Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 June 26 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
ShareTweetSend

जिल्लामा सडक सुरक्षा र यात्रु सुरक्षालाई प्रभावकारी बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले निगरानीलाई थप कडा बनाएको छ । ट्राफिक प्रहरीले सार्वजनिक यातायातदेखि निजी सवारीसम्म नियमित अनुगमन बढाउँदै दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको छ ।

यसैक्रममा ट्राफिक प्रहरीले सवारीसाधनमा जडान गरिएका अनावश्यक झल्लर, स्टिकर, अतिरिक्त फोकस लाइट तथा प्रेसर हर्न हटाउने अभियान सुरु गरेको छ । जिल्लाभित्र सञ्चालन हुने ठूला तथा साना सवारीसाधनमा नियमविपरीत जडान गरिएका सामग्री हटाउन थालिएको ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।

सवारीसाधनमा अनावश्यक झल्लर तथा सजावट राख्ने प्रवृत्ति नियन्त्रण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले अभियान नै थालेको छ । दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई प्राथमिकतामा राख्दै ट्राफिक प्रहरीले ट्रक, बस, ट्याक्टरलगायतका सवारीसाधनमा झुण्ड्याइएका झल्लर, माला, कपडा तथा अन्य सजावटी सामग्री हटाउन सुरु गरेको हो ।

जिल्लाका विभिन्न स्थानमा गरिएको सवारी जाँचका क्रममा चालकको दृश्य क्षमतामै असर पुग्ने गरी सजावट राखिएको पाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्ता सामग्रीले रियर भ्यू मिरर तथा सवारीको दायाँ–बायाँको दृश्य अवरुद्ध गर्नुका साथै यात्रुलाई असहज वातावरण सिर्जना गर्ने र दुर्घटनाको जोखिम समेत बढाउने भएकाले अभियानलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार सवारीमा राखिएका झल्लर, स्टिकर र अतिरिक्त फोकस लाइटले चालकको ध्यान विचलित गराउनुका साथै दुर्घटनाको जोखिमसमेत बढाउने भएकाले अभियान सञ्चालन गरिएको हो ।

उनका अनुसार कम्पनीबाट जडान गरिएका उपकरणबाहेक थप बत्ती प्रयोग गर्दा विपरीत दिशाबाट आउने चालकलाई समस्या हुने र सडक दुर्घटनाको सम्भावना बढ्ने गरेको छ । यससँगै, ध्वनि प्रदूषण गर्ने प्रेसर हर्नसमेत हटाउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए ।

ट्राफिक प्रहरीको सक्रियता केवल सवारीका सामग्री हटाउने अभियानमा मात्र सीमित छैन । यससँगै, सार्वजनिक यातायात सेवा सुरक्षित र व्यवस्थित बनाउन चालक तथा सवारीसाधनमाथिको निगरानी पनि निरन्तर चलिरहेको छ ।

कार्यालयका अनुसार सार्वजनिक सवारीका चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारी चलाएको छ कि छैन भन्ने विषयमा नियमित परीक्षण गरिँदै आएको छ । सिद्धार्थ राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीका चालकहरूको स्वास्थ्य अवस्था समेत बेलाबेलामा जाँच गर्ने गरिएको छ । परीक्षणका क्रममा नियम उल्लंघन गरेको पाइएमा कानुनी प्रक्रिया अघि बढाइने गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुल गरिएको छ कि छैन, सवारीमा भाडादर सूची टाँस गरिएको छ कि छैन लगायतका विषयमा पनि नियमित अनुगमन भइरहेको छ । लामो तथा छोटो दूरीका सार्वजनिक सवारीमा यात्रुको गुनासो आउन नदिन विशेष ध्यान दिइएको ट्राफिक कार्यालयको भनाइ छ ।

प्रहरी नायब निरीक्षक शाहीले यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर निगरानी, परीक्षण र सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताए । “सुरक्षित यात्रा सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो । दुर्घटना न्यूनीकरण र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन यस्ता गतिविधिलाई आगामी दिनमा अझ प्रभावकारी रुपमा निरन्तरता दिन्छौँ,” उनले भने ।

पछिल्ला दिनमा ट्राफिक प्रहरीले जिल्लाभर सार्वजनिक यातायात क्षेत्रमा सडक अनुशासन कायम गराउने, नियमको कार्यान्वयन सुनिश्चित गर्ने र चालकलाई जिम्मेवार बनाउने र यात्रुलाई सुरक्षित वातावरणमा यात्रा गर्ने अवसर सुनिश्चित गर्ने प्रयासलाई तीव्र बनाएको छ । यसले स्याङ्जामा ट्राफिक व्यवस्थापन र यात्रु सुरक्षाप्रति प्रहरीको सक्रियता थप देखिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 August 21 मा प्रकाशित
स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा
Breaking 1

स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

by राम बहादुर रोकाहा
2026 August 21 मा प्रकाशित
बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद
गण्डकी क्षेत्र

बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

by राम बहादुर रोकाहा
2026 August 20 मा प्रकाशित
मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ
गण्डकी क्षेत्र

मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ

by राम बहादुर रोकाहा
2026 August 20 मा प्रकाशित
स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान
गण्डकी क्षेत्र

स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान

by राम बहादुर रोकाहा
2026 August 20 मा प्रकाशित
गण्डकी क्षेत्र

भरुवा बन्दुकजस्ता सात संरचना बरामद

by राम बहादुर रोकाहा
2026 August 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

2026 August 21 मा प्रकाशित
स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

2026 August 21 मा प्रकाशित
बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

2026 August 20 मा प्रकाशित
मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ

मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ

2026 August 20 मा प्रकाशित
स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान

स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान

2026 August 20 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews