स्याङ्जाबाट अवैध सात तोला सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा यहाँको वालिङ् नगरपालिका – ६ का ३६ वर्षीय प्रदिप अर्याल रहेका छन् ।
बुधबार साँझ करिब ७ बजे गल्याङ नगरपालिका – १ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले सवारीसाधन चेकजाँच गर्ने क्रममा बुटवलबाट स्याङ्जातर्फ आउँदै गरेको ग १ ज ८८०९ नम्बरको इभि भ्यानमा कुनै पनि भ्याट बिल नभएको ७ तोला ९६ लाल सुन जस्तो देखिने धातुसहित अर्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
वालिङ नगरपालिका – ६ एक्ले पिपल घर भएका अर्याललाई वडा प्रहरी कार्यालय वालिङ्ले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-