Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
ShareTweetSend

स्याङ्जामा आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार विकास कार्यालयले छ वटा पक्की सडक पुल निर्माण गर्ने लक्ष्य राखेकोमा चार वटा मात्रै निर्माण सम्पन्न गरेको छ । बिरुवा गाउँपालिकामा दुई, गल्याङ नगरपालिकामा एक र फेदीखोला गाउँपालिकामा एक गरी चार वटा पक्की पुल निर्माण सकिएका हुन् ।

पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख इन्जिनियर गुरुदत्त अधिकारीका अनुसार बिरुवाको राक्सेघाट पुल चार करोड ९२ लाख ७१ हजार रुपैयाँ र गैरीघाट पुल पाँच करोड ५१ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण भएका हुन् ।

त्यस्तै गल्याङ नगरपालिकाको रातोपुल पाँच करोड ४६ लाख १४ हजार रुपैयाँ तथा फेदीखोला गाउँपालिकाको खत्रीरहस्थित तिलस्वाँरा पुल तीन करोड १९ लाख ९४ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको अधिकारीले जानकारी दिए ।

बाँकी दुई पुलमध्ये पुतलीबजार नगरपालिका–३ स्थित सिंहाले पुलको काम ५० प्रतिशत पूरा भएको छ । चार करोड ५२ लाख ६८ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त पुलको काम अझै जारी छ ।

त्यस्तै फेदीखोला गाउँपालिकाको सेतीखोला पुल चार करोड ९४ लाख ६३ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको छ । उक्त पुलको हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

झोलुङ्गे पुल पनि बने
कार्यालयले पक्की पुलसँगै विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । पुतलीबजारको नारायणस्थान–मुजवा, चापाकोटको बर्कानटार–कसेनी, भीरकोटको चराङ–साउँदी तथा हरिनासको लालही–बलाम्दी जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको कार्यालयले जनाएको छ ।

१७ किलोमिटर सडक कालोपत्रे र ढलान
पूर्वाधार विकास कार्यालयले एक वर्षको अवधिमा सडकतर्फ पनि विभिन्न काम गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा ९.५ किलोमिटर सडक कालोपत्रे र ७.७ किलोमिटर सडक ढलान गरिएको छ ।

त्यसैगरी पाँच किलोमिटर सडक ग्राभेल र १.२५ किलोमिटर नयाँ कच्ची सडक निर्माण गरिएको प्रमुख इन्जिनियर अधिकारीले बताए ।

सडक पूर्वाधारअन्तर्गत ३०.३ किलोमिटर नाला निर्माण गरिएको छ भने १०९ वटा कल्भर्ट तथा ह्युम पाइप जडान गरिएको कार्यालयले जनाएको छ ।

केही योजना भने अघि बढेनन्
कार्यालयअन्तर्गतका सबै योजना भने लक्ष्यअनुसार अघि बढ्न सकेनन् । भीरकोट–मोहनडाँडा सडकका लागि ५० लाख रुपैयाँ, बीपी स्मृति भवन सडकका लागि ५० लाख, गल्याङ–चापाकोट सडक मर्मतका लागि २५ लाख, कटुवाथर–निबुवाखर्क झोलुङ्गे पुलका लागि एक करोड, झोलुङ्गे पुल मर्मतका लागि ५० लाख तथा जनता आवास कार्यक्रमका लागि पाँच लाख रुपैयाँ विनियोजन भए पनि ती योजना सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ ।

निर्माणमा ढिलाइ गर्ने बलमाटा सडक आयोजनाको ५६ लाख रुपैयाँ र ज्यामिरे–कोल्मा सडक आयोजनाको एक करोड ६० लाख रुपैयाँ धरौटीसमेत सरकारी खातामा जम्मा गरिएको अधिकारीले जानकारी दिए ।

१२१ योजनामध्ये ६१ सम्पन्न
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारका ११६ र सङ्घ सरकारका पाँच गरी कुल १२१ योजना सञ्चालनमा थिए । तीमध्ये ६१ वटा योजना सम्पन्न भएका छन् ।

५३ वटा योजना निर्माणाधीन अवस्थामा छन् भने सात वटा योजनाको काम सुरु हुन सकेको छैन ।

कार्यालयले उक्त आर्थिक वर्षमा एक अर्ब नौ करोड ८१ लाख ८३ हजार रुपैयाँ बजेट पाएकोमा ५९ करोड ५६ लाख ७१ हजार ७८० रुपैयाँ खर्च गरेको जनाएको छ ।

यसरी बजेट कार्यान्वयनमा केही योजना सम्पन्न भए पनि पुल निर्माण, सडक स्तरोन्नति तथा पहुँच विस्तारका केही योजना अझै अधुरै छन् । निर्माण सुरु भएका योजनालाई समयमै सम्पन्न गर्न बजेटसँगै निर्माण व्यवस्थापन र ठेकेदारको कार्यसम्पादनमा समेत प्रभावकारी निगरानी आवश्यक देखिन्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा शुक्रबारदेखि कालीगण्डकी गोल्डकप, विजेतालाई ३ लाख
खेलकुद

वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला
गण्डकी क्षेत्र

स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
अर्थ/व्यापार

स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
Breaking 1

पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी

by राम बहादुर रोकाहा
2026 October 30 मा प्रकाशित
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
गण्डकी क्षेत्र

स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने

by राम बहादुर रोकाहा
2026 October 29 मा प्रकाशित
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
गण्डकी क्षेत्र

चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

by राम बहादुर रोकाहा
2026 October 29 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा शुक्रबारदेखि कालीगण्डकी गोल्डकप, विजेतालाई ३ लाख

वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने

2026 October 30 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला

स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला

2026 October 30 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

2026 October 30 मा प्रकाशित
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी

पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी

2026 October 30 मा प्रकाशित
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने

स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने

2026 October 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews