Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा फूलबारीबाट अन्तर्राष्ट्रिय कल बाइपास गर्दै आएका दुई नेपाली समातिए, नाइके श्रीलंकाका

बाहिर कपडा दोकान, भित्र बाइपास गर्ने काम, झण्डै ६ सय एनसेलको सिमसहित सबै उपकरण बरामद

रञ्जन अधिकारी रञ्जन अधिकारी
2024 February 24 मा प्रकाशित
पोखरा फूलबारीबाट अन्तर्राष्ट्रिय कल बाइपास गर्दै आएका दुई नेपाली समातिए, नाइके श्रीलंकाका
ShareTweetSend

पोखरा बसेरै अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) गरेको आरोपमा २ जना उपकरणसहित पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गैरकानुनी रूपमा आगमन कल बाइपास संचालन गरेको आरोपमा  रुपन्देही लुम्विनी सांस्कृतिक नगरपालिका–४ का २७ वर्षीय एमरान अहमद र पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ का ३७ वर्षीय विशाल शाहलाई पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले पोखरा फूलबारीबाट उनीहरूलाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।

उनीहरू पोखरा महानगरपालिका-११, फूलबारी सिद्देश्वर मार्गस्थित विशाल गौतमको घरमा कोठा भाडामा बसेर कल बाइपास गर्दै आएका थिए ।  बाहिर कपडा दोकान देखाएर भित्री रुपमा कल तथा एसएमएस बाइपास गर्ने काम गरेको प्रहरी बताउँछ ।

उनीहरूले कल बाइपास गरिरहेको भन्ने सूचना सिआइबीले पाएको थियो। उक्त सूचना पाएपछि खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो। उनीहरूलाई १ सय २८ पोर्ट क्षमताको २ वटा डिभाइसमा एनसेलको सिम प्रयोग गरी अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाइपास भइरहेका बेला प्रहरीले पक्राउ गरेको हो ।

६४ पोर्ट भएको अवैध कल बाइपास गर्ने उपकरण गेटवे थान २ वटा र त्यसको उपरकरणमा जडान भएको सिमहरु थान ६४, सोको चार्जर थान १ थान प्रहरीले बरामद गरेको छ ।

प्रहरीले कल तथा एसएमएस बाइपास गर्न प्रयोग गर्न ५ सय ९७ वटा एनसेलको सिमसहित प्रहरीले अन्य विभिन्न उपकरण बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा फेब्रुअरी १ देखि अन्तर्राीष्ट्रय कलबाइपास हुने गरेको देखिएको प्रहरीको भनाइ छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई एक महिना अगाडि नै कल बाइपास भइरहेको जानकारी प्राप्त भएको थियो ।

यसअघि कल बाइपासका यस्ता घटनामा बढी बंगलादेशी नागरिक संलग्न भएको देखिएको भए पनि यसपटक श्रीलंकन नागरिक संलग्न भएको देखिएको प्रहरीको भनाइ छ । डिभाइस तथा प्राप्त उपकरणको सबै अनुसन्धानपछि कति बराबर कहाँ कहाँ कल भएको भन्ने केही थप खुल्न सक्ने प्रहरीको भनाइ छ ।

उनीहरुलाई दूरसञ्चार ऐन २०५३ को दफा ४७ को उपदफा २ अनुसार मुद्धा चलाइने एसपी थापाले जानकारी दिए । अवैध रुपमा कल बास्पास गरेमा ५ वर्ष कैद र बिगो बराबर जरिवाना हुने व्यवस्था छ ।

के हो भीओआईपी ?

फरक–फरक दूरसञ्चार कम्पनीहरूको आ–आफ्नै नेटवर्क हुन्छ । नेपालको उदाहरण हेर्ने हो भने यहाँ नेपाल टेलिकम, एनसेल जस्ता दूरसञ्चार सेवा प्रदायक छन् ।

नेपाल टेलिकमका ग्राहकले एनसेलका प्रयोगकर्तालाई फोन गर्दा पनि लाग्छ र एनसेलका ग्राहकले नमस्तेका ग्राहकलाई फोन गर्दा पनि लाग्छ । दूरसञ्चार कम्पनीले अर्को कम्पनीको नम्बरबाट आफ्नो नेटवर्कमा फोन आउजाउ हुने व्यवस्था मिलाएका हुन्छन् । यसलाई अन्तरआबद्धता भनिन्छ । देशभित्रका सञ्चालनमा रहेका विभिन्न दूरसञ्चार सेवा प्रदायकबीच अन्तरआबद्धता भएजस्तै संसारभरका दूरसञ्चार सेवा दिने कम्पनीबीच यस्ता अन्तरआबद्धता हुन्छ ।

जस्तो भारतको कुनै नम्बरबाट नेपाल टेलिकमको नम्बरमा फोन आउजाउ हुन्छ । यस्तै, एनसेलको नम्बरबाट पनि भारत वा अरू देशका नम्बरमा फोन आउजाउ हुन्छ ।

यसबापत दुवै दूरसञ्चार कम्पनीलाई फाइदा हुन्छ । जस्तो– एनसेलको नम्बरबाट कसैले कतारको नम्बरमा फोन गर्‍यो भने एनसेलले ग्राहकबाट जति पैसा प्राप्त गर्छ त्यसको निश्चित प्रतिशत जुन देशको जुन कम्पनीको नम्बरमा उक्त कल गएको हो त्यो कम्पनीले पनि प्राप्त गर्छ ।

विदेशबाट नेपाल आउने कलमा पनि यही नियम लागू हुन्छ । जस्तो– भारतको भोडाफोनको नम्बरबाट नेपाल टेलिकमको नम्बरमा कसैले फोन गर्‍यो भने भोडाफोनले उक्त ग्राहकबाट जति रकम काट्छ त्यो रकमको निश्चित प्रतिशत नेपाल टेलिकमले पनि प्राप्त गर्छ ।

अन्तर्राष्ट्रिय कलमा यस्ता दुई नेटवर्कलाई संयोजनका लागि वैधानिक गेटवे हुन्छ । सामान्य भाषामा भन्दा गेटवे भनेको कल आउजाउ गर्ने बाटो हो ।

कसरी हुन्छ अवैध कल बाइपास ?

एउटा नेटवर्कदेखि अर्को नेटवर्कलाई जोड्ने काम गेटवेको हो । नेपालमा दुरसञ्चार प्राधिकरणबाट अनुमति लिएर टेलिफोन सेवा प्रदायक कम्पनीहरु एनसेल, एनटीसीलगायतले अन्तर्राष्ट्रिय कल नेपालमा भित्र्याउने गरेका छन् ।

यो वैधानिक गेटवे हो । तर, कुनै गिरोहले त्यसरी नेपाल बाहिरबाट आउने कललाई वैधानिक गेटवेतिर प्रवेश गर्न नदिई आफ्नो रुटमा डाइभर्ट गर्छन् । र, अन्तर्राष्ट्रिय कललाई लोकल कलका रुपमा सम्बन्धित टेलिफोन वा मोबाइलसम्म पुर्‍याउँछन् ।

अर्थात्, भीओआईपी सञ्चालकले यस्ता कललाई वैधानिक बाटोबाट जान नदिइ इन्टरनेट जोडिएको उपकरणको सहायताले अवैध ‘गेटवे’ बाट पठाउँछन् । यही प्रक्रियालाई नै अवैध कल बाइपास भनिन्छ ।

यसरी पनि बुझ्न सकिन्छ, दूरसञ्चारको गेटवेलाई बाइपास गरेर सिधै अवैध बाटोबाट सम्बन्धित ल्याण्डलाइन वा मोबाइलमा कल टर्मिनेट गराउने प्रक्रियालाई अवैध कल बाइपासको रुपमा बुझ्न सकिन्छ ।

त्यस्ता गिरोहले अन्तर्राष्ट्रिय कललाई आधिकारिक गेटवेबाट प्रवेश गर्न नदिई भीओआईपी (भोइस ओभर इन्टरनेट प्रोटोकल) वा जीओआईपी (जीएसएम ओभर इन्टरनेट प्रोटोकल) र दुरसञ्चार प्रदायकका सीम कार्ड प्रयोग गरेर अवैध बाटोबाट भित्र्याउँछन् ।

यसरी दुरसञ्चार वा एनसेलको सर्भरमा टर्मिनेट हुँदै सम्बन्धित व्यक्तिको फोनमा कल टर्मिनेट हुनु पर्नेमा सिधै प्रयोगकर्तामा कल टर्मिनेट गराउने गरिन्छ । त्यसपछि प्रयोगकर्ता समक्ष फोन आउँदा समेत लोकल नम्बर नै देखिन्छ ।

यसको तथ्यांक सम्बन्धित दूरसञ्चार सेवा प्रदायकलाई हुँदैन । यसबाट दूरसञ्चार कम्पनीले प्राप्त गर्ने आम्दानी भीओआईपी सञ्चालकले प्राप्त गर्छन् । त्यसैले नेपाल सरकारलाई फाइदाको अंश करका रूपमा पनि प्राप्त हुन्न । यसका लागि उच्च गतिको नियमित इन्टरनेट आवश्यक हुन्छ ।

कामदार मात्रै पक्राउ

अवैध भीओआईपी चलाएको आरोपमा पक्राउ पर्नेको संख्या उच्च देखिए पनि यस्ता सञ्जालका प्रमुख व्यक्तिले भने उन्मुक्ति पाइरहेका छन् । कल बाइपास गर्ने धन्दामा लगानीकर्ता विदेशी हुने भएकाले नेपालमा उसका लागि काम गर्नेहरू मात्रै पक्राउ पर्दै आएको सीआईबीका प्रहरी अधिकारी बताउँछन् ।

प्रहरीका अनुसार विदेशीहरूले नै नेपालमा कल बाइपासको गेटवे मेसिनसहित आएर यहाँ जडान गरिदिन्छन् । नयाँलाई उनीहरूले नै केही समय बाइपास गर्ने तालिम दिएर जान्छन् र नेपालीले चलाउँछन् । “अहिलेसम्म पक्राउ परेका सबै विदेशीको निर्देशनमा चलाउने ग्राउन्ड लेभलका व्यक्तिहरू मात्रै हुन्,” प्रहरी भन्छ ।

प्रहरीका अनुसार सिंगापुर र थाइल्यान्डमा बसेर क्यारियरहरूसँग मिलेर लगानीकर्ताले कल बाइपास गर्ने सेटिङ मिलाउँछन्, जहाँ नेपाल प्रहरीको पहुँच पुग्ने सम्भावना कम हुन्छ ।

बंगलादेशी, भारतीय, श्रीलंकालीहरूलाई भने लगानीकर्ताले बाइपासका डिभाइस दिएर पठाएका हुन्छन् । साथै, डिभाइसवालाले नै नेपालमा बाइपास सञ्चालन गर्नेलाई ३० देखि ४० प्रतिशतसम्म रकम दिने गरेका छन् ।  कल बाइपास अन्य ठूला आपराधिक सञ्जाल विस्तार गर्ने माध्यम बन्न सक्ने खतरा छ । भन्छन्, “आतंकवादी गतिविधि, लागूऔषध कारोबार, राज्यलाई असर गर्ने गम्भीर प्रकृतिका घटना घटाउन यस्तो प्रविधियुक्त अपराधलाई माध्यम बनाउन सक्छन् ।”

अधिकारीहरुका अनुसार नेपालमा कल बाइपास गर्नु अवैध भए पनि अहिले अवैध कल बाइपास गर्न मुख्य सर्भर राखिने गरेका सिंगापुर, थाइल्याण्ड, बंगलादेश, श्रीलंका लगायतका देशमा वैध छ । यसले पनि अप्ठ्यारो बनाएको छ ।

कसरी रोक्ने ?

विदेशबाट कल आउँदा नेपाली नम्बर देखिएमा भीओआईपी नै प्रयोग भएको बुझ्नुपर्छ । यसरी भीओआईपीको प्रयोग गर्दै विदेशबाट कल आए आवाज स्पष्ट नसुनिने हुन्छ । यसमा गोपनीयताको सम्भावना पनि कम हुन्छ ।

दुईबीचको कुराकानी तेस्रो व्यक्तिले सुनिरहेको पनि हुन सक्छ । वैदेशिक रोजगारीमा जाने नेपाली धेरै छन् । नेपालमा विदेशबाट बढी कल आउने कारण एउटा यो पनि हो ।

दशकअघि नाम चलेकै इन्टरनेट प्रदायकको नाम कल बाइपासमा जोडिएको थियो । तसर्थ, इन्टरनेट सेवा दिने नाममा यस्तो धन्दामा सक्रियता वा सहयोग गरिरहेको छ कि भन्नेबारे पनि बहस हुनु जरुरी रहेको प्रहरी अधिकृतहरूको बुझाइ छ । यसले दूरसञ्चार सेवा प्रदायक संस्था मात्र नभई देशले समेत कर गुमाइरहेको छ । त्यसैले दूरसञ्चार प्राधिकरणले यसलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए
गण्डकी क्षेत्र

एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए

by राम बहादुर रोकाहा
2025 June 28 मा प्रकाशित
१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे
Breaking 2

१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे

by रञ्जन अधिकारी
2025 June 27 मा प्रकाशित
पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु
Breaking 1

पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु

by गण्डकी न्यूज
2025 June 27 मा प्रकाशित
तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ
गण्डकी क्षेत्र

तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ

by गण्डकी न्यूज
2025 June 27 मा प्रकाशित
गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई
Breaking 2

गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई

by रञ्जन अधिकारी
2025 June 25 मा प्रकाशित
स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा विभिन्न मुद्दाका फरार आठ कसुरदार पक्राउ

by राम बहादुर रोकाहा
2025 June 23 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सेभियामा आयोजित साइड इभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व

सेभियामा आयोजित साइड इभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व

2025 July 1 मा प्रकाशित
एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए

एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए

2025 June 28 मा प्रकाशित
राइड सेयरिङ स्थगन नगर्नु, सार्वजनिक यातायातमा बन्द हड्ताल नगर्नु :सर्वोच्च अदालत

राइड सेयरिङ स्थगन नगर्नु, सार्वजनिक यातायातमा बन्द हड्ताल नगर्नु :सर्वोच्च अदालत

2025 June 28 मा प्रकाशित
१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे

१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे

2025 June 27 मा प्रकाशित
पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु

पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु

2025 June 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews