स्याङ्जाको वालिङमा अवैध भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा वालिङ नगरपालिका–३ सुरडाँडाका ७१ वर्षीय सम्मर बहादुर खड्का क्षेत्री रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष सर्च अप्रेसन टोलीले उनको घरमा लुकाइछिपाइ राखिएको अवस्थामा एकनाले भरुवा बन्दुक बरामद गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
त्यसैगरी बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र २० ग्राम बारुद समेत फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि पक्राउ परेका खड्का विरुद्ध हातहतियार सम्बन्धी कसूर मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिइएको छ ।
हाल घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।














