Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अष्ट्रेलियामा यसरी ठग्छन् नेपालीले नेपालीलाई नै, पोखराका प्रताप रानाभाटबाट दुई दर्जन ठगिए !

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
अष्ट्रेलियामा यसरी ठग्छन् नेपालीले नेपालीलाई नै, पोखराका प्रताप रानाभाटबाट दुई दर्जन ठगिए !
ShareTweetSend

पोखरा । अहिले सिड्नीमा मात्र हैन, ठगिएकाहरु एकीकृत भएर मेलवर्न, ब्रिसवेन, डार्विन, पर्थ सिटीमा रहेका नेपालीहरुलाई पनि सचेत गराईरहेका छन् । उनीहरुकै शब्दमा अष्ट्रेलियामा रेष्टुरेन्ट र क्लिनिङ कम्पनी सञ्चालन गरेर बसेका प्रताप रानाभाटबाट २० जना बढी ठगिएका हुन् । झण्डै ४० हजार अष्ट्रेलियन डलर लिन बाँकी रहेका उनीहरुले फेसबुकमा ग्रुप च्याट नै बनाएर अरु नठगिउन् भन्दै सचेत गराईरहेका छन् भने फेसबुकमा समेत पोष्ट गरिरहेका छन् ।

पीडितहरुले दिएको जानकारी अनुसार तनहुँ जन्मथलो भएका प्रताप रानाभाटको परिवार अहिले पोखरा, फूलबारी बस्छन् । अष्ट्रेलियामा पिआर प्राप्त गरेर कोगारा बस्दै आएका प्रतापले एक पछि अर्को ठगीधन्दा गरिरहेको आरोप लागेको छ । उनले सिड्नी (१९ किंग स्टेट, रकडेल, न्यू साउथ वेल्स) मा आमा नेप्लीज् रेष्टुरेण्ट भाडामा सञ्चालन गरिरहेका छन् । पीडितहरुले जनाए अनुसार प्रतापले क्लिनिङ कम्पनी पनि सञ्चालन गर्छन् ।

स्टुडेण्ट भिसामा अष्ट्रेलिया पुगेका युवायुवतीलाई आफूले काम दिने तर तलब नदिने गर्दै आएका छन् । सुरुसुरुमा थोरै थोरै दिने र पछि काममा मात्र लगाउने गरेको, पैसा माग्दा धम्क्याउने गुनासो पीडितहरुको छ । हाम्रो सम्पर्कमा आएका मध्ये काठमाण्डौकी प्रज्ञा थापाको १६ हजार डलर, पोखरा बेगनासतालकी रति थापाको ६ महिनाको ४ हजार डलर, चितवनका प्रज्ज्वल श्रेष्ठको ५ हजार डलर, क्लिनिङ तर्फ काठमाण्डौका विशाल तामाङको १ हजार डलर र शिव श्रेष्ठको ५ हजार डलर प्रतापले दिएका छैनन् । अरु पीडितहरु पनि खुल्ने क्रममा रहेका छन् ।

प्रताप अहिले सम्पर्क विहीन रहेको पीडितहरुले बताए । उनले आफ्नो ओरिजिनल फेसबुक आइडी समेत डिएक्टिभेट गरेको बताईन्छ । रेष्टुरेन्टको आर्थिक पाटोको जिम्मा काठमाण्डौ स्वयम्भूकी सारा श्रेष्ठले लिएको जनाउँदै उनीहरुले आफ्नो पैसा माग्दा मलाई पहिलेको कुरा थाहा छैन भन्दै पन्छिने गरेको उनीहरुको गुनासो छ ।

एक पीडित चितवनका प्रज्ज्वलले आफू आठ महिना काम गर्ने भन्दै आमा रेष्टुरेन्टमा काम थालेकोमा ५ महिनामा काम छाड्न खोज्दा ८ हजार डलर मध्ये ३ हजार डलर मात्र दिएको र ५ हजार डलर नदिएको गुनासो गरे । आफूले निरन्तर मोबाइलमा एसएमएस गरेपनि पैसा नपाएको भन्दै उनले स्क्रिनसट नै उपलब्ध गराएका छन् ।

मिडिया गुहार्न बाध्य

पीडितरुले अब पाउने आश मारेरै प्रताप रानाभाटको कालो धन्दाबारे मिडियाबाट सार्वजनिक गर्न बाध्य भएको र यसबाट अरु ठगिनबाट बच्ने बताए । अब सबै पीडितहरु एकीकृत भएर आफूहरुलाई ठग्ने प्रताप विरुद्ध त्यहाँको कानुनी प्रक्रिया अनुसार अघि बढ्ने योजना बनाईसकेका छन् । वाइएचए फेयर ट्रेडमा पनि निवेदन दिइसकेका छन् । तर प्रताप अहिले लुकेर बसेको उनीहरु बताउँछन् ।

दोषी ठहरिएमा पिआर होल्डर प्रताप अष्ट्रेलिया छाड्न बाध्य हुनेछन् । त्यहाँको डिपार्टमेन्ट अफ इमिग्रेशन एण्ड बोर्डर प्रोटेक्शन डिआइविपीले सेक्शन ५०१ अनुसार आपराधिक गतिविधिमा संलग्न भएमा, त्यहाँको कम्युनिटीमा खतराजन्य काममा प्रतिनिधित्व गरेमा, खराब गतिविधिजन्य कार्यमा संलग्न भएमा भिसा खारेज गर्न सक्नेछ ।

सहयोग गर्नुपर्नेमा ठगी !

अहिले सामाजिक सञ्जालमा व्यंग्य चल्छः ‘अष्ट्रेलियाको नक्सा अनि नेपालको आठौं प्रदेश’

वर्षेनी हजारौं युवायुवती उच्च शिक्षा भन्दै अष्ट्रेलिया हानिने क्रम बढ्दो छ । अमेरिकामा भिसा कठिन भएसँगै अष्ट्रेलिया निर्विकल्प गन्तव्य जस्तै बनेको छ । त्यसैले पनि सामाजिक सञ्जालमा यसरी व्यंग्य गरिएको हो ।

अष्ट्रेलिया सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ मा हालसम्म ५ लाख ९ हजारभन्दा धेरै विद्यार्थी अष्ट्रेलिया भित्रिएका छन्। गत वर्षको संख्याभन्दा यो १२ प्रतिशतले बढी हो। अष्ट्रेलिया सरकारको शिक्षा तथा तालिम विभागको तथ्यांक अनुसार अहिले अष्ट्रेलियामा झण्डै ३० हजार नेपाली विद्यार्थी छन्। तथ्यांक अनुसार गत वर्ष जम्मा १८ हजार ५ सय ९२ रहेको नेपाली विद्यार्थीको संख्या एक वर्षमा बढेर २९ हजार २ सय ६१ पुगेको छ। विश्वविद्यालय र कलेजमा भर्ना भएका नेपाली विद्यार्थी अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशत बढी छ ।

अष्ट्रेलिया जाने क्रम रोकिएको छैन । पढ्न मात्रै जान्छु भन्नेहरु नगण्य होलान् । जाने, पढ्दै काम गर्ने कमाउने, सकेसम्म पिआर लिने नत्र केहि वर्ष बस्ने फर्कने । प्रायःको सोच यही नै हो । तर, यहाँ पैसाकै बोट छ जस्तो ठानिएपनि त्यहाँ सोचेजस्तो भने नरहेको पुगेपछि विद्यार्थीहरुले व्यक्त गर्ने पीडाबाट प्रष्ट हुन्छ । काम पाउन मुस्किल छ, काम पाएमा पनि यसरी ठगिने सम्भावना उत्तिकै छ ।

नेपालीबाटै नेपाली ठगिनु दुर्भाग्य हो । समस्यामा परेका नेपालीलाई त यहाँ इस्टाब्लिस भइसकेकाहरुले सकेको सहयोग पो गर्ने हो । स्याङ्जा घर भएका शितल खाँड गिरी भन्छन्ः ‘उसै त भर्खरै घर छाडेर आएका हुन्छन् । यहाँका दाइदिदीहरुबाट सहयोगको अपेक्षा उनीहरुमा हुन्छ । झनै उनीहरुको समय र परिश्रम बर्बाद गरेर रुवाउनु हुँदैन ।’ सिड्नीमा पहिले पनि यस्ता कालो धन्दा हुने गरेको जनाउँदै गिरीले पीडितहरुले अब अरुलाई ठग्ने मौका नदिनका लागि पनि एकजुट भएर अघि बढ्न सुझाएका छन् । यस्तै, रकडेलमै बस्ने सरोज भट्टराईले पनि विद्यार्थीहरु नठगिऊन् भन्दै सचेतमूलक पोष्टहरु गर्दै आएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा
Main News 1

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

by राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित
फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन
Main News 1

फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

by राम बहादुर रोकाहा
2026 July 3 मा प्रकाशित
हल गोरु पाल्ने ११५ कृषकलाई गल्याङ नगरपालिकाको पाँच हजार रुपैयाँ प्रोत्साहन
Main News 1

हल गोरु पाल्ने ११५ कृषकलाई गल्याङ नगरपालिकाको पाँच हजार रुपैयाँ प्रोत्साहन

by राम बहादुर रोकाहा
2026 July 2 मा प्रकाशित
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण
Main News 1

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

by राम बहादुर रोकाहा
2026 June 30 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान
Main News 1

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
Main News 1

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

by राम बहादुर रोकाहा
2026 June 26 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ

मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ

2026 July 9 मा प्रकाशित
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

2026 July 9 मा प्रकाशित
बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

2026 July 6 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

2026 July 6 मा प्रकाशित
सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

2026 July 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews