स्याङ्जाको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ ।
कालीगण्डकी गाउँपालिका–१ पुलक्यामस्थित नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा शनिबार बिहान शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बिहान करिब ११ बजे अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको हो ।
मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।
प्रहरीले घटनास्थलमा लास जाँच मुचुल्कालगायतका आवश्यक प्रक्रिया पूरा गरी शव वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अवस्थीले जानकारी दिए ।















