Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
ShareTweetSend

कालीगण्डकी नदीमा आएको बाढीले पुलमा क्षति पुर्‍याएपछि सडक सम्पर्क टुटेका स्याङ्जा र गुल्मीबीच हलुका सवारीसाधन सञ्चालन गर्न वैकल्पिक मार्ग खोलिने भएको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधस्थल र गुल्मीतर्फको सुरुङ प्रयोग गरेर तत्कालका लागि यातायात सञ्चालन गर्न लागिएको हो ।

असोज ११ गते आएको भीषण बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने पक्की पुल तथा झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि दुई जिल्लाबीचको नियमित आवतजावत प्रभावित भएको थियो ।

पुलमा क्षति पुगेपछि विद्यार्थीलाई विद्यालय जान, बिरामीलाई अस्पताल लैजान तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ओसारपसार गर्न समस्या भएको छ । चाडपर्व नजिकिँदै गर्दा आवतजावत सहज बनाउन वैकल्पिक मार्ग प्रयोगमा ल्याउन लागिएको हो ।

शनिबार स्याङ्जा र गुल्मीका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका कर्मचारी तथा स्थानीयबीच भएको सर्वपक्षीय छलफलले बाँधस्थल हुँदै हलुका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको केन्द्रका सहायक प्रशासकीय अधिकृत ठाकुर पाण्डेयले बताए ।

निर्णयअनुसार स्याङ्जाको कालीगण्डकी–७ तातोपानीदेखि गुल्मीको कालीगण्डकी–१ सुरुङ मार्ग हुँदै हलुका चारपाङ्ग्रे सवारी सञ्चालन गरिनेछ । सडक सुरक्षाको न्यूनतम मापदण्ड पालना गरी सोमबार बिहान ६ बजेदेखि बेलुकी ५ बजेसम्म सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेश पौड्यालका अनुसार सुरुङ सफाइ गरी बत्ती जडानको कामसमेत लगभग पूरा भइसकेको छ । सुरुआती चरणमा मोटरसाइकल र तीनपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्ने गरी काम अघि बढाइएको भए पनि अहिले हलुका चारपाङ्ग्रे सवारीसमेत सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो ।

‘दुई जिल्लाबीच समन्वय कायम होस् भनेर सुरुङ सफा गरेर बत्ती जडान गर्‍यौँ । तत्कालका लागि मोटरसाइकल, तीनपाङ्ग्रे र हलुका सवारीसाधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो,’ पौड्यालले भने ।

वैकल्पिक मार्गमा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी परिचालन गरिनेछ । इलाका प्रशासन कार्यालय वालिङका प्रमुख कृतन पौडेलले ठाउँठाउँमा प्रहरी चौकी रहेकाले आवश्यकताअनुसार जनशक्ति परिचालन गरेर यातायात व्यवस्थापन गर्न सकिने बताए ।

‘यो धेरै गाह्रो काम होइन । ठाउँठाउँमा प्रहरी चौकी छन् । समय मिलाएर त्यहीँबाट जनशक्ति परिचालन गरी यातायात व्यवस्थापन गर्न सकिन्छ,’ पौडेलले भने ।

गुल्मीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले वैकल्पिक मार्ग सञ्चालनको मुख्य उद्देश्य नागरिकलाई तत्काल यातायात सुविधा दिनु रहेको बताइन् ।

‘बाटो सञ्चालन भएपछि जनतालाई यातायातका लागि केही सुविधा हुन्छ । हाम्रो त्योभन्दा ठूलो लक्ष्य केही छैन,’ उनले भनिन् ।

सवारी सञ्चालनका क्रममा स्याङ्जा र गुल्मी दुवैतर्फका स्थानीय तहले आवश्यक व्यवस्थापन गर्नेछन् भने सुरक्षा व्यवस्था मिलाउन दुवै जिल्लाका जिल्ला सुरक्षा समितिलाई आग्रह गरिएको छ ।

तर वैकल्पिक मार्ग तत्कालको समस्या समाधानका लागि मात्र भएकाले क्षतिग्रस्त पुलको स्थायी पुनर्निर्माण गर्नुपर्ने स्थानीयको माग छ । चाडपर्व नजिकिँदै गएको र सेतीवेणी–मिर्मी–हर्मिचौर क्षेत्र दुई जिल्लाबीचको महत्वपूर्ण आवतजावत मार्ग भएकाले नियमित यातायात छिटो सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ छ ।

बाढीले कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनाइएको करिब १६० मिटर लामो बाँधस्थल नजिकको ट्रस पुलमा समेत क्षति पुर्‍याएको छ । त्यस स्थानमा स्थायी पक्की पुल निर्माणका लागि सम्बन्धित निकायसँग माग गर्ने निर्णय भएको पाण्डेयले बताए ।

त्यस्तै, मिर्मी बाँधस्थलको क्यान्टिन हाउसदेखि आँधीमुहान तातोपानीसम्मको स्थायी आवागमन समस्याको समाधानका लागि कफर ड्याम निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय भएको छ ।

बाँधस्थलबाट मिर्मीतर्फ जाने अर्को वैकल्पिक सडक निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएर सम्बन्धित माथिल्लो तथा प्राविधिक निकायमा प्रस्ताव पेस गर्ने निर्णयसमेत भएको छ ।

स्थायी पुल तथा वैकल्पिक सडक निर्माण नहुँदासम्म बाँधस्थल र सुरुङ हुँदै सञ्चालन हुने मार्गले विद्यालय, अस्पताल तथा दैनिक उपभोग्य सामग्रीका लागि हुने आवतजावतमा केही सहजता ल्याउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड
गण्डकी क्षेत्र

प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
Breaking 1

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन
Breaking 2

त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति
Main News 1

सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति

by गण्डकी न्यूज
2026 October 4 मा प्रकाशित
शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप
गण्डकी क्षेत्र

शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप

by राम बहादुर रोकाहा
2026 October 3 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

2026 October 4 मा प्रकाशित
प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड

प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड

2026 October 4 मा प्रकाशित
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

2026 October 4 मा प्रकाशित
त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन

त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन

2026 October 4 मा प्रकाशित
जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियारो’ सार्वजनिक

जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियारो’ सार्वजनिक

2026 October 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews