Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कांग्रेस-एमाले सत्ता गठबन्धन: ओलीको नेतृत्वमा सरकार, अर्थसहित महत्वपूर्ण मन्त्रालय एमालेलाई

दुई तिहाइ बहुमतका लागि १७ कम, ६ मन्त्रालय दिएर अन्य दल सहभागी गराइने

गण्डकी न्यूज गण्डकी न्यूज
2024 July 2 मा प्रकाशित
कांग्रेस-एमाले सत्ता गठबन्धन: ओलीको नेतृत्वमा सरकार, अर्थसहित महत्वपूर्ण मन्त्रालय एमालेलाई
ShareTweetSend

नेपाली कांग्रेसले नेकपा एमाले नेतृत्वमा सरकार गठनलाई समर्थन गर्ने सहमति गरेसँगै प्रचण्ड सरकार ढल्ने भएको छ ।

राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त आह्वान गर्ने छन्।

संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबिच गठबन्धन गर्ने सहमति बनेको स्रोतले बताएको छ। संविधान संशोधनमार्फत निर्वाचन प्रणालीमा सुधार गर्नेलगायत एजेन्डालाई केन्द्रमा राखेर कांग्रेस र  एमालेबीच सत्ता सहकार्य गर्ने भद्र सहमति बनेको बुझिएको छ ।

प्रतिनिधि सभाको बाँकी कार्यकालमा आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमतिनजिक पुगेको स्रोत बताउँछ । दुई दलबीच पहिलो कार्यकाल एमालेले सरकार बनाउने र २०८४ सालको निर्वाचन गराउने गरी चुनावी सरकारको नेतृत्व कांग्रेसले लिने समझदारी भएको स्रोतले बतायो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले मुलुक सधैंभरि यसैगरी नचल्ने बताएका थिए ।

कार्यदलस्तरमा काम टुंगिसकेको छ । एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितका नेताहरूले सोमबार साँझ ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा बसेर सहमतिको अन्तिम टुंगो लगाएका हुन्।

नयाँ समीकरणबारे नेकपा एमालेका नेताहरूसँग छलफल टुङ्ग्याएर कांग्रेसका नेताहरू सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

आजै कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतको दाबी छ।  देउवा र ओलीबीच छलफल गरेपछि सहमतिलाई अन्तिम रूप दिने बताइएको छ।

कांग्रेस नेताद्वय रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की बूढानीलकण्ठ पुगेका हुन् । लेखक र कार्कीले नेकपा एमालेका नेताहरूसँग सहमतिको मस्यौदाबारे छलफल गरेका थिए । कांग्रेस महामन्त्री गगन थापाका अनुसार सभापति देउवासहित नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली निवास अहिले बालकोट जाने तयारी छ । मुख्य सचेतक रमेश लेखक लगायत नेताका साथमा देउवा ओलीनिवास बालकोट जानेछन् ।

कांग्रेससँग सहकार्य गर्ने पक्का भएपछि एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका नेता उपस्थित हुने मञ्चहरुमा जानै छोडेका थिए। शनिबार उनी गठबन्धन दलका नेता सहभागी हुने कार्यक्रम छोडेर देउवासँग कुराकानीमा ब्यस्त रहे भने सोमबार एकीकृत समाजवादीको महाधिवेशनलाई बहिस्कार गरे।

प्रचण्डले साँझ पनि मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुलाई अहिलेको समीकरण नभत्किने आश्वासन दिएका थिए। ओलीले भने विहानै आफ्ना पार्टीका मन्त्रीहरुलाई अर्लट रहन भनेका थिए। केही मन्त्री र काठमाडौंमा उपलब्ध एमालेका पदाधिकारीहरु ओली निवास बालकोटमा सोमवार साँझ जम्मा भए । फेसबुकबाट भने मन्त्रीहरू नडाकिएको सूचना हालिएको थियो ।

प्रधानमन्त्री, अर्थसहित ९ मन्त्रालय एमालेलाई

दुई दलबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने गरी सहमति जुटेको हो ।

सरकारमा गइहाल्न हौसिएको कांग्रेसले महत्त्वपूर्ण मन्त्रालय गृह र अर्थ प्रधानमन्त्रीसँगै राखेर सरकार बनाउन प्रस्ताव गरेको स्रोतले बतायो । यद्यपी दुई दलबीच भएको सहमतिमा ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको बताइन्छ ।

संघीय संसदमा कांग्रेसका ८८ र एमाले ७८ जना सांसद छन्। बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्छ। संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ बहुमतको संख्या १७ कम छ। जसका लागि बाँकी ६ मन्त्रालय अन्य दललाई छुट्टाइएकाे छ।

संविधान संशोधनका लागि पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच संविधान संशोधनका लागि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउने तयारी गरेको बताइएको छ ।

संविधानका कुन–कुन धारामा संशोधन गर्ने भन्ने निर्क्यौल र सुझाव दिनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति बनाउने विषयमा पनि सहमति भएको स्रोतले बतायो ।

यस्तै, प्रदेश संरचनामा देखिएका त्रुटिबारे समेत सुझावका लागि समितिलाई जिम्मा लगाइने भएको छ ।

प्रमुख दुई दलबीच अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै लगानीको वातावरण बनाउने र अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको छवि उँचो बनाउन प्रयास गर्नेलगायत विषयमा सहमति गर्ने गरी ‘ड्राफ्ट’ लगभग तयार भएको स्रोतको दाबी छ ।

दुई दलबीच प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने, संघमा पनि राष्ट्रियसभामा समानुपातिक व्यवस्था गर्ने, प्रदेशको संख्यामा पनि पुनरावलोकन गर्ने, राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनेसहितका विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ ।

सोमबार राति एमाले सांसद सूर्य थापाले सरकार ढले वर्षमान पुनको बजेटकै कारण ढल्ने भन्दै कडा टिप्पणी गरेका छन् ।

कांग्रेस र एमालेबीच समीकरण बनेपछि संघीय सरकार र प्रदेश सरकारहरू गठन गर्न अंकगणितीय हिसाबले सहज भने छ।

कार्यदल स्तरमा बनेका समझदारी यस्ता छन्

  • पहिलो दुई वर्ष एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्‍नेछन्। त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन्। र, चुनाव गर्नेछन् ।
  • कांग्रेस १० र एमालेले ९ मन्त्रालय लिनेछन्। एमालेले अर्थसहितका मन्त्रालय राख्ने सहमति कार्यदलस्तरमा बनेको छ।
  • मधेश प्रदेशबाहेक अन्य प्रदेश सरकारको नेतृत्वको बाँडफाँड गरिनेछ। अहिले माओवादीले नेतृत्व गरेको बाग्मती सरकार कांग्रेसले पाउनेछ ।  गण्डकी सरकार यथावत् रहनेछ । एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको छ ।
  • संविधान सुधार आयोग बनाउने समझदारी बनेको  छ। संविधानका कतिपय आधारभूत संरचनाका विषयमा पनि सुझाव दिन सक्नेगरी आयोग बनाउने तयारी छ। पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाउने सहमति छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
Breaking 1

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन
Breaking 2

त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियारो’ सार्वजनिक
देश

जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियारो’ सार्वजनिक

by गण्डकी न्यूज
2026 October 3 मा प्रकाशित
कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने
Breaking 1

कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग
Breaking 2

कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

2026 October 4 मा प्रकाशित
प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड

प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड

2026 October 4 मा प्रकाशित
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews