Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

निर्वाचन प्रहरी भर्नाको समय दुई दिन थप

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 15 मा प्रकाशित
निर्वाचन प्रहरी भर्नाको समय दुई दिन थप
ShareTweetSend

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खुलाइएको निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप गरिएको छ । अपेक्षित संख्यामा आवेदन नपरेपछि गृहमन्त्रालयको निर्देशनअनुसार भर्ना प्रक्रिया माघ ३ गतेसम्म लम्ब्याइएको हो ।

यसअघि पुस २४ गते सूचना प्रकाशित गरी पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त लिने व्यवस्था गरिएको थियो । तर आवेदन संख्या कम भएपछि समय थप्नुपरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा निर्वाचन सेल प्रमुख प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए । उनका अनुसार बिहीबार दिउँसोसम्म नेपाल प्रहरीतर्फबाट एक हजार १८ जनाले आवेदन दिएका छन् । स्याङ्जामा कुल २ हजार १२६ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ ।

यसपालि निर्वाचन सुरक्षामा खटाइने सुरक्षाकर्मीलाई ‘म्यादी प्रहरी’को सट्टा ‘निर्वाचन प्रहरी’ नाम दिइएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ अनुसार भर्ना प्रक्रिया चलिरहेको प्रहरी निरीक्षक नेपालीले बताए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ, इलाका प्रहरी कार्यालय चापाकोट र सशस्त्र प्रहरी बल नेपाल नं ३० गुल्म हेडक्वाटर वालिङबाट फारम वितरण भइरहेको छ । फारम वितरण हुने स्थानमै बुझाउन सकिने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले बताए । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

निर्वाचन प्रहरी बन्न साधारण लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, भर्नाका समयमा राजनीतिक दलको सदस्य नभएको, साथै शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने सर्त तोकिएको छ । आतङ्ककारी वा विध्वंसात्मक गतिविधिमा संलग्न नरहेको हुनुपर्ने व्यवस्था पनि छ ।

भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी तथा वन रक्षकबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी साथै २०८१ माघ १ देखि २०८२ पुस मसान्तसम्म नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्रवेश पत्रका आधारमा प्राथमिकता दिइनेछ । यसअघि भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्तिलाई पनि प्राथमिकतामा राखिएको छ ।

निर्वाचन प्रहरीका लागि आवेदन निःशुल्क गरिएको छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइनेछ । माघ ३ गतेसम्म आवेदन दिनेहरूको सम्पर्क मिति माघ ४ गते तोकिएको छ ।

नियुक्ति पाएपछि निर्वाचन प्रहरीले ४० दिनसम्म काम गर्नुपर्नेछ । उनीहरूले प्रहरी जवानको प्रारम्भिक तलब स्केलअनुसार प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले कुल ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक पाउनेछन् । साथै खाद्यान्न खर्च, आवतजावत तयारी खर्च र खाजा खर्चसमेत प्रदान गरिने व्यवस्था गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित
कला/साहित्य

स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

by राम बहादुर रोकाहा
2026 May 4 मा प्रकाशित
कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे
Breaking 1

कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
खेलकुद

बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन
Breaking 2

साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल
Main News 1

वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
स्याङ्जाका दुई पालिकाको फरक अभ्यास: आइतबार पनि विद्यालय खुल्ने
Main News 1

स्याङ्जाका दुई पालिकाको फरक अभ्यास: आइतबार पनि विद्यालय खुल्ने

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

2026 May 4 मा प्रकाशित
कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे

कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे

2026 May 2 मा प्रकाशित
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि

बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि

2026 May 2 मा प्रकाशित
साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन

साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन

2026 May 2 मा प्रकाशित
वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल

वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल

2026 May 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews