स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने भएको छ ।
यहाँको युथ्स फर अर्जुनचौपारीले खुल्ला क्लब स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष विवेक भुसालले जानकारी दिए । उक्त प्रतियोगिता वैशाख २६ देखि २९ गतेसम्म अर्जुनचौपारी गाउँपालिका – १ अर्जुनचौपारी खेलमैदानमा हुने क्लबका अध्यक्ष भुसालले बताए ।
पालिकामै पहिलोपटक आयोजना हुन लागेको फुटबल प्रतियोगितामा प्रथम हुनेलाई ७१ हजार १११, द्वितीय हुनेलाई ४१ हजार १११ र तृतीय हुने टिमलाई २१ हजार १११ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा म्यान अफ द म्याच, बेस्ट प्लेयर, बेस्ट गोलकिपर र बेस्ट स्ट्राइकरलाई पनि उत्कृष्ट पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।