Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित
स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी
ShareTweetSend

डिजिटल प्रविधिको विस्तारसँगै ओझेलमा परेको हुलाक सेवा विस्तारै सरकारी कुरियर सेवाका रूपमा सक्रिय हुन थालेको छ । यही क्रममा जिल्ला हुलाक कार्यालय स्याङ्जाले भदौ ९ गतेसम्म एक सय १४ जना सेवाग्राहीको राहदानी घरमै पुर्‍याएर हस्तान्तरण गरेको छ ।

यसअघि राहदानी लिन सेवाग्राही जिल्ला प्रशासन कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । अहिले प्रशासन कार्यालयमा प्राप्त भएको राहदानी हुलाकमार्फत सम्बन्धित व्यक्तिको घरमै पुर्‍याउन थालिएको हो । घरमै राहदानी प्राप्त गर्ने विकल्प रोजेका सेवाग्राहीले भने डेलिभरी शुल्कस्वरुप थप ५५ रुपैयाँ तिर्नुपर्ने हुलाक कार्यालयले जनाएको छ ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी र जिल्ला हुलाक कार्यालय स्याङ्जाका प्रमुखबीच वैशाख २८ गते भएको सम्झौतापछि हुलाक कार्यालयले जेठ २२ गतेदेखि यो सेवा कार्यान्वयनमा ल्याएको हो । हुलाक अधिकृत गुरुप्रसाद मरासिनीका अनुसार जिल्ला हुलाक, पालिका तथा अतिरिक्त हुलाकका कर्मचारीमार्फत राहदानी सम्बन्धित व्यक्ति वा उसको घरमै पुर्‍याएर बुझाउने गरिएको छ ।

सूचना प्रविधिको विकाससँगै ओझेलमा परेको हुलाक सरकारी कुरियर सेवाका रूपमा सक्रिय भएपछि हुलाक र कर्मचारीलाई हेर्ने नागरिकको दृष्टिकोणसमेत परिवर्तन हुन थालेको मरासिनीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जेठमा राहदानीका लागि चार सय ५० सिफारिस भएकामा तीन सय २४ वितरण भएका थिए । असारमा दुई सय ९९ सिफारिस र दुई सय ६४ वितरण, साउनमा छ सय १२ सिफारिस र दुई सय ४२ वितरण भएका छन् । भदौ ९ गतेसम्म एक सय ८६ सिफारिस भएकामा ३५ वटा राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

हुलाक कार्यालयका अनुसार भदौ ९ गतेसम्म प्रशासन कार्यालयमा राहदानीका लागि सिफारिस गरिएका सेवाग्राहीमध्ये दुई सय नौ जनाले हुलाकमार्फत राहदानी प्राप्त गर्ने विकल्प रोजेका छन् ।

सरकारी कुरियर सेवामार्फत हुलाकलाई पुनः सक्रिय बनाउने उद्देश्यले सरकारले सरकारी कागजातसँगै अन्य सेवा पनि घरदैलोमा पुर्‍याउने तयारी गरिरहेको कार्यालयले जनाएको छ । सिमकार्ड, विश्वविद्यालयका प्रमाणपत्रलगायत सामग्री पनि हुलाकमार्फत वितरण गर्ने तयारी भइरहेको मरासिनीले बताए । उनका अनुसार ओझेलमा परेको हुलाक सेवा प्रभावकारी बने नागरिकलाई समेत सहज हुने अवस्था छ ।

यसैगरी सूचना विभागबाट जारी हुने पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्र लिन विभागमै धाउनुपर्ने बाध्यता पनि हटेको छ । पत्रकारहरूले अनलाइनबाट आवेदन दिएर प्रमाणपत्र हुलाकमार्फत प्राप्त गर्ने विकल्प रोज्न थालेका छन् । कतिपय प्रमाणपत्र हुलाक कार्यालयमा आइसकेका छन् भने केही वितरणसमेत भइसकेका छन् । यसबाट सञ्चारकर्मीको समय र विभागसम्म पुग्दा लाग्ने खर्च बचत भएको उनीहरूको भनाइ छ ।

मरासिनीका अनुसार डाँक शुल्क, पार्सल बिमा तथा क्षतिपूर्तिलगायत विषयलाई व्यवस्थित गर्न कानुनी व्यवस्था आवश्यक छ । सीमित स्रोतसाधनका बीच सरकारी कुरियर सेवा प्रभावकारी बनाउन कर्मचारीलाई समेत सोहीअनुसार तयार राख्नुपर्ने उनको भनाइ छ ।

हुलाक सेवालाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिँदै मरासिनीले सरकारी तथा बैंक–वित्तीय संस्थाका चिठीपत्र, पत्रिका र राहदानीमा मात्र सीमित नराखी राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्ड तथा विभिन्न सरकारी प्रमाणपत्र समेत हुलाकमार्फत वितरण गर्नुपर्ने सुझाव दिएका छन् । यसो गर्न सके हुलाकको सेवा विस्तारसँगै राजस्वसमेत बढाउन सकिने उनको भनाइ छ ।

सरकारी सेवा घरदैलोमै पाउन थालेपछि संकटमा परेको हुलाकप्रति नागरिकको विश्वास बढ्न थालेको छ । यद्यपि हुलाक सेवालाई आधुनिक र स्मार्ट बनाउने सरकारी योजनाअनुसार काम अघि बढाउँदा भौतिक पूर्वाधार, बजेट र जनशक्तिको अभाव भने प्रमुख चुनौतीका रूपमा देखिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो
गण्डकी क्षेत्र

चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

by राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित
अग्रज व्यवसायी पौडेल सम्बद्ध संस्थाबाट प्रधानमन्त्री राहत कोषमा ४१ लाख बढी सहयोग प्रदान
Breaking 1

अग्रज व्यवसायी पौडेल सम्बद्ध संस्थाबाट प्रधानमन्त्री राहत कोषमा ४१ लाख बढी सहयोग प्रदान

by गण्डकी न्यूज
2026 September 1 मा प्रकाशित
अवैध रूपमा बालुवा लोड गर्दै गरेको ट्याक्टरलाई जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा लोड गर्दै गरेको ट्याक्टरलाई जरिवाना

by राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित
निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना
गण्डकी क्षेत्र

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

by राम बहादुर रोकाहा
2026 August 29 मा प्रकाशित
बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने
गण्डकी क्षेत्र

बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 August 29 मा प्रकाशित
गण्डकी क्षेत्र

निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा

by राम बहादुर रोकाहा
2026 August 28 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

2026 September 1 मा प्रकाशित
अग्रज व्यवसायी पौडेल सम्बद्ध संस्थाबाट प्रधानमन्त्री राहत कोषमा ४१ लाख बढी सहयोग प्रदान

अग्रज व्यवसायी पौडेल सम्बद्ध संस्थाबाट प्रधानमन्त्री राहत कोषमा ४१ लाख बढी सहयोग प्रदान

2026 September 1 मा प्रकाशित
अवैध रूपमा बालुवा लोड गर्दै गरेको ट्याक्टरलाई जरिवाना

अवैध रूपमा बालुवा लोड गर्दै गरेको ट्याक्टरलाई जरिवाना

2026 September 1 मा प्रकाशित
निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

2026 August 29 मा प्रकाशित
बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने

2026 August 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews