स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
अर्जुनचौपारी गाउँपालिका–४ सुनारटोलकी ३५ वर्षीया सविता सुनार सोमबार बिहान घाँस काट्न मेलपानी भिरमा पुगेकी थिइन् । घाँस काट्ने क्रममा अचानक चिप्लिएर उनी करिब ४ सय मिटर तल खसेर घाइते भएकी थिइन् ।
प्रहरीले घाइते सुनारलाई उपचारका लागि पुतलीबजारस्थित प्रदेश अस्पताल लगेको थियो ।
अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















