Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 November 7 मा प्रकाशित
सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

सेतीदोभान प्राथमिक स्वास्थ्य केन्द्र

ShareTweetSend

स्थानीयलाई सहज रूपमा आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्याङ्जाका तीन स्थानीय तहमा निर्माण थालिएका आयुर्वेद औषधालयका भवन ६ वर्षसम्म पनि पूरा भएका छैनन् ।

आँधीखोला गाउँपालिका–५ सेतिदोभान, अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर र वालिङ नगरपालिका–१ धनुबाँसेमा निर्माणाधीन भवन अलपत्रजस्तै बनेका छन् ।

६ वर्षअघि सम्झौता भएर निर्माण सुरु भएपनि कुनै भवन पूर्ण हुन सकेका छैनन् । सम्झौताअनुसार दुई वर्षमा सम्पन्न हुनुपर्ने सेतिदोभान र आरुचौरका भवनको काम आधा हाराहारी मात्रै भएको छ । डेढ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लगाइएको धनुबाँसेको भवनमा पनि अपेक्षित प्रगति हुन सकेको छैन ।

निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको पूर्वाधार निर्माण प्रभावित भएको स्थानीयको आरोप छ ।

सेतिदोभान र आरुचौरका आयुर्वेद औषधालय निर्माणका लागि भ्याली/बाबुरत्न जेभी ललितपुरले २०७७ फागुन ११ गते सम्झौता गरेको थियो । त्यस्तै, खहरेधनुबाँसे आयुर्वेद औषधालय निर्माणका लागि सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनले २०७७ फागुन १९ गते संघीय सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन एकाइ पोखरासँग सम्झौता गरेको इन्जिनियर योगेन्द्र बास्ताकोटीले जानकारी दिए ।

बास्ताकोटीका अनुसार सेतीदोभानको प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माणका लागि सात करोड ८२ लाख ७१ हजार ५६६ रुपैयाँ १३ पैसा र आरुचौरको आयुर्वेद औषधालय भवनका लागि दुई करोड २९ लाख ७८ हजार ८७६ रुपैयाँ ४३ पैसामा सम्झौता भएको थियो ।

सम्झौता भएको करिब छ वर्ष पुग्न लाग्दा सेतिदोभानमा ६५ प्रतिशत र आरुचौरमा ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । दुवै आयोजनाको वित्तीय प्रगति भने ४४ प्रतिशत रहेको छ । भवनको ढलान र प्लास्टरको काम सकिए पनि अन्य काम अझै बाँकी छन् ।

यस्तै, वालिङ–१ धनुबाँसेस्थित आयुर्वेद औषधालयको भवन निर्माणका लागि एक करोड ७९ लाख १२ हजार ४७० रुपैयाँ तीन पैसामा सम्झौता भएको थियो । तर म्याद गुज्रिसक्दा पनि आधा काम मात्रै भएको इन्जिनियर लक्ष्मण लम्सालले बताए ।

निर्माण कार्य अघि बढाउन कार्यालयले पटकपटक पत्राचार गरे पनि निर्माण कम्पनीले अपेक्षित प्रगति नगरेको लम्सालको भनाइ छ । तोकिएको समयमा काम सम्पन्न नभएपछि कार्यालयले ठेक्का तोड्ने सूचनासमेत जारी गरेको उनले जानकारी दिए । धनुबाँसेमा पछिल्लो डेढ वर्षदेखि निर्माण कम्पनीले कामै नगरेको बताइएको छ ।

भवन निर्माणमा भएको ढिलाइको असर स्थानीयले पाउने स्वास्थ्य सेवामा परेको छ । धनुबाँसे आयुर्वेद औषधालयका प्रमुख हरिप्रसाद अर्यालका अनुसार कार्यालयले भाडाको घरबाट सामान्य स्वास्थ्य परीक्षण, औषधोपचार र परामर्श सेवा मात्रै दिँदै आएको छ ।

भवन र आवश्यक पूर्वाधार नहुँदा मेडिकल योग, शिरोधारा तथा आयुर्वेदिक औषधि निर्माणलगायतका सेवा सञ्चालन गर्न नसकिएको अर्यालले बताए । भवन अभावले औषधालयको सेवा विस्तार र प्रभावकारितामा समेत बाधा पुगेको उनको भनाइ छ ।

सेतिदोभान र आरुचौरमा पछिल्लो समय केही निर्माण गतिविधि भए पनि धनुबाँसेमा लामो समयदेखि काम रोकिएको छ । तीनवटै भवन समयमै नबन्दा स्थानीयले पाउनुपर्ने आयुर्वेदिक स्वास्थ्य सेवा प्रभावित भएको छ । भवन निर्माण पूरा नहुँदासम्म औषधालयहरूले भाडाका घरबाट सीमित सेवा दिनुपर्ने बाध्यता कायमै रहने देखिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा प्रशासनमा अब सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि
गण्डकी क्षेत्र

स्याङ्जा प्रशासनमा अब सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि

by राम बहादुर रोकाहा
2026 November 6 मा प्रकाशित
कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
गण्डकी क्षेत्र

कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

by राम बहादुर रोकाहा
2026 November 6 मा प्रकाशित
होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि
खेलकुद

होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि

by राम बहादुर रोकाहा
2026 November 5 मा प्रकाशित
स्याङ्जाको बिरुवामा झाडीभित्र भेटियो भरुवा बन्दुक
गण्डकी क्षेत्र

स्याङ्जाको बिरुवामा झाडीभित्र भेटियो भरुवा बन्दुक

by राम बहादुर रोकाहा
2026 November 5 मा प्रकाशित
स्याङ्जामा २ हजार ५७२ मतदाताको नाम सूचीबाट हटाइयो
Breaking 1

स्याङ्जामा २ हजार ५७२ मतदाताको नाम सूचीबाट हटाइयो

by राम बहादुर रोकाहा
2026 November 4 मा प्रकाशित
कालीगण्डकी गोल्डकपमा पोखरा र गोरखा सेमिफाइनलमा
खेलकुद

कालीगण्डकी गोल्डकपको फाइनलमा होराइजन र ज्योतिपुञ्ज भिड्ने

by राम बहादुर रोकाहा
2026 November 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

2026 November 7 मा प्रकाशित
स्याङ्जा प्रशासनमा अब सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि

स्याङ्जा प्रशासनमा अब सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि

2026 November 6 मा प्रकाशित
कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

2026 November 6 मा प्रकाशित
होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि

होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि

2026 November 5 मा प्रकाशित
स्याङ्जाको बिरुवामा झाडीभित्र भेटियो भरुवा बन्दुक

स्याङ्जाको बिरुवामा झाडीभित्र भेटियो भरुवा बन्दुक

2026 November 5 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews