Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड, चाप थेग्न सेवा समय विस्तार

बुधबारबाट बिहान ८ बजेदेखि सेवा प्रवाह गरिने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 August 13 मा प्रकाशित
स्याङ्जामा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड, चाप थेग्न सेवा समय विस्तार
ShareTweetSend

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि बढेको सेवाग्राहीको भीड व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवा समय विस्तार गरेको छ ।

अब साउन २८ गतेदेखि सार्वजनिक बिदा बाहेक हरेक दिन बिहान ८ बजेदेखि नै सेवा प्रवाह हुने प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार भत्ताग्राहीले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्तभित्र नवीकरण गराइसक्नुपर्ने कानूनी प्रावधान छ । यस वर्षदेखि अनिवार्य राष्ट्रिय परिचयपत्र नम्बरको व्यवस्था लागू भएपछि सेवाग्राहीको संख्या ह्वात्तै बढेको प्रशासनले जनाएको छ ।

बालबालिका, अशक्त, असहाय, हेरचाह गर्न नसक्ने तथा ९० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि तत्कालका लागि राष्ट्रिय परिचयपत्र नम्बर बिना पनि नवीकरण हुने व्यवस्था भए पनि, परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रअनुसार यी समूहका व्यक्तिहरू पनि परिचयपत्र बनाउन आउन थालेपछि चाप थपिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, समय विस्तारले सेवाग्राहीलाई सहज र शीघ्र सेवा लिन मद्दत पुग्ने विश्वास लिइएको छ ।

केही दिन यता राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भीडले स्याङ्जा जिल्ला प्रशासन कार्यालय हाल दिनहुँजसो भरिभराउ बनेको छ । सरकारले विभिन्न सेवासुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सेवाग्राहीको चाप तीव्र बनेको हो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जा, राष्ट्रिय परिचयपत्र शाखाकी कम्प्युटर अपरेटर ममिता भुसालका अनुसार साउन महिनायता दैनिक तीन सयभन्दा बढी सेवाग्राही आउने गरेका छन्, जसमा करिब ६५ प्रतिशत जेष्ठ नागरिक छन् । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि जेष्ठ नागरिकको संख्या उल्लेख्य मात्रामा बढेको उनको भनाइ छ ।

चाप व्यवस्थापन गर्न पछिल्लो तीन–चार दिनयता कार्यालय समयपछिसमेत सेवा प्रवाह भइरहेको भुसालले बताइन् । “बेलुका ६:३० देखि ७ बजेसम्म पनि सेवा दिइरहेका छौँ,” उनको भनाइ छ ।

तर, भीड भए पनि दैनिक बढीमा एक सय जनासम्मको मात्र विवरण दर्ता हुने गरेको कम्प्युटर अपरेटर भुसालले जानकारी दिइन् । उनका अनुसार जेष्ठ नागरिकको शारीरिक अवस्था र कहिले राष्ट्रिय परिचयपत्रको प्रणाली डाउन हुने जस्ता कारणले काम ढिलो हुने गरेको छ ।

सामाजिक सुरक्षा भत्ता, बैंक खाता, राहदानी लगायतका कामका लागि सदरमुकाम आएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रका लागि दुई-तीन दिनसम्म पर्खिनुपरेको गुनासो गरेका छन् ।

राष्ट्रिय परिचयपत्रकै लागि धेरै सेवाग्राहीले दुईदेखि तीन दिनसम्म लाइनमा बसेर राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएको बताएका छन् । राष्ट्रिय परिचयपत्रका लागि गाउँदेखि सदरमुकाम स्याङ्जासम्म आउनुपर्ने र आवतजावतमा खर्चिलो हुने भएकाले सेवा स्थानीय तहमै उपलब्ध गराउनुपर्नेमा सर्वसाधारणले जोड दिएका छन् ।

यस्तै, जिल्ला प्रशासन कार्यालयका साथै इलाका प्रशासन कार्यालय वालिङ्मा समेत राष्ट्रिय परिचयपत्र बनाउनेको भीड दिनहुँजसो बढिरहेको शाखाका कम्प्युटर अपरेटर नरेश पौडेलले जानकारी दिए । उनले सेवाग्राहीको चाप व्यवस्थापन गर्नका लागि कार्यालय समयअगाडि र कार्यालय समयपछि पनि सेवा प्रदान गरिएको बताए ।

पौडेलका अनुसार कार्यालयमा दैनिकजसो सयौं जना विवरण दर्ता गराउन आउने र रातिसम्म भएपनि काम सकाएर पठाइएको छ ।

त्यसैगरी, राष्ट्रिय परिचयपत्रका लागि रजिस्ट्रेसन गरेर नम्बर लिएर जानेको संख्या बढ्दै गएको भए पनि तयार भएको कार्ड लिन आउने सेवाग्राहीको संख्या भने निकै कम रहेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

Tags: सेवा विस्तार

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 1

१८ वर्षपछि नकवजनी चोरी मुद्दाका फरार कसूरदार पक्राउ

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित
बिरुवा–८ का वडाध्यक्ष आलेको निधन
Breaking 2

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित
स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी
Main News 1

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित
प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो
Main News 1

प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित
भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित
Main News 1

भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित

by राम बहादुर रोकाहा
2026 March 10 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Main News 1

मतदानको मौकामा लुकेर आएका फरार कसूरदार स्याङ्जामा पक्राउ

by राम बहादुर रोकाहा
2026 March 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

१८ वर्षपछि नकवजनी चोरी मुद्दाका फरार कसूरदार पक्राउ

2026 March 11 मा प्रकाशित
बिरुवा–८ का वडाध्यक्ष आलेको निधन

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन

2026 March 11 मा प्रकाशित
स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

2026 March 11 मा प्रकाशित
प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

2026 March 11 मा प्रकाशित
भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित

भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित

2026 March 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews