Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सरकारको अंकगणितमा सभामुख: कोशीमा हस्ताक्षर, गण्डकीमा गणना

गण्डकी न्यूज गण्डकी न्यूज
2024 April 8 मा प्रकाशित
सरकारको अंकगणितमा सभामुख: कोशीमा हस्ताक्षर, गण्डकीमा गणना
ShareTweetSend

पोखरा । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गर्दा तत्कालीन सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर संलग्न थियो ।

के गण्डकीमा पनि सभामुखको पनि हस्ताक्षरसहित एमाले नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ?

होइनन् ।

कोशीमा थापाले पेस गरेको दाबीपत्रमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका नेताहरुको हस्ताक्षर र थप सभामुख गौतमको पनि दस्तखत थियो ।

यता, गण्डकीमा चाहिँ एमाले नेता अधिकारीले आइतबार एमाले, माओवादी संसदीय दलका नेताहरु र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थन रहेको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका हुन् । एमालेले आफ्नो पार्टीका २२, माओवादीका ८ र स्वतन्त्र १ गरी प्रदेश सभाका ६० मध्ये बहुमत अर्थात ३१ सदस्यको समर्थन रहेको दाबी गरेको हो । कोशीमा जस्तो गरी सभामुखको नाम र हस्ताक्षर बुझाएको छैन ।

माओवादी संसदीय दलमा ८ सदस्य रहेको उल्लेखमात्रै गरेको छ । तर तिनै ८ मध्येका एकजनाचाहिँ सभामुख छन् । सभामुखको हस्ताक्षर समावेश नभए पनि सांसदका रुपमा गणना गरिएको छ । त्यसैमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

२०८० असार २१ गते कांग्रेस नेता थापाले कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति पाएका थिए । प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई सभामुखको हस्ताक्षरसहित दाबी सकारेर नियुक्ति दिएपछि एमालेले अदालत गुहारेको थियो । सर्वाेच्च अदालतले थापाको नियुक्ति साउन ११ गते बदर गर्दै सात दिनभित्र प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दियो । त्यसपछि संविधानको धारा १६८ को उपधारा २ अनुसार सभामुखले राजीनामा दिँदै पुनः थापा मुख्यमन्त्री बनेका थिए ।

कोशीका सवालमा सर्वाेच्च अदालतले गरेको फैसला अनुसार सभामुखले सरकार गठन र विघटनमा भाग लिन मिल्दैन । गण्डकीमा आइतबार मुख्यमन्त्री नियुक्त एमाले नेता खगराज अधिकारीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । संविधानको धारा १६८ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनबाट सरकार बन्ने व्यवस्था छ ।

सोही अनुसारको दाबी गरी अधिकारीले नियुक्ति पाएका छन् । नेपाली कांग्रेसले गण्डकीमा बहुमत सांसदको सनाखत गरेर देखाउन चुनौती दिएको थियो । यद्यपि प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीको दाबीपत्र अनुसार नियुक्ति दिएका हुन् ।

कोशीमा सभामुखको हस्ताक्षर मान्य नभएको फैसला सर्वाेच्च अदालतले गर्‍यो । यता गण्डकीमा सभामुखलाई पनि सांसदको रुपमा गणना गरिएको विषयको निरुपण पनि अदालतबाटै हुने देखिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर
Breaking 1

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट
Main News 1

स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा
Breaking 2

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण
Main News 1

स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
Breaking 2

अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

by राम बहादुर रोकाहा
2025 May 8 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

ट्याक्टरको ठक्करबाट एकजना घाइते

by राम बहादुर रोकाहा
2025 May 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

2025 May 9 मा प्रकाशित
स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

2025 May 9 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

2025 May 9 मा प्रकाशित
स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेद्वारा पदभार ग्रहण

2025 May 9 मा प्रकाशित
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने

2025 May 8 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews