Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सुन्तलाले गाउँ छाड्यो

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
सुन्तलाले गाउँ छाड्यो
ShareTweetSend

पोखरा । आँगनसम्म लटरम्मै फलेको सुन्तलाको हाँगो जोगाउनै मुस्किल हुन्थ्यो भरतपोखरीकी सोविता सेढाईंलाई । दुई वर्ष देखि त मरेका सुन्तला बोट कसरी व्यवस्थापन गर्ने नै चिन्ता छ । ‘अहिले त तिहारमा भाग राख्ने सुन्तला खोज्न पनि पाखो चाहार्नुपर्ने अवस्था आयो’ – आगँन छेउको फेद मात्रै बाँकी रहेको सुन्तला ठुटो देखाउँदै उनले भनिन्– ‘यो बोटले नै वर्षमा १५ हजारसम्मको सुन्तला फलाउथ्यो । अघिल्लो साल काट्न लगाएँ ।’

भरतपोखरी १७ बागमाराकी सेढाईको बारीमा रहेको सुन्तलाको बोटमा अहिले सुन्तला फलेको छ भन्ने नाम मात्रै हो । दुई वर्षको छोटो अवधिमै यस्तो अवस्था आउनुको एकमात्र कारण हो– सुन्तलामा देखा परेको ‘सिट्रस ग्रिनिङ पोजिटिभ’ भाईरस । दुई वर्षदेखि सुन्तलाको बोट एक्कासी पहेंलो हुँदै हाँगो सुक्दै गयो । ‘बोट मर्दै गयो । एउटै आधा पाउको दाना जत्रो फल्थ्यो, अहिले त एकदमै सानो छ ।’ – वर्षमा दुई लाख जतिको सुन्तला बेच्दै आएकी उनले थपिन्– ‘यत्तिको पनि यही वर्ष होला। अर्को वर्षदेखि रुख मर्छन्, घाँस मात्र बाँकी रहन्छ ।’ सेढाईंको पाखोबारीमा चारसय जति बोट सुन्तला थिए । यति छोटो समयमा सुन्तला उत्पादन ह्वात्तै घट्यो ।

सेढाईंकै श्रीमान प्रेमराज सेढाईं जेटीए भएकाले ३० वर्ष अघितिर व्यवसायिक रुपमा सुन्तला खेती सुरु भएको हो । सेढाईंको घर रहेको चैनपुर पाखो सहित जुके लगायतका क्षेत्र पछि सुन्तलाको पकेट क्षेत्र हुनुमा स्व. सेढाईंकै योगदान रहेको बताउँछन् अर्का सुन्तला कृषक चन्द्रप्रसाद पौडेल । पछि ५२ हेक्टर क्षेत्र जमिनमा सुन्तला खेती फस्टायो । पौडेलको पनि २०५० साल तिर लगाईएका पाँच सय बोट सुन्तला सबै मरेका छन् । ‘अब त सबै शुन्य भयो भन्दा पनि हुन्छ । घरमै किन्न आउने बाहेक ठेकेदारसँग मात्रै चार लाख लिईन्थ्यो । सकियो अब’ – उनले निराशाका शब्द पोखे ।

चैनपुर क्षेत्रमा अहिले केशर प्रसाद निर्दोषी र यज्ञ अधिकारीको बारीमा मात्रै एक दर्जन जति बोट बचेका छन् । पाँच लाख कमाउने गरेका निर्दोषीले यो वर्ष एक लाख जति कमाउने अपेक्षा गरेका छन् । उनका अनुसार तीन वर्षअघिदेखि विस्तारै उत्पादन घटेको हो । सुन्तला मर्न थालेपछि कास्की जिल्लाका विभिन्न १० वटा बगैँचाका सुन्तला परीक्षणका लागि पठाएकोमा सबैभन्दा पहिले भरतपोखरीका चन्द्रप्रसाद पौडेल र शालिकराम अधिकारीको बगैँचामा ग्रिनिङ भाईरस पोजिटिभ देखिएको कृषि विकास कार्यालय कास्कीले जनाएको छ ।
जिल्लामा पछिल्लो समय ग्रिनिङ भाइरसका कारण सुन्तला सखाप हुने अवस्थामा पुगिसकेको छ । नेपालमै पहिलो पटक २०२५ सालमा कास्कीको मालेपाटनमा यो भाइरस देखा परेको थियो । अहिले देशभर नै यो भाइरसले सुन्तला बिनास गरेको किसानहरुले बताएका छन् । भाइरसका कारण सुन्तला विनाश हुँदै गएपछि कृषि विकास कार्यालयले यो बर्षपनि थप बगैँचाको परीक्षण गर्ने र यसैका आधारमा कार्यक्रम बनाएर कार्यान्वयन गर्ने तयारी थालेको थियो ।
suntala-2अघिल्लो वर्षदेखि नै सुन्तला खेती सुदृढिकरण भन्दै तीन वर्षे योजना अनुरुप कार्यालयले भाईरस विरुद्धको औषधि, भिटामिन पनि कृषकहरुलाई वितरण गरेको छ । तर यसले काम नगरेको उनीहरुले बताए ।

स्थानीय युवा अशोक सेढाईंले भने– ‘बोटहरु मर्न थालेपछि जिवातु नामक औषधि प्रयोग भयो । पछि तीन वर्षसम्मको योजना भन्दै कृषि कार्यालयले प्रयास ग¥यो । केहि प्रभाव परेन । बोटहरु अब ब्युँतनै नसकिने गरी मरे ।’

सेढाईंले बुबाको पालादेखि व्यवसायिक रुपमा विस्तार भएको सुन्तलाखेती माँसिदा दुःख लागेको बताउँदै अब सुन्तलाको विकल्पमा पाखोबारीमा के खेती लगाउने भन्ने कुरा कृषि प्राविधिकले नै सिफारिस गर्नुपर्ने बताए । पीडित कृषकलाई अब सरकारले राहत तथा अनुदानको व्यवस्था गर्न पनि उनले माग गरे ।

कृषि कार्यालयले भाइरस लागेका बिरुवा हटाउनका लागि राहत समेत बितरण गरेको बताउँछ । जिल्लाका पकेट क्षेत्रभन्दा नयाँ क्षेत्रहरुमा सुन्तला खेती बिस्तारको योजना पनि बनाएको थियो । जिल्लाभर व्यवसायिक सुन्तला कृषकको संख्या ५० भन्दा बढि छैन । उनीहरुले वार्षिक ५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । कास्कीको भरतपोखरी सहित कृष्ति र निर्मलपोखरीमा सबैभन्दा बढि सुन्तला उत्पादन हुन्छ । भरतपोखरीमा ५२ हेक्टर तथा कृस्तिमा ८४ हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती हुन्छ ।

लेखनाथको बेगनास, हंसपुर, माझठाना, कालिका, सैमराङ, अर्मला, सिल्दुजुरे, पुम्दीभुम्दी, थुम्की, रुपाकोट लगाएतका क्षेत्रमा सुन्तला उत्पादन बढी हुने भएपनि भाइरसका कारण अहिले प्रायः सबै ठाउँबाट व्यवसायिक सुन्तला खेती ओरालो लागेको छ । सिट्रस र कत्ले किराका कारण सुन्तलाको बोट मर्ने समस्या सुरु भएको थियो । कास्कीको ८ सय ५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । कास्कीमा गत वर्ष करीब ६ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यद्यपी, अनुकुल मौसम, सुन्तला खेती बिस्तार तथा सुन्तलाको पुरानो बगैचा सुधार गरिएका कारण कृस्ति क्षेत्रमा भने दुई वर्ष अघि भन्दा पोहोर साल सुन्तला उत्पादन बढेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
अपराध/सुरक्षा

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम
Breaking 1

प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र
Breaking 2

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य
गण्डकी क्षेत्र

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने
Main News 1

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Breaking 1

स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

2026 February 16 मा प्रकाशित
प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

2026 February 16 मा प्रकाशित
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

2026 February 16 मा प्रकाशित
जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

2026 February 16 मा प्रकाशित
स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

2026 February 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews