Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित
सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा
ShareTweetSend

स्याङ्जा भन्नेबित्तिकै धेरैको मनमा सुन्तलाको स्वाद आउँछ । तर जिल्लाको पहिचान यही सुन्तला अब फलका रूपमा मात्रै सीमित रहने छैन । लामो समयदेखि फालिने सुन्तलाको बोक्रालाई उपयोग गर्दै यहाँ पहिलोपटक सौन्दर्य सामग्रीका रूपमा पनि बजारमा पुग्न थालेको छ ।

स्थानीय स्रोत तथा उत्पादनलाई मूल्य अभिवृद्धि गर्दै उद्यम, रोजगारी र स्वदेशी ब्रान्ड निर्माण गर्ने उद्देश्यका साथ पुतलीबजार नगरपालिका–३ बाड्खोलास्थित अन्जु कस्मेटिक एण्ड ब्युटी होमले सुन्तलाको फेस प्याक र विभिन्न आयुर्वेदिक साबुनको उत्पादन तथा बजारीकरण सुरु गरेको हो ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, स्याङ्जाको सहयोगमा सञ्चालित युवा उद्यमशीलता कार्यक्रमअन्तर्गत बिहीबार उत्पादनको औपचारिक शुभारम्भ गरिएको हो । पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले सुन्तलाको बोक्राबाट तयार गरिएको फेस प्याक तथा सुन्तला, तितेपाती र निमपातबाट बनाइएका नुहाउने साबुनको उद्घाटन गर्दै बजारमा ल्याइन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले खेर गइरहेका स्थानीय स्रोतलाई उपयोग गरेर नयाँ उत्पादन तयार गर्नु प्रशंसनीय प्रयास भएको बताइन् ।

‘स्याङ्जामा सुन्तला, तितेपाती र निमजस्ता कच्चा पदार्थको अभाव छैन । यस्ता प्राकृतिक सामग्रीबाट बनेका स्वास्थ्यमैत्री उत्पादनको प्रयोग बढाउनुपर्छ । तीन जना महिलाले थालेको यो अभियानलाई सबैले साथ दिए यसले राम्रो सम्भावना बोकेको छ,’ उनले भनिन् ।

अन्जु कस्मेटिक एण्ड ब्युटी होमकी सञ्चालिका अन्जु शर्मा रेग्मीले स्थानीय उत्पादनलाई नयाँ पहिचान दिने उद्देश्यले यो यात्रा सुरु गरेको बताइन् ।

‘हामीले स्याङ्जाको पहिचानलाई नयाँ रूपमा बजारसम्म पुर्‍याउने प्रयास गरेका छौं । स्थानीय स्रोत, सीप र आयुर्वेदिक ज्ञानलाई जोडेर गुणस्तरीय उत्पादन तयार गरेका छौं । यसले कृषक, महिला र युवालाई उद्यमसँग जोड्ने विश्वास लिएका छौं,’ उनले भनिन् ।

उनका अनुसार स्थानीय उत्पादनको उचित उपयोग र स्वदेशी ब्रान्डप्रतिको विश्वास बढ्दै गए ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुने र स्थानीय अर्थतन्त्र बलियो बन्ने अपेक्षा गरिएको छ ।

उत्पादनको पहिलो चरणमा सुन्तलाको फेस प्याक, सुन्तलाको नुहाउने साबुन, तितेपातीको नुहाउने साबुन र निमपातको नुहाउने साबुन बजारमा ल्याइएको छ । रेग्मीसहित मिरा मल्ल र शर्मिला कुँवर तीन जना महिलाको संयुक्त एएमएस आयुर्वेदिक टिमले आगामी दिनमा स्थानीय जडीबुटी र कृषि उत्पादनमा आधारित थप आयुर्वेदिक सामग्री उत्पादन गर्ने तयारी गरेको जनाएको छ ।

स्थानीय उत्पादनलाई ‘खेतदेखि बजारसम्म र उत्पादनदेखि ब्रान्डसम्म’ जोड्ने लक्ष्यसहित सुरु गरिएको यो प्रयासले स्याङ्जाको सुन्तलालाई नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ । कृषकको उत्पादनलाई मूल्य अभिवृद्धि गर्दै स्थानीय उद्यम र आत्मनिर्भरताको नयाँ उदाहरणका रूपमा यसलाई हेरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews