Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा सुरु राष्ट्रिय फुटसल लिगको उद्घाटन नै भद्रगोल

रञ्जन अधिकारी रञ्जन अधिकारी
2021 September 30 मा प्रकाशित
पोखरामा सुरु राष्ट्रिय फुटसल लिगको उद्घाटन नै भद्रगोल
ShareTweetSend

सदस्य सचिव बोलाएर खेलकुदमन्त्री मनाङेबाट शुभारम्भ, उपाध्यक्ष थापाले मञ्च छाडे, आयोजकले ईभेन्ट कम्पनीलाई दोष दियो

अकाईभ, २ आश्विन २०७८, शनिबार

रञ्जन अधिकारी, पोखरा । कोरोना महामारीका कारण दुई पटकसम्म स्थगित भएको ए डिभिजन राष्ट्रिय फुटसल लिग पोखरामा शनिबारदेखि सुरु भयो । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा दिउँसो भएको उद्घाटन सत्रमै आयोजक र व्यवस्थापन पक्षको कमजोरी छताछुल्ल देखियो ।

काठमाण्डौदेखि निम्त्याइएका आमन्त्रित व्यक्तित्व उद्घाटन सत्रमै देखिएनन् भने आयोजककै उपाध्यक्षले पनि कार्यक्रम बहिष्कार गरे । यद्यपी, उनीहरु यस विषयमा बोल्न चाहँदैनन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललाई काठमाण्डौदेखि निम्त्याइएकोमा यहाँ कार्यक्रमको शुभारम्भ भने गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) बाट आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले गरायो ।

संघकै उपाध्यक्ष कृष्ण थापा, जो प्रतियोगिताको भेन्यू पोखराको खेलक्षेत्रका अग्रज व्यक्तित्व हुन्, उनलाई समेत आसन ग्रहण गराइएन । त्यसपछि थापा मञ्च छाडेर बाहिरिए । आसन ग्रहणका क्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङको नाम समेत लिस्टमा नहुँदा उनलाई पछि गराइएको थियो ।

खेलकुद मन्त्री मनाङेलाई प्रमुख अतिथि बनाउने थाहा भएपछि सिलवाल उद्घाटन सत्रमै पुग्न हतारो गरेनन् । । यद्यपी, पछि सिलवाल गए र पुरस्कार समेत बाँडे । उनी निकटका अनुसार एन्फाले पोखरामा बोलाएर अपमानित गरेको महसुस सिलवालले गरेका छन् ।

उपाध्यक्षलाई नै स्मरण गरिएन

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) हो । कार्यक्रमै उपस्थित एन्फाका उपाध्यक्ष कृष्ण थापालाई स्मरण भने गरिएन । यसबारे थापाले लामो प्रतिक्रिया दिन मानेनन् ।

थापाले भने – ‘म केही बोल्दिन, उपाध्यक्षलाई त सम्झेनन् ।’ कृष्ण थापा यस क्षेत्रको अग्रज खेल व्यक्तित्व हुन् । पोखरामै कार्यक्रम भएकाले पनि स्टेजमा उनको उपस्थिति रहनुपर्ने थियो ।

ईभेण्ट कम्पनीले नै सेड्युल अनुसार गरेनः एन्फा फुटसल संयोजक श्रेष्ठ

एन्फाका फुटसल समिति संयोजक रत्नकुमार श्रेष्ठ हुन् भने यो प्रतियोगिताको व्यवस्थापकीय जिम्मा टर्नपाइक ईभेण्टले लिएको छ । उद्घाटन सत्र लथालिङ्ग हुनुको कारण संयोजक श्रेष्ठले ईभेन्ट म्यानेजमेन्ट कम्पनीलाई लगाएका छन् ।

संयोजक श्रेष्ठले गण्डकन्यूजसँग भने – ‘हामीले भन्दा पनि टनपाईक भन्ने ईभेन्टले सेड्युल बनाएछ । यो सेड्युल करेक्शन गर्न भनेर बिहानै भनेका थियौँ । उनीहरुले करेक्शन नगरेको रहेछ, त्यहाँ अब्जेक्शन गरेपछि तुरुन्तै करेक्शन भएको हो । तर तलमाथि चाहिँ भएको हो ।’

उनले कमजोरीको सम्पूर्ण कमजोरी व्यवस्थापक कम्पनीतिर पन्छाए । श्रेष्ठले भने – ‘ईभेन्ट म्यानेजमेन्टले हामीलाई सोधेर गरेको भए हुने । मनोमानी ढंगले गरेर भएन नि । हामीले सञ्चालन गरेको कार्यक्रम भएको भए यो समस्या नै हुन्थेन । पोर्टफोलियो मिलाइन्थ्यो । यो ईभेन्ट कम्पनीले नै गर्दा यस्तो भएको हो । उनीहरुको सेड्युल हो क्या यो, हाम्रो होइन हेर्नुस् ।’

एन्फाको विवाद यहाँ देखिएरै उपाध्यक्षले मञ्च छाड्नुभएको हो ? भन्ने प्रश्नमा उनले भने – ‘त्यस्तो चाहिँ होइन है, उहाँले अध्यक्षलाई नै फोन गर्नुभएको थियो । विवाद हैन । हाम्रो नेपालको ऊ हो क्या हेर्नुस् भइहाल्छ के यस्तो । तर, त्यो माथिको चाहिँ ऊ हैन है फेरि, त्यस्तो केही पनि हैन ।’

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा भने सुरुदेखि नै स्टेजमै थिए । श्रेष्ठले अतिथिहरु पनि समयमा नआइपुगेको जनाए । काठमाण्डौदेखि लाखौं खर्चेर मिडिया ल्याउने आयोजक र व्यवस्थापकले पोखराकै मिडिया र खेलपत्रकारलाई भने सम्झन आवश्यक ठानेन । दोस्रो खेलमा उपस्थित भएका सदस्य सचिव सिलवाल त्यसपछि पोखराको सहारा क्लबको नवनिर्वाचित पदाधिकारी सदस्यहरुको सम्मान बधाई कार्यक्रममा शनिबार अबेरसम्म रहे ।

राष्ट्रिय फुटसल सुरु

यो प्रतियोगिता एन्फाले सुरुमा जेठ १ देखि २२ गतेसम्म गर्ने भनेकोमा कोरोना महामारी बढेका कारण साउन २३ देखि गर्ने भनिएको थियो । त्यस समयमा पनि लकडाउनका कारण हुन सकेन र असोज २ देखि २२ गतेसम्म गर्ने गरी तालिका हेरफेर भएको थियो । लिगमा छनोट चरण पार गरेका १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताबाट एएफसी फुटसल कप छनौटका लागि नेपालको राष्ट्रिय फुटसल टोलीका खेलाडी छनोट गरिने उद्देश्य राखिएको छ ।

लिगका लागि एन्फाले विभिन्न प्रदेशबाट टिम छनोट गरेको छ । लिगमा प्रदेश १ बाट फुटसल फाइभ धरान र द राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब, शंखमूल फुटसल, प्रभातफेरी युथ क्लब र स्काई गोल फुटसल, गण्डकी प्रदेशबाट स्पोट्र्स क्यासल, सविन मेमोरियल फुटसल क्लब तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त रुपमा, लुम्बिनी फुटसल र झरना स्पोट्र्स क्लब छनोट भएका छन् । लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग
गण्डकी क्षेत्र

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

by राम बहादुर रोकाहा
2026 July 25 मा प्रकाशित
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
गण्डकी क्षेत्र

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक
कला/साहित्य

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी
Breaking 1

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण
Breaking 2

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती
Main News 1

विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

2026 July 25 मा प्रकाशित
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

2026 July 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews