आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
क्षेत्र नं १ बाट पार्टीले डा. धनञ्जय रेग्मीलाई उम्मेदवार बनाएको छ । पर्यटन क्षेत्रका जानकार रेग्मी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत हुन् । हिमाली भूगोल, वातावरण, जलवायु परिवर्तन र पर्यटनसँग सम्बन्धित विषयमा लामो समयदेखि अनुसन्धान गर्दै आएका रेग्मी पर्यावरणीय अध्ययन संस्था ‘हिमालयन रिसर्च सेन्टर’का संस्थापक अध्यक्ष पनि हुन् ।
यस्तै, स्याङ्जा क्षेत्र नं २ बाट झविलाल डुम्रेलाई उम्मेदवार बनाइएको छ । डुम्रे हाल रास्वपाको केन्द्रीय संगठन विभाग सदस्यको जिम्मेवारीमा पनि रहेका छन् ।














