Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकीमा नयाँ सरकार बन्न सकस, एमाले-माओवादीमात्रै अपुग

सत्ता गणितमा राप्रपा अपरिहार्य, 'हामी व्यवस्था विरुद्ध आन्दोलनमा छौँ, झण्डा हल्लाउन गइहाल्ने सोच छैन': गुरुङ

रञ्जन अधिकारी रञ्जन अधिकारी
2024 March 5 मा प्रकाशित
गण्डकीमा नयाँ सरकार बन्न सकस, एमाले-माओवादीमात्रै अपुग
ShareTweetSend

माओवादी केन्द्र अध्यक्ष प्रचण्ड पुनः नेकपा एमालेसँग सत्ता साझेदारी गर्न तयार भएसँगै केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भयो ।

रास्वपा र जसपासँग तालमेलका लागि तयार एमाले–माओवादी राप्रपालाई भने गठबन्धनमा सहभागी नगराउन एकमत भए । एकीकृत समाजवादीलाई गठबन्धनमा राख्न जोडबल गरेको माओवादी राप्रपालाई भने एजेण्डा फरक रहेको भन्दै सँगै अघि बढ्न मानेन । र, राप्रपाकै कारण प्रचण्डलाई चिढ्याउने मुडमा केपी ओली पनि रहेनन् ।

तर, राप्रपा नभई गण्डकीमा नयाँ सरकार गठन हुँदैन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार बिहानै माओवादी कोटाबाट बनेका दुई मन्त्रीहरु बर्खास्त गरिसकेका छन् । सामाजिक विकास मन्त्री शुशिला सिंखडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जाली मगरलाई जानकारी नै नदिई मुख्यमन्त्रीले हटाइदिए । अब माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिँदैछ । यहाँ माओवादी प्रचण्डको निर्देशन कुरिरहेको छ  ।

माओवादीले समर्थन फिर्ता लिने बित्तिकै सरकार अल्पमतमा पर्छ र नयाँ सरकारका लागि कोर्स सुरु हुन्छ । ६० सदस्यीय प्रदेशसभामा नेकपा (एमाले) को २२ र नेकपा (माओवादी केन्द्र) का ८ (सभामुखसमेत) गरी ३० सांसद छन् । सरकार बनाउन बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ ।

एमालेका २२, माओवादीका ७ (सभामुखबाहेक) र राप्रपाका २ सांसद मिलेर ३१ अर्थात बहुमतको समीकरण बन्यो भनेमात्रै गण्डकीमा नयाँ गठबन्धनको सरकार बन्न सक्छ र कांग्रेस सत्ताविमुख हुन्छ ।

तर, माओवादी र एमालेका गरी जम्मा २९ सांसद मात्र पुग्छन् किनकी बराबरीको अवस्था बाहेक माओवादी केन्द्रबाट निर्वाचित सभामुख कृष्ण धितालले मत दिन पाउँदैनन् ।

नयाँ सत्ता समीकरणका कारण सरकारबाट बाहिरिएको नेपाली कांग्रेससँग २७ सांसद छन् । गण्डकीमा राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । गण्डकीमा नयाँ सत्ता साझेदार दल रास्वपा र जसपा छैनन् ।

राप्रपा नलिई एकीकृत समाजवादीको मात्र समर्थन लिएर पनि गण्डकीमा सरकार गठन गर्न गर्न सकिँदैन । उसो त एकीकृत समाजवादीले पनि नयाँ गठबन्धनमा सहभागी हुने नहुने बारे निर्णय गरिसकेको छैन ।

सत्ता गठबन्धनले बहुमत जुटाउन नसके नेपाली कांग्रेसले ठूलो दलको हैसियतमा सरकार गठन गर्ने अवस्था आउन सक्छ । यसरी बनेको कांग्रेस सरकारलाई पनि राप्रपा र एकीकृत समाजवादी दुवले साथ दिँदा पनि ३० मात्रै हुन्छ । र, एक महिनापछि सरकार ढल्ने निश्चित छ ।

राप्रपा गण्डकी संसदीय दलका नेता पञ्चराम गुरुङ सत्तामा जाने नजानेबारे कुनै सोच नबनाएको बताउँछन् । उनले आफूहरु यो व्यवस्थाकै विरुद्धमा आन्दोलनमा रहेकाले सत्तामा जाने नजानेबारे निर्णय नगरिसकेको बताए । केन्द्रको निर्देशन अनुसार अघि बढ्ने भन्दै उनले थपे – ‘अहिले केही निर्णय भएको छैन । केन्द्रले जे निर्देशन दिन्छ, त्यही अनुसार गर्छौं।’

गुरुङले गण्डकन्यूजसँग भने– हामी भ्रष्ट व्यवस्थाको विरुद्धमा आन्दोलनमा छौँ । झण्डा हल्लाउन जाने सोच हाम्रो छैन । हामी जनताको लागि राजनीति गरेका हौँ, जनतासँगै छौँ । सत्ता हाम्रो प्राथमिकतामा छैन ।’

राप्रपामा सरकारमा नगए मध्यावधि निर्वाचनमा जाने बाध्यकारी अवस्था आउने भएकाले पनि राप्रपा सरकारमा सहभागी हुने सम्भावना छ ।राप्रपा अन्य प्रदेशमा सभामुख बनेरै सभा सञ्चालन गरिरहेको अवस्था रहेकाले पनि राप्रपा सरकारमा जान सक्छ । यसका लागि राप्रपाका दुवै सांसदलाई मन्त्री बनाउन बटमलाइन शर्त तेर्साउने आँकलन गर्न सहजै सकिन्छ । तर, पूर्व मन्त्री समेत रहेका गुरूङले भने नकारे ।

नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले अब गण्डकीमा नयाँ सरकार बन्ने र यसका लागि सबैले सहज वातावरण तयार पार्नेमा आफू विश्वस्त रहेको बताउँछन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले नयाँ समीकरणका लागि जुनसुकै पहलकदमी लिन कुनै कसर बाँकी नराख्ने बताए । ।

२०७९ को प्रदेश सभा निर्वाचन पछि एमाले नेता खगराज अधिकारीको नेतृत्वमा पुस २५ गते गण्डकीमा माओवादी, राप्रपासहितको सरकार गठन भएको थियो । उनको सरकार ३ महिनामात्रै टिक्यो ।

माओवादीले संघमा कांग्रेससँग गठबन्धन गरेपछि गण्डकीमा पनि कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री बन्ने अवसर पाएका थिए । उनले २०८० वैशाख १४ मा सत्तारोहण गरेका थिए । तर वर्ष दिन नपुग्दै पाण्डे नेतृत्वको सरकार ढल्न लागेको हो ।

गण्डकीमा नयाँ सरकारका विकल्प तीन वटा मात्रै छन् ।

१. कांग्रेस–माओवादी सम्मिलित सरकार (हाल)

२७ सिट रहेको सबैभन्दा ठुलो दल कांग्रेस र तेस्रो दल माओवादी मिल्दा गण्डकीमा सहजै सरकार बन्यो । ७ सिट (सभामुख बाहेक) जोड्दा ३४ सिटका साथ सहजै बहुमतको सरकार बनी आजसम्म चलिरहेको थियो ।

२. एमाले–माओवादी–राप्रपा (यसअघि  र अब पनि अधिक सम्भावना)

एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा गत पुसमा बनेको सरकार यही गठबन्धनको हो । एमाले २२, माओवादी ७ (सभामुख बाहेक) र राप्रपा २ गरी ठीक्क बहुमत ३१ सिटको सरकार बन्छ । राप्रपालाई समेटिएको खण्डमा अब बन्न सरकार पनि यही हो । अब सरकारमा नेकपा एस पनि सहभागी बनेमा ३२ सीट समर्थन प्राप्त हुनेछ ।

३. कांग्रेस–एमाले

मध्यावधि निर्वाचनमा जान नदिन अर्को अन्तिम विकल्प यही हो । तर, सम्भावना तत्काल छैन । कांग्रेसको २७ र एमालेको २२ सिट जोड्दा प्रदेशसभामा दुई तिहाइ बहुमत जुट्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट
Breaking 1

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
Breaking 2

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान
Main News 1

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
गण्डकी क्षेत्र

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 June 24 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
Main News 1

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

by राम बहादुर रोकाहा
2026 June 26 मा प्रकाशित
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
Breaking 2

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

by राम बहादुर रोकाहा
2026 June 23 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

2026 June 27 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

2026 June 24 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

2026 June 26 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews