Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 March 9 मा प्रकाशित
स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित
ShareTweetSend

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. धनञ्जय रेग्मी विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार डा. रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गरेका हुन् । ढकालले १८ हजार ८५७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, शनिबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका उम्मेदवार मिनप्रसाद गुरुङले १६ हजार ८०४ मत पाउँदै तेस्रो स्थानमा सीमित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले भने १ हजार ५५२ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक स्वतन्त्र उम्मेदवारसहित कुल १२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

पुतलीबजार नगरपालिका–५ निवासी डा. रेग्मी पेशाले भूवैज्ञानिक तथा हिमनदी विज्ञ हुन् । उनले जापानको होकाइदो विश्वविद्यालयबाट सन् २००६ मा ‘माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ विषयमा विद्यावारिधि गरेका छन् । उनी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् । हाल तालबाट जलविद्युत उत्पादन गरी पानीको स्तर व्यवस्थापन गर्ने नयाँ प्रविधिमा उनी सक्रिय रहेका छन् ।

दुई निर्वाचन क्षेत्र रहेकोमा स्याङ्जा–१ अन्तर्गत हरिनास, बिरुवा, अर्जुनचौपारी, आँधीखोला, फेदिखोला गाउँपालिका, पुतलीबजार नगरपालिका तथा भीरकोट नगरपालिका–१, २, ३ र ४ साथै वालिङ नगरपालिका–३ र ४ का मतदाताले मतदान गरेका थिए ।

यस क्षेत्रमा १ लाख ३० हजार ८८६ मतदाता रहेकोमा ७० हजार ९४४ मत खसेको थियो । त्यसमध्ये २ हजार ९०८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ एक स्वतन्त्र र ११ दलका उम्मेदवारसहित कुल १२ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

मतगणनाको अन्तिम नतिजासँगै स्याङ्जा–१ मा रास्वपाले प्रतिनिधिसभा सदस्यमा जित सुनिश्चित गरेको हो । डा. रेग्मीले पहिलो पटक निर्वाचन लड्दै संसदीय यात्रा तय गरेका हुन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना
गण्डकी क्षेत्र

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

by राम बहादुर रोकाहा
2026 August 29 मा प्रकाशित
बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने
गण्डकी क्षेत्र

बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 August 29 मा प्रकाशित
गण्डकी क्षेत्र

निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा

by राम बहादुर रोकाहा
2026 August 28 मा प्रकाशित
निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा
गण्डकी क्षेत्र

निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

by राम बहादुर रोकाहा
2026 August 28 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग

by राम बहादुर रोकाहा
2026 August 27 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 August 26 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

2026 August 29 मा प्रकाशित
बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

2026 August 29 मा प्रकाशित

निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा

2026 August 28 मा प्रकाशित
निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

2026 August 28 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग

2026 August 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews