Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 October 3 मा प्रकाशित
शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप
ShareTweetSend

स्याङ्जाको पुतलीबजार नगरपालिका–३ कुमालगाउँस्थित प्रदेश अस्पताल पुतलीबजार स्याङ्जामा शव पोस्टमार्टमका क्रममा तोकिएको शुल्कभन्दा बढी रकम लिएको आरोप लागेको छ ।

अर्जुनचौपारी गाउँपालिका–४ सुनारटोलकी ३५ वर्षीया सबिना सुनारको शव पोस्टमार्टम गर्दा तोकिएकोभन्दा २ हजार ७५० रुपैयाँ बढी रकम लिएको भन्दै उजुरी परेपछि प्रशासनले छानबिन थालेको हो ।

भदौ २९ गते भिरबाट लडेर मृत्यु भएकी सुनारको भोलिपल्ट प्रदेश अस्पतालमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमका क्रममा बरफको फ्रिजमा राखेकोसहित १ हजार रुपैयाँको रसिद काटेर शुल्क लिने व्यवस्था भए पनि मृतकका आफन्तबाट ३ हजार ७५० रुपैयाँ लिइएको आरोप छ ।

अस्पतालमा कार्यरत प्रहरी हवल्दार सम्सेर आलम खानले तोकिएको शुल्कभन्दा बढी रकम मागेको र कम रकमको रसिद दिएको भन्दै मृतकका जेठाजुका छोरा दीपक विकले प्रशासनमा उजुरी दिएका थिए । उजुरीपछि घटनाबारे अनुसन्धान अघि बढाइएको हो ।

उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हवल्दार खानलाई अस्पतालमा रहेको जिम्मेवारीबाट हटाएर कार्यालयमा तानेको छ । अनुसन्धानका क्रममा हवल्दारले रकम लिएको स्वीकार गरेका छन् भने उनले अस्पतालमा कार्यरत अन्य कर्मचारी र कार्यालय सहयोगीहरुको नाम समेत पोलेको हुँदा उनीहरुलाई पनि सोधपुछ गरिरहेको प्रजिअ घिमिरेले बताएका छन् ।

घटनामा दोषी ठहर भए कानुनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले बताए ।

घिमिरेले दुःखमा रहेका मृतकका आफन्तलाई सहानुभूति दिनुपर्ने अवस्थामा तोकिएको शुल्कभन्दा बढी रकम असुल गर्नु गलत भएको बताए ।

“शोकमा रहेका परिवारसँग तोकिएकोभन्दा बढी रकम लिनु गम्भीर विषय हो । अनुसन्धानबाट दोषी देखिए कानुनअनुसार कारबाही हुन्छ,” उनले भने ।

प्रदेश अस्पताल स्याङ्जाका प्रमुख डा. सुप्रिया पौड्यालले भने पोस्टमार्टमका लागि अस्पताल व्यवस्थापन समितिको निर्णयअनुसार १ हजार रुपैयाँ शुल्क लिने व्यवस्था रहेको बताइन् । तोकिएकोभन्दा बढी रकम लिइएको विषयमा भने अनुसन्धान भइरहेकाले तत्काल थप भन्न नमिल्ने उनको भनाइ छ ।

प्रदेश सरकारको स्वास्थ्यसम्बन्धी ऐनमा पोस्टमार्टमका लागि शुल्क लिने विषय स्पष्ट रूपमा उल्लेख नभए पनि अस्पतालको सेवा शुल्क परिमार्जन समितिले २०७९ चैत २६ गते पोस्टमार्टमका लागि १ हजार रुपैयाँ शुल्क लिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार पोस्टमार्टमका क्रममा १ हजार रुपैयाँको रसिद काट्ने गरिएको अस्पतालले जनाएको छ । तर, सुनारको शव पोस्टमार्टम गर्दा त्यसको तीन गुणाभन्दा बढी रकम लिएको आरोप लागेपछि विषय छानबिनमा पुगेको हो ।

प्रशासनले उजुरी र घटनासँग सम्बन्धित विवरणका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धानबाट रकम बढी लिएको पुष्टि भए संलग्नमाथि प्रचलित कानुनअनुसार कारबाही हुने प्रशासनको भनाइ छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews