Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कालीगण्डकीको दमदार जितसँगै प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्डको सुरुवात

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 16 मा प्रकाशित
कालीगण्डकीको दमदार जितसँगै प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्डको सुरुवात
ShareTweetSend

प्रथम खुमा अर्याल कप अन्तरपालिका स्तरीय टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाले प्रभावशाली जित निकाल्दै प्रतियोगिताको सुरुवात गरेको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउण्डेसनको आयोजनामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा कालीगण्डकीले फेदीखोला गाउँपालिकालाई ४९ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कालीगण्डकीले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै १७५ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो । ३.१ ओभरमा १२ रनमै पहिलो विकेट गुमाएको कालीगण्डकीका लागि त्यसपछि हिलसन पाण्डे र दर्श सुनारले दोस्रो विकेटका लागि १४६ रनको शानदार साझेदारी गरेका थिए । ७३ रनमा दर्सा आउट भएपछि कालीगण्डकीले केही छिटो विकेट गुमाएको थियो ।

अण्डर–१९ का राष्ट्रिय खेलाडी दर्श सुनारले ४७ बलमा आकर्षक ७३ रन बनाएका थिए । उनको इनिङ्समा पाँच चौका र पाँच छक्का समावेश थिए । हिलसन पाण्डेले ६५ रन जोडे भने भुवन भण्डारीले दुई बलमा अविजित सात रन बनाएका थिए । उक्त खेलमा फेदीखोलाका प्रशान्त सुवेदी र सुजन गौतमले दुई–दुई विकेट लिएका थिए ।

१७६ रनको लक्ष्य पछ्याएको फेदीखोला गाउँपालिकाले निर्धारित ओभरमा छ विकेटको क्षतिमा १२६ रनमै सीमित रह्यो । २० रनमा पहिलो विकेट गुमाएको फेदीखोलाले ४९ रन पुग्दा चौथो विकेट गुमाएको थियो । पाँचौँ विकेटका लागि सार्दुल भट्ट र प्रविन पौडेलले ५७ रनको साझेदारी गरे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । समूह ‘बी’ अन्तर्गतको यस पहिलो खेलको ‘प्लेयर अफ द म्याच’ बनेका कालीगण्डकी गाउँपालिकाका दर्श सुनारले पाँच हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् ।

शनिबार पहिलो खेलमा समूह ‘सी’ का आँधीखोला गाउँपालिका र भीरकोट नगरपालिका तथा दोस्रो खेलमा कालीगण्डकी र वालिङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

मालेबगर खेलमैदानमै भइरहेको प्रतियोगिताको पहिलो चरण माघ ४ गतेसम्म र दोस्रो चरण माघ ९ देखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लाका ११ वटै पालिकाको सहभागिता रहेको छ । चार समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह ‘ए’, ‘बी’ र ‘सी’ मा तीन–तीन पालिका तथा समूह ‘डी’ मा दुई पालिका छन् । प्रत्येक समूहका विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा ‘ए’ र ‘सी’ तथा ‘बी’ र ‘डी’ समूहका विजेताबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘ए’ मा बिरुवा गाउँपालिका, चापाकोट र पुतलीबजार नगरपालिका, ‘बी’ मा कालीगण्डकी, फेदीखोला गाउँपालिका र वालिङ नगरपालिका, ‘सी’ मा आँधीखोला गाउँपालिका, गल्याङ र भीरकोट नगरपालिका तथा समूह ‘डी’ मा हरिनास र अर्जुनचौपारी गाउँपालिका रहेका छन् ।

स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारी क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापना गरिएको फाउण्डेसनले स्याङ्जालाई क्रिकेटसहितका खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । तृतीय हुने टोलीलाई एक लाख र सान्त्वना टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ । लगातार तीन वर्ष विजेता हुने पालिकाले बहुमूल्य रत्न, सुन तथा चाँदी जडित रनिङ शिल्ड हात पार्नेछ ।

साथै प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले पाँच हजार र प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले पछिल्लो समय क्रिकेट खेलप्रति बालबालिकादेखि युवासम्मको आकर्षण बढ्दै गएको बताए । उनले यस्ता प्रतियोगिताले स्थानीय स्तरमै प्रतिभा पहिचान गर्न मद्दत पुग्ने उल्लेख गरेका छन् । साथै मालेबगर खेलमैदानलाई व्यवस्थित खेलमैदानका रूपमा विकास गर्न नगरपालिकाले चार करोड रुपैयाँ विनियोजन गरिएको जानकारी पनि गराएका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित
कला/साहित्य

स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

by राम बहादुर रोकाहा
2026 May 4 मा प्रकाशित
कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे
Breaking 1

कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
खेलकुद

बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन
Breaking 2

साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल
Main News 1

वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
स्याङ्जाका दुई पालिकाको फरक अभ्यास: आइतबार पनि विद्यालय खुल्ने
Main News 1

स्याङ्जाका दुई पालिकाको फरक अभ्यास: आइतबार पनि विद्यालय खुल्ने

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

2026 May 4 मा प्रकाशित
कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे

कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे

2026 May 2 मा प्रकाशित
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि

बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि

2026 May 2 मा प्रकाशित
साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन

साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन

2026 May 2 मा प्रकाशित
वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल

वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल

2026 May 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews