Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

छैटौं क्रसकन्ट्री दौडमा पनि नेपाली सेनाका धावक रावलको दबदबा, दोस्रो पटक पाए उपाधि

२५ किलोमिटर दौडमा पुनः उपाधि, आफ्नै रेकर्ड २२ सेकेन्डले तोडे

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 December 23 मा प्रकाशित
ShareTweetSend

पाँचौ संस्करणका च्याम्पियन नेपाली सेनाका धावक करण रावलले छैटौँ संस्करणको क्रसकन्ट्री दौडमा पनि आफ्नो वर्चस्व कायम राखेका छन् । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने नारासहित सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको प्रतियोगितामा रावलले २५ किलोमिटर दूरी एक घण्टा २७ मिनेट ३० सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । यससँगै उनले आफ्नै अघिल्लो रेकर्ड २२ सेकेन्डले तोडेका छन् ।

मङ्गलबार सम्पन्न दौडमा नेपाली सेनाकै अर्जुन बुढाले एक घण्टा २९ मिनेट १८ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरेका छन् भने संखुवासभाका तेन्जिङ शेर्पाले एक घण्टा ३१ मिनेट १७ सेकेन्डमा दूरी पार गरी तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रोले क्रमशः ५०, ४० र ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

२१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर दौडमा सल्यानका बबिन योगीले ४० मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै उपाधि जितेका छन् । योगीले २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । कपिलवस्तुका अजय पाण्डे क्षेत्री ४१ मिनेट ४४ सेकेन्डका साथ दोस्रो र बागलुङका बादल कार्की ४३ मिनेट ४२ सेकेन्डमा तेस्रो भएका छन् । उनीहरूलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी, खुला महिलातर्फ १० किलोमिटर क्रसकन्ट्री दौडमा नेपाली सेनाकी सिर्जना पाण्डेले ५० मिनेट २६ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरेकी छन् । उनले २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् । उपविजेता दैलेखकी द्रोपता कुमारी कठायतले ५६ मिनेट १५ सेकेन्डमा दौड पूरा गर्दै १५ हजार रुपैयाँ र ५९ मिनेट ३७ सेकेन्डका साथ तेस्रो बनेकी भोजपुरकी अनिता राईले १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाएको मञ्चका महासचिव जीवनप्रसाद पोख्रेलले जानकारी दिए ।

विद्यार्थी पाँच किलोमिटर दौडमा छात्रतर्फ रोशन साङ्ताङ प्रथम, सुजन कार्की द्वितीय र विशाल राना तृतीय भएका छन् भने छात्रातर्फ एन्जिला जिटी प्रथम, सपना परियार द्वितीय र रोशनी नेपाली तृतीय बनेका छन् । रिले दौडमा छात्र-छात्रा दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः आठ हजार, पाँच हजार र तीन हजार रुपैयाँ प्राप्त गरेका छन् ।

साथै, रन फर फनतर्फ ३० वर्ष माथिका महिलाको लुङ्गी दौडमा सरिता बुढा मगर प्रथम, नेत्र कुमारी पौडेल दोस्रो र बालकुमारी भट्टराई तेस्रो बनेकी छन् । उनीहरूले क्रमशः पाँच, तीन र दुई हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै मन्त्री थापाले यस्ता प्रतियोगिताले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै युवाको सक्रिय सहभागिता र स्थानीय खेलकुद संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले युवा, खेलकुद र स्थानीय प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकार आवश्यक सहकार्य र सहयोगमा निरन्तर प्रतिबद्ध रहेको बताए ।

ग्रामीण क्षेत्रमा पनि राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना सम्भव छ भन्ने सन्देश दिनुका साथै खेलकुद पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

क्रसकन्ट्री दौडमा सहभागी भएर दोस्रोपटक २५ किलोमिटर दौडमा उपाधि जित्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिँदै रावलले आगामी संस्करणमा पनि सहभागिता जनाउने इच्छा व्यक्त गरेका छन् ।

२५ किलोमिटर दौड प्रतियोगिता पुतलीबजार नगरपालिका –९ स्थित कोल्मा बराहचौरबाट सुरु भई काहुले, डाँडास्वारा, नाम्चे, काल्खु, खल्लुवोट, बिसाउना, खुदी, मङ्किना हुँदै पुनः कोल्मा बराहचौरमै पुगेर समापन भएको थियो ।

१० किमि दौड पनि बराहचौरबाट सुरु भई सतीडाँडा, काहुले, ज्यामीरे, चिरुवा, भैंसेगौंडा, राङ्भाङ मैदान हुँदै बराहचौर र ५ किमि दौड बराहचौरबाट पोखरीछाप, थुम्कीडाँडा, बाँस्पानी, रामचौतारा हुँदै पुनः बराह चौरमै टुंगिएको थियो ।

प्रतियोगितामा २५ किलोमिटरमा २० जना, १० किलोमिटर पुरुषमा ६५, महिलामा १०, पाँच किलोमिटर छात्रमा ६५, छात्रातर्फ २१ र रन फर फनमा १३ जना खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण
गण्डकी क्षेत्र

स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण

by राम बहादुर रोकाहा
2026 February 11 मा प्रकाशित
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
Breaking 1

महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ
गण्डकी क्षेत्र

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
गण्डकी क्षेत्र

डढेलो लगाएको आशंकामा एक महिला पक्राउ

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
स्याङ्जामा एक लाख २६ हजार ३५१ महिला मतदाता, उम्मेदवार शून्य
Breaking 2

स्याङ्जामा एक लाख २६ हजार ३५१ महिला मतदाता, उम्मेदवार शून्य

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण

स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण

2026 February 11 मा प्रकाशित
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने

महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने

2026 February 10 मा प्रकाशित
सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ

2026 February 10 मा प्रकाशित
अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा

अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा

2026 February 10 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

डढेलो लगाएको आशंकामा एक महिला पक्राउ

2026 February 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews