Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अर्मादीखोलामा पक्की पुलको काम सुरु

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 7 मा प्रकाशित
अर्मादीखोलामा पक्की पुलको काम सुरु
ShareTweetSend

स्याङ्जाको वालिङ नगरपालिका–१ बौवास्थित अर्मादीखोलामा पक्की पुल निर्माणको काम अघि बढाइएको छ । नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला कोरिडोरअन्तर्गत पर्ने यो पुल बनेपछि सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ ।

आँधीखोला र अर्मादीखोलाको दोभान क्षेत्रमा पुल बन्ने भएपछि वालिङ बजारबाट सरसफाइ केन्द्रसम्मको आवतजावत सहज हुने नगरपालिकाले जनाएको छ । पुल सञ्चालनमा आएपछि दैनिक सङ्कलन हुने कुहिने, नकुहिने तथा अन्य फोहोर सरसफाइ केन्द्रसम्म पुर्‍याउन सहज हुने नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले बताए । वैकल्पिक सडकका रूपमा प्रयोग हुँदा सर्वसाधारणलाई समय र खर्च दुवै बचत हुने उनको भनाइ छ ।

पुल निर्माणका लागि डिएसएमवाइ जेभीसँग तीन करोड ३७ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको छ । विसं २०८३ जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । एक स्पानमा बन्ने पुलको लम्बाइ २५ मिटर र फुटपाथसहित चौडाइ ८ दशमलव ४० मिटर रहनेछ । हाल पुलको फाउन्डेसन निर्माणको काम सुरु भइसकेको इन्जिनियर रेग्मीले जानकारी दिए ।

यसअघि हिउँदमा खोलाबाटै सवारीसाधन वारपार गरिए पनि वर्षायाममा ठूलो समस्या हुने गरेको थियो । सरसफाइका गाडी तथा दैनिक ढुवानी अन्य बाटो घुमाएर लैजानुपर्दा समय र खर्च बढ्ने गरेको स्थानीयको गुनासो थियो । खेतीपाती गर्ने किसानलाई पनि वर्षामा ट्याक्टर तथा अन्य साधन आवतजावत गर्न कठिन हुँदै आएको थियो ।

वालिङ बजारबाट सरसफाइ केन्द्र पुग्न अर्मादी र मिर्दी खोलाको बाटो प्रयोग गर्नुपर्ने अवस्था छ । यस वर्ष अर्मादीखोलामा पुल बन्न थाले पनि मिर्दी खोलामा भने अझै खोलामै सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

वर्षायाममा पनि आँधीखोला कोरिडोरमा निर्वाध सवारी सञ्चालन गर्ने लक्ष्यसहित पुल निर्माण अघि बढाइएको नगरपालिकाले जनाएको छ । इन्जिनियर रेग्मीका अनुसार आगामी आर्थिक वर्षमा मिर्दी खोलामा पनि पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।

आँधीखोला किनारैकिनार बनेको कोरिडोरमा पुलहरू निर्माण भएसँगै आसपासका खेतीयोग्य जमिनमा उत्पादित कृषि उपज तथा नदीजन्य सामग्री ढुवानी सहज हुने अपेक्षा गरिएको छ । कोरिडोर पूर्ण रूपमा सञ्चालनमा आएपछि सिद्धार्थ राजमार्ग र वालिङ बजारभित्रका सडकमा सवारी चाप घट्ने विश्वास लिइएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने
Breaking 1

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

by राम बहादुर रोकाहा
2026 January 8 मा प्रकाशित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
गण्डकी क्षेत्र

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

by राम बहादुर रोकाहा
2026 January 8 मा प्रकाशित
स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै
खेलकुद

स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै

by राम बहादुर रोकाहा
2026 January 7 मा प्रकाशित
सुन्तलाबाट आत्मनिर्भर बनेका अर्जुनचौपारीका फणिनारायण अर्याल
कृषि

सुन्तलाबाट आत्मनिर्भर बनेका अर्जुनचौपारीका फणिनारायण अर्याल

by राम बहादुर रोकाहा
2026 January 6 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

हिमासिखर सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 January 5 मा प्रकाशित
वडास्तरीय पुरुष भलिबलको उपाधि वालिङ–१२ लाई
खेलकुद

वडास्तरीय पुरुष भलिबलको उपाधि वालिङ–१२ लाई

by राम बहादुर रोकाहा
2026 January 5 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

2026 January 8 मा प्रकाशित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

2026 January 8 मा प्रकाशित
अर्मादीखोलामा पक्की पुलको काम सुरु

अर्मादीखोलामा पक्की पुलको काम सुरु

2026 January 7 मा प्रकाशित
स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै

स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै

2026 January 7 मा प्रकाशित
सुन्तलाबाट आत्मनिर्भर बनेका अर्जुनचौपारीका फणिनारायण अर्याल

सुन्तलाबाट आत्मनिर्भर बनेका अर्जुनचौपारीका फणिनारायण अर्याल

2026 January 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews