Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड च्याम्पियन बने चीनियाँ धावक याङ र झेङ

समूहगत प्रतिष्पर्धामा नेपालीको वर्चश्व, ५ किमीमा बादल र नारायणी प्रथम

गण्डकी न्यूज गण्डकी न्यूज
2024 November 9 मा प्रकाशित
तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड च्याम्पियन बने चीनियाँ धावक याङ र झेङ
ShareTweetSend

पोखरा । पर्यटन प्रवर्दद्धनमा टेवा पुर्‍याउन पर्यटनको राजधानी सहर पोखरामा आज भएको तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौडको इन्डिभिजुअल तर्फ चिनियाँ धावक विजेता बनेका छन् ।

आज भएको ५० किमी दौडको इन्डिभिजुअल इभेन्टतर्फ चीनका धावक याङ जियाङजियाङले ३ घन्टा ४४ मिनेट १२ सेकेन्डमा दुरी पार गर्दै बिजेता बनेका छन् भने च्यालेन्ज इन्डिभिजुअल महिलातर्फ चिनिया धाविका झेङ वाङ रोङ बिजेता बनिन् । उनले उक्त दौड ४ घन्टा ४१ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् ।

इन्डिभिजुअल इभेन्टमा नेपाली धावक कुलबहादुर बस्नेत दोस्रो बने । उनले आफ्नो दौड ३ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गरेका थिए । तेस्रो भएका नेपालकै होमलााल श्रेष्ठले ३ घन्टा ५३ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरे । पुरुषतर्फ गोपाल तामाङले ३ घन्टा ५५ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरी चौथो भएभने ४ घन्टा ४६ सेकेन्डमा दुरी पार गरेका तिलक सुनार पाँचौ भए ।

 

महिलातर्फ इन्डिभिजुअलतर्फ चीनकै झेङ वेन रोङ च्याम्पियन बने। नेपाली धाविका कल्पना बुढा उपविजेता बनिन् । ४ घन्टा ५० मिनेटमा उनले दुरी पार गरिन् ।

महिलातर्फ ५ घन्टा ८ मिनेट १८ सेकेन्डमा दौड पूरा गरी राम माया बुढा तेस्रो, लाक्पा निङमा शेपाले ५ घन्टा २५ मिनेट २५ सेकेन्डमा दौड पूरा गरी चौथो र मिनु बुढाले ५ घन्टा ३० मिनेट ३९ सेकेन्डमा दौड पार गरी पाँचौ भइन् ।

इन्डिभिजुअल दौडतर्फको पुरुष तथा महिला दुबैले १ लाख ५२ हजार ८ सय, उपबिजेता दुबैले १ लाख १४ हजार ६ सय, तृतीय हुने दुबै तर्फकाले ७६ हजार ४ सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

क्रसकन्ट्री टिम इभेन्टमा भने नेपाली खेलाडीहरु बिजेता बनेका छन् । नेपाली टिम सुशील शाही, सिर्जना पौडल र श्रीकश राई सम्मिलित टिमले ४ घन्टा २० मिनेट १४ सेकेन्डमा दौड पूरा गरेर च्याम्पियन बने ।

नेपाल टिम करन रावत, नरेन्द्र सिंह रावत र निर्मला राई सम्मिलित टिमले ४ घन्टा २२ मिनेट २९ सेकेन्डमा दुरी पुरा गरेर दोस्रो भए । उनीहरु सबै नेपाल आर्मीका धावकहरु हुन् ।

पुष्पा भण्डारी, लक्ष्मण भण्डारी र निरज भट्टको टोली तेस्रो बने । उनीहरुले ४ घन्टा २३ मिनेट ०८ सेकेण्डमा दौड पूरा गरेको टेक्निकल टिमका हरिबहादुर बरुवालले जानकारी दिए । उनीहरु एपिएफ क्लबका धावकहरु हुन् । ४ घन्टा २८ मिनेट २६ सेकेन्ड दुरी पार गर्दै विशाल राई, रमेश लिम्बु र इन्द्रकला राईको टोली चौथो, पूर्ण लक्ष्मी राई, खड्गबहादुर खड्का र राजन रोकायाको टोलीले पाँचौ भएको छ ।

टिम इभेन्टतर्फका बिजेताले चार लाख ५८ हजार ४ सय रुपैयाँ, उपविजेताले तीन लाख ४३ हजार ८ सय रुपैयाँ, तृतीयले २ लाख २९ हजार २ सय रुपैंयाँ, चौंथोले १ लाख ५२ हजार ८ सय रुपंैयाँ र पाँचौंले ९५ हजार ५ सय रुपैंयासहित मेडल र प्रमाण पत्र प्राप्त हात पारेका छन् ।

प्रतियोगितामा टिम इभेन्टतर्फ १९ र चिनतर्फका ४ टिम तथा च्यालेन्ज इन्डिभिजुअतर्फ नेपाली महिला तथा पुरुष ८७ र चिनका २९ जनाको सहभागिता रहेको थियो ।

५ किमी छात्रतर्फ कास्कीका बादल कार्की र छात्रातर्फ नारायणी भण्डारी प्रथम भएका छन् । बिजेता दुबैले नगद ३०/३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । बादल कास्की मोडनाइज्ड र नारायणी छोरेपाटन माविमा अध्ययनरत छन् ।

त्यसैगरी छात्रतर्फ कालिका माविका कृष्ण परियार दोस्रो भए भने डोल्पास्थित त्रिपुरा माविका रमेश बुढा तेस्रो भएका छन् । दोस्रो भएका कृष्णले नगद रु २५ हजार र तेस्रो हुने रमेशले नगद रु २० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

छात्रतर्फनै जुम्लास्थित चन्दननाथ माविका युवकराज बुढा चौथो, त्रिवेणी पब्लिक कास्कीका अमृत बिक पाँचौ र छोरेपाटन माविका तेन्जन रोक्का मगर छैटौं हुँदै जनही नगद रु १०/१० हजार प्राप्त गर्न सफल भएका छन् ।

प्रतियोगितामा छात्रातर्फ कालिका माविकी स्विकृती कार्की दोस्रो, धनकुटास्थित सिंहेश्वरी माविकी जुही राई तेस्रो भइन् । उनीहरुले क्रमश नगद रु २५ र २० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै अमरसिंह माविकी रक्षा फगामी चौथो, गौरीशंकर माविकी कविता मगर पाँचौ र मेघराज माविकी एन्जिला जिटी छैटौं भएर नगद रु १०/१० हजारका प्राप्त गरे ।

छात्र/छात्रा दौडमा विभिन्न विद्यालयका ५ सय बढीको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता खेलाडीहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

६४ चिनिया धावकसहित १२ सय बढी धावक दौडमा सहभागी भएको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए । दौडमा भाग लिन चिनिया धावकहरु बिहीबार नै पोखरामा आएका थिए । चीनको कुनमिङबाट धावकसहित १ सय ३४ सदस्यीय टोली लिएर सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरा आएको हो ।

५० किलोमिटर दुरीको समूहगत दौड पोखराको लेकसाइडस्थित वाराही घाटबाट सुरु भई २ हजार २ सय ५८ मिटर उचाइसम्मको रहनेछ । ५० किमी पर्वतीय दौड बाराहीघाट,राष्ट्रबैंकचोक, विरौंटा छोरेपाटन, रामदी, फुस्रेखोलाहुँदै स्याङ्जाको फेदीखोला, पोखरा २२ पुम्दीभुम्दी, स्तूपाबाट फेवाताल पामेहुँदै पुन बाराहीघाट आएर समापन भएको हो ।

प्रतिस्पर्धामा खेलाडीहरुले ट्रेल रनिङ, साइक्लिङ र रोइङ गरेको आयोजक हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।

च्यालेन्ज इन्डिभिजुअल दौड पनि वाराही घाटबाटै भएको थियो भने यस विधामा खेलाडीले २ हजार ३ सय ६६ मिटरको उचाइसम्मको दुरी पार गरेका थिए । जसमा १ सय जना नेपाली र ५२ जना चिनिया गरी कुल १ सय ५२ जना खेलाडीले प्रतिष्पर्धा गरेको पालिखेले बताए । नेपाल सरकारका पर्यटन मन्त्री बद्री पाण्डे र चिनिया राजदूत च्याङ छेङले दौडलाई शुभारम्भ गरेका थिए ।

दौडको हिमालयन टुरिजम फोरम, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा आयोजनामा गरेका हुन् ।

प्रतिगोगिता अन्तर्गत शुक्रबार पोखराको बसुन्धरा पार्कमा स्प्रिङ सिटीको अनावरण र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा फोटो प्रदर्शनी भएको थियो । दौडपछि भाेलि स्वदेशी तथा विदेशी खेलाडीहरुले पोखरा यस आसपासका पर्यटकीय गन्तव्यहरुको दृश्यावलोकन गर्नेछन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका पत्रकारद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता
गण्डकी क्षेत्र

स्याङ्जाका पत्रकारद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

by राम बहादुर रोकाहा
2026 February 7 मा प्रकाशित
फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित
Breaking 2

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित

by राम बहादुर रोकाहा
2026 February 6 मा प्रकाशित
६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा
Breaking 1

निर्वाचन नजिकिँदै स्याङ्जामा हतियार संकलन, ११८ मा ३६ थान मात्रै प्रहरीको जिम्मा

by राम बहादुर रोकाहा
2026 February 6 मा प्रकाशित
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
Breaking 1

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

by राम बहादुर रोकाहा
2026 February 1 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

by राम बहादुर रोकाहा
2026 February 1 मा प्रकाशित
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
गण्डकी क्षेत्र

स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

by राम बहादुर रोकाहा
2026 February 1 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका पत्रकारद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

स्याङ्जाका पत्रकारद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

2026 February 7 मा प्रकाशित
फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित

2026 February 6 मा प्रकाशित
६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा

निर्वाचन नजिकिँदै स्याङ्जामा हतियार संकलन, ११८ मा ३६ थान मात्रै प्रहरीको जिम्मा

2026 February 6 मा प्रकाशित
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

2026 February 1 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

2026 February 1 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews