नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ को रोकिएको क्षेत्रीय अधिवेशनको मतदान शुक्रबार पुनः हुने भएको छ ।
जिल्ला निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता फणिन्द्रराज कोइरालाका अनुसार वालिङ खेलमैदानमा शुक्रबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।
स्याङ्जा–२ मा यसअघि १५ प्रतिशत मतदाताले पनि मतदान नगर्दै मतदानका क्रममा निर्वाचन व्यवस्थापन फितलो भएको भन्दै विवाद उत्पन्न भएपछि असोज १३ गते क्षेत्रीय अधिवेशनको मतदान स्थगित गरिएको थियो ।
स्थगित मतदानलाई निरन्तरता दिँदै बाँकी निर्वाचन प्रक्रिया पूरा गर्न पुनः मतदान गराउन लागिएको निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए ।















