहुन्थ्यो । मनाङबाट आएको टोलीलाई होटल, ग्राउण्ड नमिलाईदिने भन्दै कराउनुभयो । फुटबलमा डे आफ्टर÷बिफोर हुन्छ । मैले त्यो बारे बुझाउन खोजे । हामीले अभ्यास मैदानका लागि प्रहरीलाई भनिसकेका छौं तर एकहप्ता अघिदेखि आएको टिमलाई हामीले बस्ने र खाने ब्यबस्था गर्न सक्दैनौं, त्यसकै रिस उसले म माथि पोखेको हो। जबरजस्ती गर भनेरमात्र हुँदैन। कुनै टीमलाई पनि एक हप्तादेखि पाल्न सक्दैनौँ । घरको पैसा हाल्ने हो र ? होटेल खोजिदिएन रे, ग्राउन्ड दिएन रे, यहाँउहाँ दिन्छ मलाई । मैले खल्तीको पैसा हाल्ने होइन । मैले नियमानुसार नै गरेको हुँ ।

मैले पनि हान्न सक्थेँ, तर सांसद भनेर हानिनँ, खेल बिथोलिन्छ कि भनेरपनि सहेर बसेँ। मैले संयमता अपनाए । प्रदेश सदस्यको हैसियतलाई मर्यादा गरे । माननीय भनेर मान राखिदिएको हो, रिस हामीलाई पनि उठ्छ । हात हामीले पनि छाड्न सक्थ्यौँ, सांसद भनेर हो, हामीले अतिथी भनेर बोलाएका हौँ मैले पनि ओभरटेक गर्न सक्थेँ, हाम्रो पनि छ नि त । मान राखिदिएका हौँ । उसको जस्तो रिस त हामीलाई नि आउँछ नि । सभासद भन्दैमा जे नि बोल्न पाउँछ र ?

मिलनले मंगलबार भएको घटनाको बिषयलाई लिएर बुधबार बिहान होटल बगैँचामा पत्रकार सम्मेलनको आयोजना समेत गरे । साथमा थिए एन्फा गण्डकी प्रदेशका प्रमुख कृष्ण थापा र एन्फा कास्की सचिव रमेश केसी ।  गुरुङले हालै १३औं दक्षिण एसियाली खेदकुद (साग) का क्रममा पनि पनि प्रदेश सांसद मोहन रेग्मीलाई दुव्र्यवहार गरेका थिए ।

मनाङे भन्छन्ः  झापड त कम हो, पहिल्यै हान्नुपर्ने थियो । कर्मा छिरिङलाई पनि कुट्छु

पोखरामा मंगलबारदेखि सुरु ‘प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ मा विशेष अतिथिको रुपमा गण्डकी प्रदेशका सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे डाकिएका थिए। आफ्नो जिल्ला मनाङबाट आएको डाँफे युवा क्लबका खेलाडी बिचल्ली परेपछि मनाङे पहिल्यै मुर्मुरिएका थिए । आयोजक व्यवस्थापनमा चुकेपछि प्रतियोगिताका कोषाध्यक्ष समेत रहेका एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई उनले तीन पटक हाने ।

मनाङेको भनाई जस्ताको तस्तैः

”बल्ल गेम सुरु भयो । पहिले ४ गते भनेर ७ गते सा¥यो । इन्फर्मेसन दिन पर्दैन यसले ? हाम्रो एन्फा मनाङका अध्यक्षको फोन समेत उठाएनन् । टाइसिट बल्ल हिजो आयो, मिलन भन्ने मान्छे कामै नलाग्ने रहेछ, मैले धकेलेको मात्रै होइन झापड हानेको हुँ, त्यो त ठग पो रहेछ, त्यसलाई सबक सिकाउन झापड हानेको हुँ।

पाँच दिन भयो ग्राउन्ड दिएको छैन । सानो ग्राउन्ड त दिनुपर्यो नी ? हाम्रो टोली कास्की,लमजुङको जस्तो हुँदैन, कोही लेकबाट आउनुपर्दछ, कोही काठमाडौँबाट। मैले हात होइन एक झापड हानेको हो। हात भनेको ठेल्नेलाई भन्छन् यसलाई ठीक पार्ने कुनै निकाय छैन नेपालमा । तीन झापड हानेको हुँ । अब बुद्धि आउला । त्यसलाई मैले राम्रोसँग सम्झाएको थिएँ, अझै ढाँट्दो रहेछ । ग्राउन्ड उनीहरुले मिलाइसक्यो रे, कहाँको भन्दा पुलिस ग्राउन्ड रे, मुखले भनेर हुन्छ हाम्लाई, पत्र आउन परेन ? त्यो चोरजस्तो काम गर्न भएन नि, पैसा ठग्ने बस्ने, यस्तो चोर रैछ यिनीहरु त । कहिले प्रदेश प्रहरीको खेल मैदान त कहिले कोमागाने पार्कको झार भएको ठाउँमा अभ्यास गर भन्छ, तर प्रहरीले अझै मैदान दिएको छैन, खेलाडीलाई बस्ने र खाने ब्यबस्थापनि गरेन।

मनाङमा हिमपात भएकोले हाम्रो टिम अलि छिटो आइपुग्यो, साना साना भाइहरु ४ गते भनेर पहिल्यै पोखरा आए । गेम सुरु बल्ल हुँदैछ । म यहाँ नभएको भए प्लेयर्सहरुलाई कसले खुवाउँथ्यो ? कहाँ खाने कसले सुताउने ? आज म पोखरामा थिएँ र पो । म काठमाडौंको सांसद भएको भए यी बच्चाहरु कहाँ बस्थे ? कहाँ सुत्थे ? बिचरा हिउँ परेको बाटोमा ८ दिनदेखि हिँड्दै बच्चाहरु गेम खेल्न आएका छन् । मेरो गाउँको मान्छे । कहाँ बस्ने ? कहाँ सुत्ने थाहा छैन । टाइसिट निकाल्दासम्म जिल्लाको अध्यक्षलाई थाहा छैन ।

भ्रष्टाचार बढेको छ । सिस्टम ब्रेक गर्ने हो । पत्रकारले लेखेर गर्ला । म झापड हानेर गर्छु ।  यो एकदम फटाहा रै छ । यसको स्वास्नी र बच्चा पाल्न एन्फा बनाएको होइन नेपालमा । यो फटाहाले अत्याचार गरिरहेको छ नेपालमा । फुटबलको नाममा पैसा आउने । यसको स्वास्नी र छोराछोरीलाई खुवाउने होइन । फुटबलको नाममा आएको पैसा यसले भ्रष्टाचार गरेको प्रमाण छ । प्रमाण भएरै तपाईंलाई भनेको हो । नेपालमा झापड त कमै हो, आज मैले झापड मात्र हाने तर यिनीहरुलाई गोली हान्नुपर्ने हुन्छ । तर, के गर्ने हाम्रो गोली हान्ने निकाय छैन । सांसदको काम हो यो । आफ्नो प्रदेशमा राम्रो नराम्रो के गर्नुपर्छ मलाई थाहा छ ।

‘खासमा कर्मालाई खोजेको हो मैले। त्यसलाई झापड हान्न, हुन त कर्मा मेरो साथी हो, तर एक झापड नहानी छाड्दिनँ। । खासमा कर्मा छिरिङलाई नै झापड हान्ने प्रोग्राम थियो । अर्को ठाउँमा त यसले मेरो पिटाई खाइहाल्छ । यति धेरै चोरी चकारी गर्नेलाई मैले भेट्न नपरोस् । पूर्वअध्यक्ष गणेश थापालाई फेरेर ल्याएको यो राम्रो मान्छे भनेर हो । तर, यो त थापा भन्दापनि खतम देखियो ।

नेपालीको नाममा फिफाबाट पैसा खाने । यसको स्वास्नी र बच्चा हुर्काउने ? आठ दशवटा पत्रकारलाई पैसा खुवाएर राम्रो लेखाउने लगाउने । अतिथिमा पनि पोखराको काम न काजको मान्छेलाई २० देखि २५ हजार खाएर ल्याउने । मलाई विशिष्ट अतिथि रे । मेरो केही काम छैन विशेष अतिथिमा बस्ने ? विशेष अतिथि पनि ५० हजार लिने र त्यसलाई बनाउने । पैसा खाएर अतिथि बन्ने मान्छे म होइन । पैसा खाएर बिक्ने होइन । म माननीय हो । मैले एक्सन नलिए कस्ले लिने ? झापड हान्ने अधिकार मसँग छ ।

यो जस्तो चोर फटाहालाई यत्तिकै छाड्नुहुन्न । म जिन्दगीमा भ्रष्टाचार गर्दिन । ‘भगवान कसम, आमाबाबु कसम खाएर भन्छु म भ्रष्टाचार गर्न सांसद बनेको होइन । आफ्नो पैसा खर्च भएको छ । तर, भ्रष्टाचार गरेको छैन । एक दुई जनालाई पैसा खुवाएर यो हिरो बनेको छ । मुख्यमन्त्रीको बेइज्जत हुुनुभएन । भ्रष्टाचारीलाई प्रत्येक जिल्लामा झापड हान्नु पर्ने । यहि ताल हो भने सबैले झापड खान्छन् । त्यसको स्टाइल अलि बढी रहेछ, त्यसलाई झापट चाहिँ पहिल्यै, जिल्लामा यस्तोलाई त झापट हान्नुपर्ने रहेछ के । मलाई कुटेकोमा कुनै दुखेसो छैन । 

मुख्यमन्त्री कप भनेको छ, हामी त मुख्यमन्त्री कप भनेर आइदिएको हो, आफ्नै पार्टीको भनेपछि इज्जतको कुरा पनि हुन्छ । यिनीहरुले मुख्यमन्त्रीलाई नि डुबाउँछ । मुख्यमन्त्री कप त्यस्तो भण्डारा भन्ने ठाउँमा राख्ने हो त ? जबकि मुख्यमन्त्री भनेको स्टेटको चिफ हुन्छ, अनि केवलकार कप चाहिँ रंगशालामा राख्ने, मुख्यमन्त्री कप त्यहाँ लगेको छ । यस्तो बदमाशी गरेको छ यसले । पृथ्वीसुब्बा गुरुङको लागि लडेको होइन म । यो पृथ्वीसुब्बा गुरुङको नाममा होइन, मुख्यमन्त्री कप हो, भोलि खगराज, कृष्ण जो पनि मुख्यमन्त्री हुन सक्छ, मुख्यमन्त्रीको इज्जत कहाँ रह्यो?भोलि कुल्लिको छोरा पनि मुख्यमन्त्री हुनसक्छ । मैले मुख्यमन्त्री पदको लागि लडेको हो । मुख्यमन्त्री कप भनेपछि रंगशालमा हुनुपर्छ । सैनिक गाउँमा होइन । उजुरी मेरोमा आउने हो, त्यसले खाने, त्यसले लुट्ने, उजुरी पनि त्यसैले हाल्ने ? यस्तो नि कहाँ घटना हुन्छ ? सम्झाएको मात्र हो। मिलनले धेरैलाई ठगेको छ । ५० भन्दा बढी ठगी गरेको छ । चेक बाउन्स त कति भएको छ कति । त्यो ठग हो । ’ 

मनाङेले जिरो किलोमिटर स्थित न्यू एरामा दिउँसो ४ बजे प्रेसमिट पनि गरे । उनले यही कुराहरु नै दोहोराए । एन्फा मनाङका अध्यक्ष र नेकपा मनाङका सचिव पनि उनीसँगै उपस्थित थिए ।

प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे । लिगमा ९ टिमको सहभागिता छ। प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउँनेछन्। यस प्रतियोगिता सांसद मनाङेको झापडले चर्चित बन्न पुग्यो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अवैध सात तोला सुनसहित वालिङ्का अर्याल पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा एकै दिन आठ फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2025 June 7 मा प्रकाशित
स्याङ्जामा ट्रक पछाडि स्कुटर ठक्कर खाँदा एक युवतीको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा ट्रक पछाडि स्कुटर ठक्कर खाँदा एक युवतीको मृत्यु

by राम बहादुर रोकाहा
2025 June 6 मा प्रकाशित
गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

by राम बहादुर रोकाहा
2025 June 7 मा प्रकाशित
अवैध रुपमा जडिबुटी संकलन गर्ने तीनजना नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध रुपमा जडिबुटी संकलन गर्ने तीनजना नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 June 4 मा प्रकाशित
प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने
Main News 1

प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने

by राम बहादुर रोकाहा
2025 June 7 मा प्रकाशित
सेवा प्रवाह सहज बनाउन स्याङ्जा प्रशासनमा विद्युतीय टोकन सिस्टम सुरु
Breaking 1

सेवा प्रवाह सहज बनाउन स्याङ्जा प्रशासनमा विद्युतीय टोकन सिस्टम सुरु

by राम बहादुर रोकाहा
2025 June 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध सात तोला सुनसहित वालिङ्का अर्याल पक्राउ

स्याङ्जामा एकै दिन आठ फरार प्रतिवादी पक्राउ

2025 June 7 मा प्रकाशित
स्याङ्जामा ट्रक पछाडि स्कुटर ठक्कर खाँदा एक युवतीको मृत्यु

स्याङ्जामा ट्रक पछाडि स्कुटर ठक्कर खाँदा एक युवतीको मृत्यु

2025 June 6 मा प्रकाशित
गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

गल्याङ नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

2025 June 7 मा प्रकाशित
अवैध रुपमा जडिबुटी संकलन गर्ने तीनजना नियन्त्रणमा

अवैध रुपमा जडिबुटी संकलन गर्ने तीनजना नियन्त्रणमा

2025 June 4 मा प्रकाशित
प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने

प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने

2025 June 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews