हरिबोधनी एकादशीको अवसरमा स्याङ्जाको चापाकोट नगरपालिकाले आज एक दिन सार्वजनिक बिदा दिएको छ ।
नगर प्रमुखस्तरीय निर्णयअनुसार नगरपालिकासहित मातहतका सरकारी कार्यालय, सामुदायिक विद्यालय र सार्वजनिक संघसंस्था बन्द रहने भएका छन् ।
नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण (ईश्वर)का अनुसार आज स्थानीय बिदा दिने निर्णय गरिएको हो ।
स्याङ्जाका ११ स्थानीय तहमध्ये हरिबोधनी एकादशीका अवसरमा सार्वजनिक बिदा दिने चापाकोट नगरपालिका एक मात्र पालिका रहेको छ ।















