स्याङ्जाको पुतलीबजार नगरपालिका – ९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’ मा आजदेखि पुरुष भलिबलका दोस्रो चरणका खेल हुने भएको छ ।
जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा (३० गते) देखि सञ्चालित भेलामा भलिबल प्रतियोगितातर्फ दोस्रो चरणका ७ खेल हुने क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।
उनका अनुसार आज काल्खु खेल मैदानमा पहिलो खेल आयोजक ‘बि’ र गहते ‘बि’, दोस्रो खेलमा आयोजक टिम ‘ए’ र लामागाँउ भिड्नेछन् । यस्तै, तेस्रो खेल ओरस्टे र शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ बीच हुनेछ । चौथो खेलमा गहते टिम ‘ए’ र कोल्मा भिड्नेछन् ।
त्यसैगरी, पाँचौ खेलमा छेक्मा र सालडाँडा जामुने भिड्ने क्लबका प्रमुख सल्लाहकार जीवन थापामगरले बताए । उनका अनुसार छैटौं खेलमा कालीकोट र बाङ्गेस्वाराबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी आजको अन्तिम खेल भुस्नापुर र भोर्लेबीच हुनेछ ।
बाँकी खाङ्ग्राङ र गैयाबीचको खेल र बराहडाँडा र बाहुबीचको खेल आइतबार हुने थापामगरले बताए ।
उनका अनुसार भलिबल प्रतियोगिताको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ भने तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।
सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-