Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै

विजेतालाई दुई लाख रुपैयाँ नगदसहित बहुमूल्य रत्न, सुन तथा चाँदी जडित रनिङ शिल्ड

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 17 मा प्रकाशित
स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै
ShareTweetSend

खेलकुदमार्फत जिल्लाको पहिचान स्थापित गर्ने उद्देश्यसहित स्याङ्जामा प्रथम खुमा अर्याल कप २०८२ अन्तरपालिका स्तरीय टी–२० क्रिकेट लिग (रनिङ शिल्ड) आयोजना हुने भएको छ । खुमा अर्याल फाउण्डेसनको आयोजनामा पुतलीबजार नगरपालिकाको सह–आयोजना तथा जिल्ला क्रिकेट संघ स्याङ्जाको प्राविधिक सहयोगमा प्रतियोगिता माघ २ देखि १० गतेसम्म सदरमुकाम पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा सञ्चालन गरिनेछ ।

शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगारलाई संस्थागत सरोकारका रूपमा अघि बढाउँदै आएको फाउण्डेसनले यसअघि पनि जिल्लाका विद्यालय तथा समुदायमा न्यानो कपडा, शैक्षिक सामग्री, स्वास्थ्य शिविर, रक्तदान, खेलकुद सामग्री वितरणदेखि विपद् व्यवस्थापनसम्मका काम गर्दै आएको छ । खेलकुद क्षेत्रमा भने गत वर्ष अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्ने स्याङ्जाली महिला क्रिकेट खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेर चर्चा बटुलेको थियो ।

यसपालि जिल्लाभर छरिएर रहेका खेलाडीलाई एउटै मञ्चमा ल्याउने लक्ष्यका साथ अन्तरपालिका टी–२० डिउज बल प्रतियोगिता आयोजना गरिएको फाउण्डेसनले जनाएको छ । पालिकास्तरीय प्रतियोगितामार्फत स्याङ्जाको खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने उद्देश्य लिइएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए । उनका अनुसार जिल्लाबाट सक्षम खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगिताका लागि टिम निर्माण गर्नुका साथै स्याङ्जा सदरमुकामलाई क्रिकेटसहित विभिन्न खेलको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ ।

प्रतियोगितामा प्रत्येक पालिकाबाट १६ सदस्यीय टिम सहभागी हुनेछन् । टिममा कम्तीमा एक जना अन्डर–१६ र दुई जना अन्डर–१९ तहका खेलाडी अनिवार्य राख्नुपर्नेछ भने बढीमा दुई जना बाहिरी (राष्ट्रिय वा अन्तर्राष्ट्रिय) स्तरका खेलाडी सहभागी गराउन सकिने व्यवस्था गरिएको जनाइएको छ ।

प्रतियोगिताले स्याङ्जामा डिउज बल क्रिकेटलाई पुनः जीवन दिने खुमा अर्याल फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माको विश्वास रहेको छ । “महिला र पुरुष क्रिकेटप्रति रुचि बढे पनि डिउज बल क्रिकेट ओझेलमा परेको थियो,” उनले भने, “निरन्तर प्रतियोगितामार्फत लुकेका प्रतिभा उजागर गर्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म स्याङ्जाली खेलाडीको मनोबल बढाउनु हाम्रो लक्ष्य हो ।”

उनका अनुसार प्रतियोगिता आईसीसीको नियमअनुसार खेलाइनेछ र लिग प्रणालीका आधारमा खेल सञ्चालन हुनेछ । नौ दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका ११ पालिकामध्ये नौ पालिकाको सहभागिता सुनिश्चित भइसकेको छ । करिब २५० खेलाडीको उपस्थितिमा प्रतियोगिता प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आयोजकको विश्वास छ ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित बहुमूल्य रत्न, सुन तथा चाँदी जडित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँ, तृतीय स्थान हासिल गर्ने टिमले एक लाख र सान्त्वना स्थानले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । लगातार तीन वर्ष विजेता हुने पालिकाले मात्र रनिङ शिल्ड हात पार्नेछ ।

यस्तै, प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई पाँच हजार रुपैयाँ र प्रतियोगिताभरका विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ । प्रत्येक खेलको अन्तिममा दर्शक तथा आफ्नो टिमको समर्थकको लागि ‘फ्यान अफ द म्याच’ जस्ता विधामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि कुल ६४ लाख ९ हजार ७ सय रुपैयाँ खर्च अनुमान गरिएको छ ।

फाउन्डेसनका अध्यक्ष शर्माले खेलकुदलाई स्वस्थ समाज निर्माणको आधार मानेर फाउण्डेसनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । “खेल केवल मनोरञ्जन होइन, अनुशासन, स्वास्थ्य र भविष्यसँग जोडिएको क्षेत्र हो,” उनले भने, “युवालाई खेलमैत्री वातावरण दिन सके स्याङ्जा खेलकुदको हब बन्न सक्छ ।”

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान
गण्डकी क्षेत्र

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

by राम बहादुर रोकाहा
2026 June 24 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
गण्डकी क्षेत्र

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 June 24 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
Breaking 1

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

by राम बहादुर रोकाहा
2026 June 23 मा प्रकाशित
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
Breaking 2

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

by राम बहादुर रोकाहा
2026 June 23 मा प्रकाशित
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
गण्डकी क्षेत्र

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

by राम बहादुर रोकाहा
2026 June 19 मा प्रकाशित
स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते

by राम बहादुर रोकाहा
2026 June 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

2026 June 24 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

2026 June 24 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

2026 June 23 मा प्रकाशित
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

2026 June 23 मा प्रकाशित
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

2026 June 19 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews